काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ । नेकपा एमालेका संसदीय दलका नेता राम बहादुर थापा (बादल) ले सचेतकमा मेचेलाई नियुक्त गरेका हुन् ।
रोशनी कोशी प्रदेशबाट महिला कोटामा राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी हुन् । झापा, मेचीनगर नगरपालिका-१२ की उनी लामो समय एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा काम गरेकी थिइन् ।

