• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

हाँसो दिवस : हाँस्न विर्सिएका सुकुमबासी

हिमालयन बिल्डर्सको ६ महिनाको सञ्चालन आम्दानी ६५ करोड ६० लाख

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने

इरानद्वारा ट्रम्पलाई १४ बुँदे शान्ति प्रस्तावः ट्रम्प भन्छन,‘इरानले अझैं पर्याप्त मूल्य चुकाएको छैन’

विधिको शासनमा सरकार आफैँ पनि नियममा बाँधिएको हुन्छ : मन्त्री गौतम

शंखमुलमा सुकुम्बासी बस्ती भत्काइएपछि कवाडीहरु सामान संकलन गर्दै

सुनको मूल्य ३ हजार ४०० रुपैयाँले बढ्यो,कतिमा हुँदै छ कारोबार ?

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

राष्ट्रपतिद्वारा उभौली पर्वको शुभकामना सन्देश

लोकप्रिय समाचार

  • १. युवा उद्यमी प्रल्हाद चौहानलाई ‘युनिभर्सल बुक अफ वर्ल्ड रेकर्ड

  • २. चिनियाँ सैन्य शक्तिको भित्री पाटो

  • ३. सुदूरपश्चिम प्रदेशमा बजेट अधिवेशनको तयारी

  • ४. आजको मौसमःभूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना

  • ५. ‘लालीबजार’ मनोरञ्जन मात्र होइन, सामाजिक जिम्मेवारीका रूपमा निर्माण गरिएको : रवीन्द्रसिंह बानियाँ

  • ६. राष्ट्र निर्माणमा बहुदलीय जनवादको भूमिका महत्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी

  • ७. कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार परीक्षार्थी सहभागी

  • ८. नागरिकको स्वास्थ्य नै हाम्रो प्राथमिकता’:स्वास्थ्य मन्त्री नीशा मेहताको नेतृत्वमा विस्थापित सुकुम्बासीका लागि विशेष स्वास्थ्य शिविर

  • ९. भोलि सुदूरपश्चिमदेखि कोशीसम्म हावाहुरीको पनि सम्भावना,सतर्कता अपनाउन अपिल

  • १०. सरुवाको पत्र नबुझी पूर्वाधार कार्यालय बाराका प्रमुख गायब

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने


  •   आइतबार, बैशाख २०, २०८३ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेका छन् ।

    Advertisement

    प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १,५९४ जना पदाधिकारीको पदमुक्त हुने भएको छ ।
    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकसहित ६ जना पदाधिकारी पदमुक्त भएका छन् । यस्तै, काठमाडौँ उपत्यका विकास प्राधिकरणका ४ जना, नेपाल खानेपानी संस्थानका ६ जना र नगर विकास कोषका ६ जना पदाधिकारीको पद पनि रिक्त भएको छ ।

    प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम मनोनीत अध्यक्ष र सदस्यहरू गरी १० जना तथा श्रमजीवी पत्रकार सम्बन्धी ऐन, २०५१ अन्तर्गत नियुक्त अध्यक्ष र सदस्य गरी ६ जनाको पदमुक्त भएका छन् ।

    सार्वजनिक खरिद पुनरावलोकन समितिका ३ जना, प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐन अन्तर्गतका ६ जना र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका ५ जना पदाधिकारी पनि यो सूचीमा परेका छन् ।

    सडक बोर्ड, विद्युत नियमन आयोग र नेपाल रेल्वेका प्रशासकसहित १० जना पदाधिकारीकाे पदमुक्त भएकाे छन् ।

    वित्तीय र नियमनकारी निकायहरूमा पनि बालेन सरकारले ठुलो ‘सर्जिकल स्ट्राइक’ गरेको छ । कर्मचारी सञ्चय कोषका ८ जना र नागरिक लगानी कोषका ३ जना पदाधिकारीको पद खोसिएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) का १५ जना, धितोपत्र बोर्डका १ जना र निक्षेप तथा कर्जा सुरक्षण कोषका ३ जना पदाधिकारी पदमुक्त भएका छन् ।

    अध्यादेशले सहकारी र लगानी क्षेत्रका उच्च पदस्थहरूलाई समेत छोडेको छैन । संकटग्रस्त सहकारी क्षेत्रको नियमन गर्ने सहकारी ऐन अन्तर्गत नियुक्त ८ जना र सार्वजनिक–निजी साझेदारी तथा लगानी बोर्डका ४ जना पदाधिकारी पदमुक्त भएका छन् ।
    विशेष आर्थिक क्षेत्र (सेज) का १ जना, बीमा ऐन अन्तर्गतका २ जना र प्रत्यायन ऐन अन्तर्गतका ६ पदाधिकारीको पद पनि खोसिएको छ ।

    नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ऐन, २०३९ बमोजिम नियुक्त चार जना र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ऐन, २०४९ अन्तर्गत नियुक्त एक जनाको पद जाने भएको छ। समाज कल्याण ऐन, २०४९ बमोजिम नियुक्त १० जना र नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ अन्तर्गत नियुक्त १४ जना पदाधिकारी पदमुक्त हुने भएको छ ।

    वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम नियुक्त १० जना र नेपाल ट्रष्ट ऐन, २०६४ अन्तर्गत नियुक्त तीन जनाको पद रिक्त हुने भएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ बमोजिमका पाँच जना पदाधिकारी पदमुक्त हुने भएका छन् ।

    आइतबार, बैशाख २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हाँसो दिवस : हाँस्न विर्सिएका सुकुमबासी
    हिमालयन बिल्डर्सको ६ महिनाको सञ्चालन आम्दानी ६५ करोड ६० लाख
    इरानद्वारा ट्रम्पलाई १४ बुँदे शान्ति प्रस्तावः ट्रम्प भन्छन,‘इरानले अझैं पर्याप्त मूल्य चुकाएको छैन’
    विधिको शासनमा सरकार आफैँ पनि नियममा बाँधिएको हुन्छ : मन्त्री गौतम
    शंखमुलमा सुकुम्बासी बस्ती भत्काइएपछि कवाडीहरु सामान संकलन गर्दै
    सुनको मूल्य ३ हजार ४०० रुपैयाँले बढ्यो,कतिमा हुँदै छ कारोबार ?

    Facebook Page

    लोकप्रिय

    • १.
      युवा उद्यमी प्रल्हाद चौहानलाई ‘युनिभर्सल बुक अफ वर्ल्ड रेकर्ड

    • २.
      चिनियाँ सैन्य शक्तिको भित्री पाटो

    • ३.
      सुदूरपश्चिम प्रदेशमा बजेट अधिवेशनको तयारी

    • ४.
      आजको मौसमःभूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना

    • ५.
      ‘लालीबजार’ मनोरञ्जन मात्र होइन, सामाजिक जिम्मेवारीका रूपमा निर्माण गरिएको : रवीन्द्रसिंह बानियाँ

    • ६.
      राष्ट्र निर्माणमा बहुदलीय जनवादको भूमिका महत्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी

    भर्खरै

    • १.
      हाँसो दिवस : हाँस्न विर्सिएका सुकुमबासी

    • २.
      हिमालयन बिल्डर्सको ६ महिनाको सञ्चालन आम्दानी ६५ करोड ६० लाख

    • ३.
      राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने

    • ४.
      इरानद्वारा ट्रम्पलाई १४ बुँदे शान्ति प्रस्तावः ट्रम्प भन्छन,‘इरानले अझैं पर्याप्त मूल्य चुकाएको छैन’

    • ५.
      विधिको शासनमा सरकार आफैँ पनि नियममा बाँधिएको हुन्छ : मन्त्री गौतम

    • ६.
      शंखमुलमा सुकुम्बासी बस्ती भत्काइएपछि कवाडीहरु सामान संकलन गर्दै

    • ७.
      सुनको मूल्य ३ हजार ४०० रुपैयाँले बढ्यो,कतिमा हुँदै छ कारोबार ?

    • ८.
      धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.