विराटनगर, चैत १२ — नेपालको लागि महिन्द्रा अटोमोबाइलको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रा.लि.ले अत्याधुनिक इलेक्ट्रिक ओरिजिन एसयूभी ‘बीई ६’ र ‘एक्सईभी ९ई’ विराटनगरमा सार्वजनिक गरेको छ। विराटनगरस्थित अग्नि इन्कर्पोरेटेडको महिन्द्रा सोरुममा आयोजित विशेष कार्यक्रममा यी गाडीहरू सार्वजनिक गरिएको हो।
नयाँ एसयूभीहरू महिन्द्राको आधुनिक ‘इन्ग्लो’ प्लेटफर्ममा आधारित छन् भने अत्याधुनिक ‘माया’ इन्टेलिजेन्ट आर्किटेक्चरद्वारा सञ्चालन हुने बताइएको छ। कम्पनीका अनुसार यी गाडीहरूले नेपालको विद्युतीय सवारी साधन क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
कार्यक्रममा चर्चित कलाकार स्वस्तिमा खड्का निश्चल बस्नेत ले गाडी लन्च गरेका थिए। कार्यक्रममा, व्यवसायी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। यसअघि यी मोडलहरू नाडा नेपाल मोबिलिटी एक्स्पोमार्फत नेपाली बजारमा पहिलोपटक प्रस्तुत गरिएको थियो।
कम्पनीले बढ्दो नेपाली बजारलाई लक्षित गर्दै ‘बोर्न इलेक्ट्रिक’ सवारी साधनप्रति सकारात्मक प्रतिक्रिया आएको जनाएको छ। आगामी दिनमा देशका विभिन्न क्षेत्रमा यस्ता आधुनिक इलेक्ट्रिक गाडी विस्तार गर्ने योजना रहेको कम्पनीको भनाइ छ।
अग्नि समूहका अध्यक्ष क्याबिनेट श्रेष्ठले नेपालमा इलेक्ट्रिक मोबिलिटीको विस्तार दिगो विकास र ऊर्जा आत्मनिर्भरतातर्फ महत्वपूर्ण कदम भएको बताए।
उनले नयाँ प्रविधियुक्त सवारी साधनले दीर्घकालीन आर्थिक तथा वातावरणीय लाभ दिने विश्वास व्यक्त गरे। महिन्द्राका प्रतिनिधिका अनुसार ‘बीई ६’ र ‘एक्सईभी ९ई’ ले परफर्मेन्स, इन्टेलिजेन्स र डिजाइनको उत्कृष्ट संयोजन प्रस्तुत गर्नेछ विश्वास लिएको छ।

