• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ६. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ७. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ८. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • ९. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

छोटो समयमा बाहिरिएका सरकारको दृश्यहरुले हाम्रो आशंका सही प्रमाणित हुँदैछन् : शंकर पोखरेल


  •   बुधबार, बैशाख ०९, २०८३ मा प्रकाशित
  • काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले २०८२ को भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ मा षड्यन्त्र गरिएको बताएका छन् । नेकपा स्थापना दिवसको अवसरमा बुधबार च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले भदौ २४ गते षडयन्त्रपूर्वक विध्वंस मच्चाइएको बताएका हुन् । उनले यस विषयमा पार्टीको धारणा जनतामाझ स्थापित गर्न नसक्दा हालको परिणाम आएको बताए । उनले निर्वाचनमा सफलता हासिल गर्ने पक्षलाई बधाई दिँदै जनादेशको सम्मान गरेको उल्लेख गरे ।

    Advertisement

    उनले भने, ‘गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा षड्यन्त्र थियो र त्यही षड्यन्त्रको जगमा २४ गते विध्वंस मच्चाइयो भन्ने हाम्रो पार्टीको जे मान्यता थियो त्यो मान्यतालाई हामीले जनताकाबीच स्थापित गर्न नसक्दा नै आजको यो परिणाम बेहोरेका छौं । आज जसले सफलता हासिल गरेका छन् हामीले जनताको जनाआदेशलाई सम्मान गरेका छौं । जसले सफलता हासिल गरेका छन् उनीहरुलाई बधाई दिएका छौं । जनताका भावनालाई जनाआदेशका आधारमा काम गरुन् भनेर शुभकामना पनि दिएका छौं ।’

    पोखरेलले छोटो समयमै सार्वजनिक भइरहेका घटनाक्रमहरूले आफ्नो पार्टीले व्यक्त गरेका आशंका सही साबित हुँदै गएको दाबी गरे । सुशासन कायम गर्न नसकेको आरोपबारे बोल्दै उनले एमालेका नेता तथा कार्यकर्ताको सम्पत्ति जाँच गर्न र हाल सरकारमा रहेका नेताहरूको सम्पत्तिको पनि छानबिन गर्नुपर्ने बताए । उनले तथ्यले एमालेका नेता–कार्यकर्ता इमान्दार रहेको देखाउने दाबी गर्दै पार्टीमाथि विभिन्न आरोप लगाएर जनतामाझ बदनाम गर्ने प्रयास भइरहेको आरोप लगाए । साथै, गलत सूचना र प्रविधिको दुरुपयोग मार्फत जनमत प्रभावित पारिएको कारण एमाले जनताबाट टाढिएको उनको भनाइ थियो ।

    उनले भने, ‘छोटो समयमा नै दृश्यहरु जसरी नै बाहिर आउँदैछन् हामीले गरेका आशंकाहरु सही प्रमाणित हुँदैछन् । सुशासन कायम गर्न नसकेको आरोप लगाइयो, लामो समयसम्म सत्तामा रहेका हाम्रा नेताहरुका सम्पत्तिहरु जाँचबुझ गरौं । अहिले सरकारमा रहेका नेताका सम्पत्तिहरु जो सार्वजनिक भएका छन् तिनीहरुको जाँचबुझ गरौं त । सुशासनका मामिलामा नेकपा एमालेका नेता कार्यकर्ता जतिको इमान भएका नेता कार्यकर्ताहरु अरु कसैको छैन भन्ने कुरा तथ्यले बताउँछ ।

    तर पनि आज जनताका सामू हामीलाई अनेक प्रकारले लाञ्छित गर्ने काम भैइरहेको छ। आज जनता हाम्रो विपक्षमा किन गए भन्दा यसप्रकारको गलत सूचनाका कारणले आज सूचनामा, प्रविधिमा एक प्रकारको दुरुपयोगको तरिकाका माध्यमबाट जनताको मनोबिज्ञानलाई प्रभावित गर्ने तरिकाबाट जुन दृश्टिकोण तयार गर्ने काम भयो त्यो कारणले गर्दाखेरि जनमत हामीबाट टाढिएको आवस्था छ ।’

    बुधबार, बैशाख ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ६.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.