पौष २७,काठमाडौं । ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपालगायत राजावादी समूह र्यालीसहित सिंहदरबार पुगेका छन् ।उनीहरुले त्यहाँस्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, नेताहरू कमल थापा, पशुपतिशमशेर जबरालगायतका नेताले र्यालीको अगुवाइ गरेका छन् ।

