• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

तराई र काठमाडौं उपत्यकाका धार्मिक पर्यटकका लागि नजिकको गन्तव्य खाँडादेवी


  •   सोमबार, बैशाख ०७, २०८३ मा प्रकाशित
  • रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं. २ र ७ को सिमानामा रहेको खाँडादेवी मन्दिर पछिल्लो समय तराई र काठमाडौं उपत्यकाका धार्मिक पर्यटकका लागि आकर्षक तथा नजिकको गन्तव्य बनेको छ। समुद्री सतहबाट करिब १९८५ मिटर उचाइमा अवस्थित यो ऐतिहासिक शक्तिपीठ धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्त्वले भरिपूर्ण स्थलका रूपमा परिचित छ ।

    Advertisement

    एकैछिनमा घाम लाग्ने र एकैछिनमा कुहिरोले ढाक्ने यहाँको मौसमले खाँडादेवी क्षेत्रलाई झन् मनमोहक बनाएको छ । धार्मिक दृष्टिले मात्र नभई दृश्यावलोकनका हिसाबले पनि अत्यन्त रमणीय रहेको यो स्थान गर्मी छल्न चाहने पर्यटकका लागि उपयुक्त गन्तव्य मानिन्छ । बीपी राजमार्ग बाट नजिकै पर्ने भएकाले तराईबाट काठमाडौं आवतजावत गर्ने यात्रुहरूले पनि सहजै यहाँ पुगेर दर्शन गर्न सक्छन् ।

    खाँडादेवी मन्दिरलाई सदियौँदेखि शक्तिपीठका रूपमा पूजिँदै आएको छ । रामेछाप जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित यस मन्दिरमा विशेषगरी चैते दशैँ र बडादशैँका बेला ठूलो मेला लाग्ने गर्दछ । त्यस समयमा पञ्चवली दिने भिड लाग्दछ । वर्षैभरि रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, ओखलढुङ्गा, दोलखा लगायतका पहाडी जिल्ला तथा तराईका विभिन्न स्थान र काठमाडौं उपत्यकाबाट हजारौँ भक्तजन दर्शनका लागि पुग्ने गरेका छन् । दशैँ बाहेक अन्य समयमा पनि पूजा, वली र पञ्चवली लिएर आउनेहरु त्यतिकै हुन्छन् ।

    स्थानीय जनश्रुतिअनुसार रोशी खोला र सुनकोशी नदीको संगमस्थल नजिक देवीले शुम्भ–निशुम्भ नामक राक्षसको वध गरी दुर्गा नदीमा खड्ग पखालेपछि उक्त खड्ग खाँडादेवी क्षेत्रमा गाडिएको विश्वास गरिन्छ । त्यसपछि देवी कालीञ्चोकतर्फ अन्तरध्यान भएको कथन पाइन्छ ।

    खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङका अनुसार पछिल्लो पटक विक्रम संवत् १५१५ माघ १५ गते खाँडादेवीको शिला पत्ता लागेकोमान्यता रहेको छ । मन्दिरमा रहेको विसं १५७३ सालमा चढाइएको घण्टाले पनि यसको प्राचीनता पुष्टि गर्दछ । यो मन्दिरको उतपत्ति भने मानव सभ्यताको विकासँग भएको अनुमान छ । नेपाल एकीकरणका क्रममा राजा पृथ्वीनारायण शाहले पूर्वी किल्ला सुदृढ गर्न सिन्धुलीगढी पछि खाँडादेवी क्षेत्रमा सहायक गढी स्थापना गरेको इतिहास छ। अङ्ग्रेजसँगको युद्धअघि देवीसँग आशीर्वाद लिएको र विजयपछि शिलालाई राजधानी लैजान खोज्दा विभिन्न स्थानमा अलप भएको जनश्रुति पनि प्रचलित छ ।

    शिला अलप भएर त्यहीँ उत्पत्ति भए पछि पृथ्वीनारायण शाहले नै खाँडादेवीलाई बोका, मंगलादेवीलाई भाले, भैरवीलाई राँगा, कमलामाईलाई परेवा र गणेशलाई हाँस बली दिने प्रचलन चलाएका र त्यसको लागि दरबारबाट नै सोही समयदेखि भेटी आउने गरेको भनाइ छ । खाँडादेवी क्षेत्र धार्मिक मात्र नभई पर्यटकीय दृष्टिले पनि अत्यन्त आकर्षक छ । यहाँबाट दक्षिणतर्फ फैलिएको महाभारत पर्वत शृङ्खला, नागबेली परेको सुनकोशी र तामाकोशी नदी र वरपरका टारहरू तथा उत्तरतर्फका हरिया डाँडाले मन लोभ्याउने दृश्य प्रस्तुत गर्छन् ।

    लालीगुराँसले राताम्य हुने डाँडाकाँडा, घना बस्ती र स्थानीय गाउँहरूको भ्रमणले यात्रालाई थप स्मरणीय बनाउँछ । सो मन्दिरमा पुग्नु अघि बिपी राजमार्गमा नै पर्ने कुशेश्वर महादेव मन्दिर तथा खाँडादेवी दर्शन गरेर थप एक दिन समय निकाल्दा पुगिने शैलुङ र अर्काे एक दिन थप्दा पुग्न सकिने दोलखा भीमशेन र कालिञ्चोक यस क्षेत्रका थप पर्यटकीय गन्तव्य हुन् ।

    काठमाडौंबाट करिब १०० किलोमिटर दूरीमा रहेको खाँडादेवी पुग्न बनेपा–धुलिखेल–सिन्धुली हुँदै बर्दिबास जोड्ने बीपी राजमार्ग प्रयोग गर्न सकिन्छ । धुलिखेलबाट भकुण्डे बेसी मूल्कोट, सित्खा, भिरपानी हुँदै गोगनपानी निस्किएर खाँडादेवी पुग्न सकिन्छ । तराइबाट आउँदा पनि खुर्काेट हुँदै सित्खाको पुल तरेर मन्दिर पुगिन्छ । जिल्ला सदरमुकाम मन्थलीबाट करिब २१ किलोमिटरको दूरी पार गरेपछि पनि खाँडादेवी पुग्न सकिन्छ ।

    यो मन्दिरमा बडादशैँ र चैतेदशैँमा विशेष सरकारी पूजा हुने गर्दछ । खाँडादेवी विकास कोषले सो पूजा गर्दै आएको छ । धार्मिक आस्था, ऐतिहासिक महत्व र प्राकृतिक सौन्दर्यको संगमका रूपमा रहेको खाँडादेवी मन्दिर पछिल्लो समय आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण केन्द्र बन्ने सम्भावना बोकेको छ । विशेषगरी तराई र काठमाडौं उपत्यकाका श्रद्धालुका लागि छोटो दूरीमै पुग्न सकिने धार्मिक गन्तव्यका रूपमा यसको महत्व दिनानुदिन बढ्दै गएको छ ।

    सोमबार, बैशाख ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता
    क्यासिनो खेलाएको आरोपमा पालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना पक्राउ

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.