• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

लगानी सम्मेलनअघि कानुनी सुधारमा जुट्यो सरकार

समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक

ट्रक र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

मन्त्री साह र अष्ट्रेलियाली राजदूतबीच भेट, द्विपक्षीय सम्बन्धबारे छलफल

ईजीपी पदबाट हटाइएपछि न्याय माग्दै सर्वोच्च पुगे कार्की

विपद् र महँगीले जनता पीडित, सरकारको ध्यान प्रहरी नेतृत्व परिवर्तनमा : आङदेम्बे

वायु प्रदूषण नियन्त्रण र जोखिम न्यूनीकरणमा सतर्कता अपनाउन आग्रह

राष्ट्रिय स्तरको प्रत्यायन केन्द्र स्थापना

अमेरिका–चीन सम्बन्ध सुधार्ने प्रयास, सैन्य हटलाइन प्रभावकारी बनाउने सहमति

लोकप्रिय समाचार

  • १. नेपाल–अमेरिका खेलकुद कूटनीति अघि बढाउने विषयमा छलफल

  • २. भूमिगत विद्युत् लाइन विस्तार : काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने

  • ३. जडीबुटी बिक्रीबाट चार करोड रुपैयाँ राजस्व संकलन

  • ४. प्रधानमन्त्री बालेनको कार्यकालमा सरकारविरुद्ध कर्मचारीका ९३ मुद्दा

  • ५. भुटानमा बाढीको त्रास, हिमताल विस्फोट भएको हुनसक्ने अनुमान

  • ६. बालेन र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने जनकपुरधाम–अयोध्या विशेष रेल सेवा, सञ्चालनको तयारी अन्तिम चरणमा ।

  • ७. जडीबुटी बेचेर कर्णाली प्रदेशले संकलन गर्यो चार करोड भन्दा बढी राजस्व

  • ८. हामी नै स्टेट हौँ र मेरो इच्छा नै कानुन हो भन्ने भ्रम सरकारले नपाले हुन्छ : गगन थापा

  • ९. गाँजा खेती खुला गर्ने कानुनी व्यवस्था बनाउन सर्वोच्चको आदेश

  • १०. पृथ्वी राजमार्ग सोमबार दिउँसो ३ घण्टा बन्द रहने

मध्यपूर्वको तनावका कारण भारतमा ग्यास आपूर्ति संकट


  •   मङ्गलबार, फागुन २६, २०८२ मा प्रकाशित
  • फाल्गुन २६,काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्वव्यापी रुपमै प्राकृतिक ग्यास आपूर्ति शृंखलामा अवरोध आएपछि भारतका होटल तथा रेस्टुरेन्ट व्यवसाय पनि प्रभावित हुन थालेका छन् । कम आपूर्ति भएपछि होटल तथा रेष्टुरेण्टहरुले केन्द्र सरकारसँग उद्योगका लागि निरन्तर ग्यास आपूर्ति सुनिश्चित गर्न माग गरेका छन् ।

    Advertisement

    कर्नाटकमा होटल व्यवसायीहरूले ग्यास अभावका कारण दैनिक सञ्चालनमै समस्या भइरहेको बताएका छन् । होटल ओनर्स एसोसिएसनका निर्देशक सन्तोष माल्नाडका अनुसार सरकारले व्यावसायिक ग्यास सिलिन्डरको आपूर्ति सीमित गर्दा होटल उद्योग ठूलो संकटमा परेको छ । उनले भने,‘सरकारले स्वास्थ्य, कृषि र शिक्षाजस्ता क्षेत्रलाई प्राथमिकता दिँदै तेल कम्पनीहरूलाई व्यावसायिक सिलिन्डर उपलब्ध गराउन निर्देशन दिएको छ । तर होटल उद्योगका लागि सिलिन्डर बिना सञ्चालन सम्भव छैन । यो हाम्रो मुख्य ऊर्जा स्रोत हो ।’

    माल्नाडले होटल उद्योगलाई पनि आवश्यक वस्तु ऐन अन्तर्गत राखेर नियमित रूपमा व्यावसायिक ग्यास सिलिन्डर उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । साथै, यसअघि १९ केजीको व्यावसायिक सिलिन्डरमा दिइँदै आएको १५० रुपैयाँ छुट हटाइएको र थप १४५ रुपैयाँ मूल्य वृद्धि गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । उता तमिलनाडु ट्रेडर्स युनियन फेडेरेसनले पनि राज्यभर होटल तथा साना खाद्य व्यवसायहरूमा एलपीजी अभाव देखिएको भन्दै चिन्ता व्यक्त गरेको छ । संघका नेता विक्रमराजा राजाका अनुसार साना व्यापारी र साना होटलहरू यस संकटबाट सबैभन्दा बढी प्रभावित हुनेछन् ।

    सीमित आपूर्तिका कारण चेन्नईसहित तमिलनाडुका विभिन्न स्थानमा केही होटलहरूले मेनुमा रहेका परिकारहरू घटाउन थालेका छन् र उपलब्ध ग्यासको आधारमा मात्र सेवा सञ्चालन गरिरहेका छन् । यद्यपि घरेलु उपभोक्ताका लागि एलपीजी सिलिन्डरको आपूर्ति भने अवरुद्ध नभएको सम्बन्धित निकायले जनाएको छ । एलपीजी एसोसिएसनका राष्ट्रिय उपाध्यक्ष आरके गुप्ताका अनुसार घरेलु ग्यास आपूर्तिमा कुनै कमी छैन ।
    उनले भने, ‘तेल कम्पनीहरूका अनुसार घरेलु एलपीजीको आपूर्तिमा अभाव छैन । व्यावसायिक सिलिन्डर भने हिजोदेखि वितरण गरिएको छैन, तर अस्पताल र शैक्षिक संस्थालाई अपवाद दिइएको छ ।’

    यसैबीच, भारत सरकारले मंगलबार प्राकृतिक ग्यासको आपूर्ति व्यवस्थापनका लागि नयाँ नियम घोषणा गरेको छ । पश्चिम एशियामा जारी द्वन्द्वका कारण विश्व आपूर्ति शृंखला प्रभावित भएपछि सरकारले प्राथमिकता क्षेत्रलाई ध्यानमा राख्दै ग्यास वितरण, उपयोग र आपूर्ति व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

    सरकारी सूचनाअनुसार मध्यपूर्वको युद्धका कारण हर्मुज जलमार्ग हुँदै हुने तरल प्राकृतिक ग्यास ढुवानी प्रभावित भएको छ । यसले गर्दा केही आपूर्तिकर्ताले ‘फोर्स मेज्योर’ लागू गर्दै ग्यासलाई प्राथमिकता क्षेत्रतर्फ मोड्न थालेका छन् । विश्लेषकहरूका अनुसार मध्यपूर्वमा जारी द्वन्द्व लामो समयसम्म जारी रहेमा ऊर्जा आपूर्तिमा थप दबाब पर्न सक्ने र त्यसको प्रभाव दक्षिण एसियाली अर्थतन्त्रमा समेत देखिन सक्नेछ ।

    मङ्गलबार, फागुन २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लगानी सम्मेलनअघि कानुनी सुधारमा जुट्यो सरकार
    समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक
    ट्रक र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो
    ईजीपी पदबाट हटाइएपछि न्याय माग्दै सर्वोच्च पुगे कार्की
    विपद् र महँगीले जनता पीडित, सरकारको ध्यान प्रहरी नेतृत्व परिवर्तनमा : आङदेम्बे
    वायु प्रदूषण नियन्त्रण र जोखिम न्यूनीकरणमा सतर्कता अपनाउन आग्रह

    Facebook Page

    लोकप्रिय

    • १.
      नेपाल–अमेरिका खेलकुद कूटनीति अघि बढाउने विषयमा छलफल

    • २.
      भूमिगत विद्युत् लाइन विस्तार : काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने

    • ३.
      जडीबुटी बिक्रीबाट चार करोड रुपैयाँ राजस्व संकलन

    • ४.
      प्रधानमन्त्री बालेनको कार्यकालमा सरकारविरुद्ध कर्मचारीका ९३ मुद्दा

    • ५.
      भुटानमा बाढीको त्रास, हिमताल विस्फोट भएको हुनसक्ने अनुमान

    • ६.
      बालेन र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने जनकपुरधाम–अयोध्या विशेष रेल सेवा, सञ्चालनको तयारी अन्तिम चरणमा ।

    भर्खरै

    • १.
      लगानी सम्मेलनअघि कानुनी सुधारमा जुट्यो सरकार

    • २.
      समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक

    • ३.
      ट्रक र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

    • ४.
      मन्त्री साह र अष्ट्रेलियाली राजदूतबीच भेट, द्विपक्षीय सम्बन्धबारे छलफल

    • ५.
      ईजीपी पदबाट हटाइएपछि न्याय माग्दै सर्वोच्च पुगे कार्की

    • ६.
      विपद् र महँगीले जनता पीडित, सरकारको ध्यान प्रहरी नेतृत्व परिवर्तनमा : आङदेम्बे

    • ७.
      वायु प्रदूषण नियन्त्रण र जोखिम न्यूनीकरणमा सतर्कता अपनाउन आग्रह

    • ८.
      राष्ट्रिय स्तरको प्रत्यायन केन्द्र स्थापना

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.