• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, जेठ २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ६. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ७. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ८. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ९. सगरमाथा आरोही सांसद मिङमा ग्याबु शेर्पालाई सम्मान

  • १०. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

हमासको युद्धविरामको प्रस्ताव ईजरायलद्वारा अस्विकार- गाजामा अहिलेसम्म ६४ हजारको मृत्यु


  •   आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
  • काठमाडौँ। हमासद्वारा प्रस्तुत गरिएको युद्धविराम सम्झौतालाई इजरायलले अस्वीकार गर्दै गाजा सहरमा सैन्य कारबाहीलाई निरन्तरता दिने स्पष्ट संकेत दिएको छ । यसले युद्धको अवस्था थप जटिल र गाजावासीका लागि संकटपूर्ण बन्ने आकलन गरिएको छ ।

    Advertisement

    हमासले बुधबार एक औपचारिक प्रेस विज्ञप्ति जारी गर्दै बहुपक्षीय र दीर्घकालीन समाधानको खाका प्रस्तुत गरेको थियो । हमासले प्रस्तुत गरेको प्रस्तावमा इजरायली र प्यालेस्टाइनी बन्दीहरूको आदानप्रदान, गाजाबाट इजरायली सैनिक फिर्ता, अवरुद्ध पारिएका सीमा नाकाहरू पुनः सञ्चालन, मानवीय सहायता आपूर्ति सहज बनाउन विशेष व्यवस्था गर्ने र युद्धग्रस्त गाजाको पुनर्निर्माण प्रारम्भ गर्ने जस्ता महत्त्वपूर्ण बुँदाहरू समावेश गरीएका थिए । यससँगै हमासले प्राविधिक विज्ञहरूको सहभागितामा स्वतन्त्र राष्ट्रिय प्रशासन गठन गरी गाजाको नागरिक प्रशासन सञ्चालन गर्ने नयाँ योजना समेत अघि सारेको थियो।

    तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उक्त प्रस्तावलाई ‘केवल प्रचारात्मक चाल’ भन्दै कडाइका साथ अस्वीकार गरेका छन् । प्रधानमन्त्री नेतान्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा इजरायलले उक्त प्रस्ताव अस्विकार गरेको स्पष्ट अडान प्रस्तुत गरिएको छ । जसअनुसार इजरायलले युद्ध अन्त्य गर्ने वा सैन्य कारबाही रोक्ने निर्णय तब लिनेछ जब हमासले गाजामा इजरायली सुरक्षाको पूर्ण नियन्त्रण स्वीकार गर्दै गाजा क्षेत्रमा व्यापक निरस्त्रीकरण गर्ने र गैरप्यालेस्टाइनी प्रशासन गठन गर्न तयार भई सबै इजरायली बन्धकहरूलाई कुनै पनि किसिमको शर्तबिनै मुक्त गर्नेछ । तर गाजाले इजरायलको यो अडानलाई निरन्तर रुपमा अस्विकार गर्दै आएको छ ।

    इजरायलको यस कडा र कठोर अडानले गाजाको युद्धविरामको सम्भावनामा ठूलो अवरोध खडा गरेको छ । हमासले प्रस्तुत गरेको प्रस्तावलाई कतिपय विश्लेषकहरूले व्यावहारिक समाधानतर्फको सकारात्मक पहलका रूपमा व्याख्या गरेका छन् भने कतिपय विश्लेषकहरुले इजरायलले देखाएको कडाइलाई युद्ध सैन्य दबाबमार्फत मात्र समाधान गर्ने रणनीतिको निरन्तरता को रुपमा लिएका छन् । युद्धविराम असफल भएपछि गाजामा भइरहेको ईजरायली सैन्य कारबाही अझै तीव्र हुने सम्भावना बढेको छ । यसले मानवीय संकटलाई झनै गहिरो बनाउने अनुमान गरिएको छ । यसले गाजामा स्वास्थ्य सेवा, खानेपानी, बिजुली र आधारभूत जीवन आवश्यकतामा भइरहेको चरम अभाव अझै जटिल बन्दै जाने खतरा पनि बढेको छ ।

    विगत लामो समयदेखि अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयमता अपनाउन, सहमतिको बाटो खोज्न र निर्दोष नागरिकलाई युद्धको चपेटाबाट जोगाउन आग्रह गरिरहे पनि तत्काल समाधानको सम्भावना निकै कमजोर देखिन्छ । हमासको प्रस्तावलाई अस्वीकार गर्दै इजरायलले प्रस्तुत गरेको यो कठोर अडानले केवल द्वन्द्वको अवधि लम्ब्याउने मात्र नभई गाजाको मानवीय अवस्थालाई पनि झनै भयावह बनाउने संकेत गरेको छ ।

    भर्खरै
    इजरायली सेनाले गाजाका स्थानीयलाई शहर छाडेर जान निर्देशन दिएको छ । तर त्यहाँका मानिसहरु आफ्नो थातथलो छाडेर जान तयार छैनन् । सेनाले हमासविरुद्ध सिधा कारबाही गर्न चाहेको छ । गाजापट्टीको सबैभन्दा ठूलो शहर खाली गरेर इजरायली सेनाले हमासविरुद्ध जमिनमार्फत् सिधा कारबाही गर्न चाहेको छ । ३ महिनादेखिको लडाइँमा इजरायली सेनाले गाजालाई पूर्ण रुपमा नियन्त्रणमा लिन सकेको छैन । इजरायली सेनाले हालैका दुई सातामा गरिएको कारबाहीमा गाजाको बाहिरी क्षेत्र नियन्त्रणमा लिएको दाबी गरेको छ । अब शहरको बाक्लो जनघनत्व भएको क्षेत्र मात्र बाँकी छ ।

    बन्धक बनाइएका इजरायली नागरिकलाई गाजाका स्थानीयको ठूलो जनसंख्या भएको क्षेत्रमा लुकाएर राखेको इजरायली सेनाको दाबी छ । अझै पनि ४८ बन्धक हमासको कब्जामा रहेको बताइएको छ । जसमध्ये २० जना जीवित रहेको हुनसक्ने अनुमान गरिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निर्देशनमा इजरायली सेनाले गाजालाई कब्जा गर्ने अभियान तीव्र पारेको छ ।बाहिरी क्षेत्रका अधिकांश नागरिकले घर छाडेका छन् । शहरको मध्ये भागमा भने अझै लाखौं नागरिक रहेका छन् ।

    इजरायली सेनाको घेराबन्दीका कारण उनीहरुलाई खाना र पानीसमेत सहज रुपमा पुर्‍याउन सकिएको छैन । इजरायल र हमासबीच युद्ध सुरु भएयता गाजामा ६४ हजार भन्दा धेरै प्यालेस्टिनी मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    (अन्तराष्ट्रीय संचार माध्यमको सहयोगमा तयार पारीएको)

    आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
    राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै
    सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन
    रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल
    घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
    प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ५.
      प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ६.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    भर्खरै

    • १.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • २.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ३.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ४.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    • ५.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ६.
      प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    • ७.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    • ८.
      ‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.