• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

बाढीपहिरोले सात जिल्लाका प्रमुख सडक अवरुद्ध

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ५. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ६. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ७. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ८. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ९. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • १०. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

पूर्वमन्त्री गुप्तासहित ७ जना विरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश


  •   सोमबार, चैत ३०, २०८२ मा प्रकाशित
  • काठमाडौँ । विशेष अदालतले पोखराको लिचीबारी प्रकरणमा पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासहित ७ जना विरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश जारी गरेको छ ।

    Advertisement

    विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू नारायणप्रसाद कोइराला र उमेश कोइरालाको इजलासले साक्षी प्रमाण बुझ्ने आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ असोज २२ मा तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको प्रमाण फेला परेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्री गुप्ता र पूर्वमन्त्री रन्जिता श्रेष्ठले आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै कार्यसुविधा प्रदान गर्नका लागि २५ लाख रुपियाँ घुस लिएको अभियोग लगाएको थियो ।

    आयोगका अनुसार कुल ७८ लाख रुपियाँको घुस र रिसवत लेनदेनसम्बन्धी अडियो प्रमाण, बैँक कारोबार विवरण र डिजिटल फरेन्सिक परीक्षण प्रतिवेदनबाट तथ्य पुष्टि भएको हो । डिजिटल फरेन्सिक ल्याबको परीक्षणमा श्रव्य, दृश्य (अडियो, भिडियो) सामग्री प्रतिवादीहरूसँग मेल खाने र छेडछाड नभएको निष्कर्ष निकालेको थियो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज २२ गते मन्त्री गुप्तासहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । यही मुद्दामा तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्व मन्त्री रञ्जिता श्रेष्ठ समेत मुछिएकी थिइन् ।

    दुई जनाबिचको अडियो बाहिरिएपछि अख्तियारले अनुसन्धान थालेको थियो । मन्त्री गुप्तासँगको उक्त अडिओ संवादमा बिचौलियाले ‘पोखराको जग्गाले तपाईंलाई टुलुटुलु हेरेर बसेको छ, अहिले २५ (लाख) राख्नुस्, काम बनेपछि माझीकुनामा माछा खाऊँला ।’ भनेको सुनिएको थियो ।

    दुई पूर्वमन्त्रीसहित मालपोत कार्यालय कास्की, पोखराको तत्कालीन प्रमुख रामचन्द्र अधिकारी, घर जग्गा व्यवसायी–बिचौलिया प्रतिवादी सुजन लामा वा सुजनकुमार लामा भन्ने सुजनकुमार तामाङ, खेम पुन भन्ने खमबहादुर पुन, यमकुमारी गुरुङ, तुल्सीराम बुढामगरविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा गरेको थियो ।

    यस प्रकरणमा अख्तियारले ७८ लाख रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको थियो । पोखरा महानगरपालिका–१६ मा रहेको दीप बिर्ता (लिची बगैँचा) मा रहेको भनिएको नक्सा नम्बर २५, २६ र २८ को जग्गाको सम्बन्धमा भ्रष्टाचार प्रकरणमा जोडिएका हुन् ।

    सोमबार, चैत ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
    जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
    दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त
    गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप
    संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ५.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ६.
      जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

    भर्खरै

    • १.
      दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

    • २.
      बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

    • ३.
      अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

    • ४.
      जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

    • ५.
      दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

    • ६.
      गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    • ७.
      संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

    • ८.
      लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.