अप्सरा धमला, काठमाडौँ । चितवन क्षेत्र न २ मा विजयी प्राप्त गरेर विजय उत्सब मनाउदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफु सबैको प्यारो नेता हुन चाहेको बताउनु भएको छ । उहाँले विजय उत्सबमा बोल्दै यस्तो बताउनु भएको हो । लामिछानेले चितवन बासीलाई नराम्रो भन्नेलाई खबरदारी समेत गर्नु भएको छ । ‘दुःखमा म रोइन तर चितवनबासी रोइदिनुभयो । यो हाम्रो लागि सौभाग्यको कुरा हो । हामीले मान्यौं खुट्टा टेक्यौं । अर्को सर्वाधिक मतान्तरले विजयी भएका छौं । जुनसुकै उम्मेदवारलाई भोट हाल्नुभएको भए पनि म सबैको हुन चाहन्छु’ रविले भन्नुभयो, ‘मलाई भोट हाल्ने मात्रै होइन सबैको नेता हुन चाहन्छु । सबैको प्यारो नेता हुन मन छ, सबैको मनभित्र बस्न मन छ ।’
उत्सवमा बोल्दै उहाँले निक्रिष्ट व्यवहार गर्नेहरुलाई चितवन बासीले घण्टी बजाएर एक मुस्ट जवाफ दिएको पनि बताउनु भएको छ । उहाँले नितिको बाटो लिएर सबको घरघरमा पुग्ने दावी गर्नु भयो । राष्ट्रिय स्वतन्त्र पार्टी ५ वर्षमा देशकै सबैभन्दा ठुलो दल बन्ने र आफ्नो नेतृत्वमा सरकार बनाउन सक्ने हिम्मत राख्ने भएकाले अबको आउने निर्वाचनमा जनताले सोचिराख्न समेत आग्रह गर्नु भएको छ ।