• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, पुष २६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

विशेष महाधिवेशनमा उपस्थित हुन बारा जिल्लामा कांग्रेसको ह्विप जारी !

ज्ञानेन्द्र शाही रास्वपा नेताहरूसँग छलफलमा

गण्डकीमा कांग्रेस–एमालेको गठबन्धनको दुई तिहाइ सुनिश्चित, मतभार यस्तो छ

विवादबीच कांग्रेसको विशेष महाधिवेशन आह्वान

सुदूरपश्चिममा नेकपाको उम्मेदवारी दर्ता

सिफारिस नै नभएका तीन जनालाई कांग्रेसले बनायो राष्ट्रिय सभा उम्मेदवार

सिर्जना सिज्जुले पनि फिर्ता लिइन् रास्वपाको समानुपातिक सूचीबाट नाम

पूर्णलाल हिराचन ठगी अभियोगमा पक्राउ

रास्वपाको बन्दसूचीबाट नाम फिर्ता लिएको मिलन लिम्बूको घोषणा

लोकप्रिय समाचार

  • १. विशेष महाधिवेशनमा उपस्थित हुन बारा जिल्लामा कांग्रेसको ह्विप जारी !

  • २. रास्वपा भक्तपुर नगर सभापतिको युवाहरुलाई खुल्ला पत्र !

  • ३. पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाने तयारि

  • ४. झापा–५ बाट ओलीको नाम एकल सिफारिस

  • ५. रास्वपामा समानुपातिक उम्मेदवारहरु एकाएक पछि हट्दै

  • ६. ट्रम्पको आदेशमा भेनेजुएलामा अमेरिकाद्वारा सैन्य आक्रमण

  • ७. जग्गा लिलामी प्रक्रियामा गएपछि लालबहादुरले बैंकभित्रै गरे आत्मदाहको प्रयास

  • ८. कांग्रेसमा आन्तरिक बहस : पार्टी फुट्ने चिन्ता, एकताका लागि जोडबल

  • ९. विवेकशील साझाबाट आएका सात जना रास्वपाको केन्द्रीय समितिमा मनोनयन

  • १०. आज सुनचाँदीको मूल्य घट्यो

ज्ञानेन्द्र शाही रास्वपा नेताहरूसँग छलफलमा


  •   बुधबार, पुष २३, २०८२ मा प्रकाशित
  • पौष २३ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग तारन्तार संवादमा रहेको खुलेको छ । स्रोतहरूको दाबी अनुसार उनी राप्रपा छोडेर रास्वपामा जान इच्छुक छन् । शाहीले हालै राप्रपाको समानुपातिक सूचीलाई लिएर सामाजिक सञ्जालमा कडा असन्तुष्टि पोखेका थिए । उपाध्यक्ष बुद्धिमान तामाङकी पत्नी सरस्वती लामा र युवा नेतृ खुस्बु ओलीलाई बन्दसूचीमा पहिलो प्राथमिकतामा राखिएकोप्रति उनको विरोध थियो । तर, शाहीले राप्रपा त्याग्न खोज्नुका कारण सम्भवतः यो मात्रै होइन । स्रोतका अनुसार पछिल्लो समय उनी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग नाखुश छन् । राप्रपामा आएदेखि नै निरन्तर लिङदेनलाई साथ र समर्थन दिँदै आएका शाही अहिले बिच्किनुको कारण खुलेको छैन । उनी राप्रपाको संस्थापन इतर पक्षसँग पनि नजिक भएका छैनन् । पार्टीभित्र र बाहिर उनको आफ्नै ‘ब्रान्ड’ छ । समाजको एउटा तप्कामा उनी असाध्यै लोकप्रिय पनि छन् ।

    Advertisement

    शाहीले आफूसँग निकट रास्वपाका उच्चस्तरकै नेताहरूसँग ‘एकता’ का विषयमा छलफल गरिरहेको स्रोतहरू बताउँछन् । उनीसँग कुरा गरेका एक रास्वपा नेताले भने, ‘सैद्धान्तिक र पदीय विषयमा कुराकानी भइरहेको छ । उहाँ राजसंस्थाको एजेन्डा छोडेर आउन तयार देखिनुहुन्छ ।’ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र शाहीबीच केही दिनअघि भेटवार्ता भएको थियो । रास्वपा सभापति रवि लामिछानेसँग गरेको पहिलो वार्ता खासै फलदायी नभएको भन्दै बालेनले आफ्नै पार्टी चलाउने प्रचार गराएका थिए । त्यसबेला उनले सहयोगी कुमार बेनको ज्वागलस्थित घरमा बसेर थुप्रै मान्छेहरू भेटे । त्यसमध्ये एक शाही पनि थिए । बालेन र शाहीबीच लामै कुराकानी भएको थियो । राजसंस्थाका पक्षधर शाहीलाई बालेनले बोलाएर भेट्नुलाई पनि आश्चर्यका रूपमा हेरियो । उक्त भेटवार्ताको अन्तर्य दुवैले बाहिर ल्याएनन् । त्यस भेटमा ‘युवाहरु मिलेर अघि बढ्नुपर्ने’ सहमति जुटेको थियो । स्रोतका अनुसार बालेनले पार्टी खोलेमा सहयोग गर्ने शाहीले आश्वासन दिएका थिए । आफू रास्वपासँग मिलेमा शाहीलाई पनि सँगै लैजान बालेन सहमत बनेको दाबी स्रोतको छ । तर, रास्वपासँग एकता गर्दा बालेनले शाहीलाई वास्ता गरेनन् । शाहीनिकट स्रोतले भन्यो, ‘रास्वपासँग एकता हुने भयो भने सँगै जाने भन्ने अन्डरस्ट्यान्डिङ बनेको रहेछ । तर, बालेन गणतन्त्रवादी र पहिचानवादीहरूको घेराउमा परेपछि उहाँलाई समेट्न चाहेनन् ।’

    शाहीको रास्वपा सभापति रवि लामिछानेसँग व्यक्तिगत स्तरमा राम्रो सम्बन्ध छ । रवि कास्की प्रहरीको हिरासतमा रहँदा नै उनी भेट्न पुगेका थिए । उनले रविको पक्षमा सार्वजनिकरुपमा बयान पनि दिए । केहीअघि मात्रै उनले नख्खु कारागारमा गएर पनि रविलाई भेटेका थिए । रवि गृहमन्त्री हुँदा पञ्चा सिंहलाई पक्राउ नगरेको विषयमा उनीविरुद्ध बोले पनि त्यसयता भने शाही रविप्रति नरम सुनिँदै आएका छन् । रास्वपा उपसभापति डा। स्वर्णिम वाग्लेसँग भने शाहीको सम्बन्ध राम्रो छैन । शाहीले वाग्लेलाई ‘विदेशी दलाल, ‘एमसीसीका मतियार’ आदि उपमा दिएर कटु आलोचना गर्ने गरेका थिए । वाग्लेले भने शाहीलाई मान्छे नै गन्दैनन् । रास्वपा सभापति लामिछाने र उपसभापति डीपी अर्याल नरम गणतन्त्रवादी हुन् भने वाग्ले कडा गणतन्त्रवादी हुन् । यदि शाहीलाई रास्वपामा भित्र्याउने प्रस्ताव पार्टीमा आएमा वाग्लेले अवरोध गर्न सक्ने सम्भावना रहेको पनि स्रोत औंल्याउँछ ।

    शाहीलाई रास्वपामा ल्याउन यसै पनि सहज छैन । बालेन र कुलमानसँग एकतापछि पार्टीमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतावादीहरुको आवाज चर्को बनिरहेको छ । त्यसमाथि लक्ष्मण थारुहरू थपिएका छन् । यो जमातले ज्ञानेन्द्र शाहीलाई पटक्कै रुचाउँदैन । पार्टी सभापति रवि लामिछाने तयार भए भने पनि यसले पार्टीभित्र भाँडभैलो उत्पन्न गर्न सक्ने रास्वपाका एक नेताको अनुमान छ ।

    राप्रपाको संस्थापन इतरका एक नेताले शाहीको यो प्रवृत्तिलाई अवसरवादको संज्ञा दिए । उनले भने, ‘उहाँले हिजोका दिनसम्म निरन्तर अध्यक्षलाई बोकेर हिँड्नुभएको हो । अहिले केमा कुरा मिलेन र गाली गर्दै हुनुहुन्छ । रास्वपा जान खोज्नु भनेको चाहिँ उहाँको सैद्धान्तिक विचलन मात्र नभएर अवसरवादको पराकाष्ठा हो ।’

    शाही सामाजिक अभियन्ताका रूपमा भाइरल भएपछि राप्रपामा प्रवेश गरेका हुन् । उनी विगतमा आफूलाई गणतन्त्रवादी र सर्वहारा कम्युनिष्टका रूपमा चिनाउने गर्थे । हाम्रो नेपाल, हामी नेपाली’ अभियानका संयोजक रहेका शाही २०७८ साल फागुनमा राप्रपा प्रवेश गरेका हुन् । उनले जुम्लाबाट अत्यधिक मतले चुनाव जितेका थिए । राप्रपाले उनलाई पार्टी प्रवक्ता र संसदमा प्रमुख सचेतक बनाएकाे थियाे ।

    बुधबार, पुष २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गण्डकीमा कांग्रेस–एमालेको गठबन्धनको दुई तिहाइ सुनिश्चित, मतभार यस्तो छ
    विवादबीच कांग्रेसको विशेष महाधिवेशन आह्वान
    सुदूरपश्चिममा नेकपाको उम्मेदवारी दर्ता
    सिफारिस नै नभएका तीन जनालाई कांग्रेसले बनायो राष्ट्रिय सभा उम्मेदवार
    सिर्जना सिज्जुले पनि फिर्ता लिइन् रास्वपाको समानुपातिक सूचीबाट नाम
    रास्वपाको बन्दसूचीबाट नाम फिर्ता लिएको मिलन लिम्बूको घोषणा

    Facebook Page

    लोकप्रिय

    • १.
      विशेष महाधिवेशनमा उपस्थित हुन बारा जिल्लामा कांग्रेसको ह्विप जारी !

    • २.
      रास्वपा भक्तपुर नगर सभापतिको युवाहरुलाई खुल्ला पत्र !

    • ३.
      पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाने तयारि

    • ४.
      झापा–५ बाट ओलीको नाम एकल सिफारिस

    • ५.
      रास्वपामा समानुपातिक उम्मेदवारहरु एकाएक पछि हट्दै

    • ६.
      ट्रम्पको आदेशमा भेनेजुएलामा अमेरिकाद्वारा सैन्य आक्रमण

    भर्खरै

    • १.
      विशेष महाधिवेशनमा उपस्थित हुन बारा जिल्लामा कांग्रेसको ह्विप जारी !

    • २.
      ज्ञानेन्द्र शाही रास्वपा नेताहरूसँग छलफलमा

    • ३.
      गण्डकीमा कांग्रेस–एमालेको गठबन्धनको दुई तिहाइ सुनिश्चित, मतभार यस्तो छ

    • ४.
      विवादबीच कांग्रेसको विशेष महाधिवेशन आह्वान

    • ५.
      सुदूरपश्चिममा नेकपाको उम्मेदवारी दर्ता

    • ६.
      सिफारिस नै नभएका तीन जनालाई कांग्रेसले बनायो राष्ट्रिय सभा उम्मेदवार

    • ७.
      सिर्जना सिज्जुले पनि फिर्ता लिइन् रास्वपाको समानुपातिक सूचीबाट नाम

    • ८.
      पूर्णलाल हिराचन ठगी अभियोगमा पक्राउ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.