• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, मङि्सर २९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

“एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

“एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

लोकप्रिय समाचार

  • १. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • २. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ३. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ४. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ५. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ६. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

  • ९. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • १०. ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

सामाजिक सञ्जाल बन्द : निरङ्कुश ओली सरकारको अलोकतान्त्रीक कदम


  •   आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
  • काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जालमा रोक लगाउने निर्णयले नेपाली राजनैतिक वृत्तमा गम्भीर प्रश्न खडा गरेको छ । प्रायः लोकतान्त्रिक समाजमा अभिव्यक्ति स्वतन्त्रता संवैधानिक अधिकारको रूपमा मानिन्छ । तर, सरकारले असामाजिक, अश्लील वा दुष्प्रचार फैलाउने माध्यमलाई नियन्त्रण गर्ने बहानामा सामाजिक सञ्जाल बन्द गरेको घटनाले देशले अवलम्बन गरेको लोकातान्त्रीक मूल्य मान्यताका सीमालाई नै चुनौती दिएको छ ।

    Advertisement

    सामाजिक सञ्जाल बन्द गर्नु केवल सूचना प्रवाहलाई रोक्नु मात्रै हैन , नागरिकको विश्वास र लोकतान्त्रिक भावना माथिको प्रत्यक्ष प्रहार पनि हो । सरकारको यो कदमले उसको छवि कट्टरतावादी र आलोचना असहिष्णु भएको देखाउँछ । प्रधानमन्त्री ओलीले पटकपटक सत्ता र नेतृत्वलाई सुदृढ बनाउने प्रयास गर्ने बताउदै आएका छन् तर यस प्रकारका अलोकतान्त्रीक कदमले आम जनताको भावनामा असन्तोष पैदा गर्ने जोखिम बढाउँछ र नागरीकहरु अर्को विद्रोहको मसाल उठाउनसम्म पनि पछि पर्दैनन् ।

    सामाजिक सञ्जाल नेपाली जनताको दैनिक र प्रत्यक्ष जीवनशैलीसँग गहिरो रूपमा जोडिएको छ । व्यापार, शिक्षा, स्वास्थ्य, सूचना, राजनीतिक संवाद र व्यक्तिगत सम्पर्कमा सामाजिक सञ्जालले ठुलो भूमिका खेल्दै आएको छ। तर सरकारले यसरी अचानक रुपमा गरेको बन्दले केवल सूचना प्रवाहलाई बाधा पुर्याएको छैन, आर्थिक गतिविधि, साना व्यवसाय र स्वतन्त्र सञ्चार माध्यमलाई पनि ठूलो असर पारेको छ । विशेष गरी युवा वर्ग, विद्यार्थी र स्वरोजगारमा संलग्न व्यक्तिहरूमा यसको ठुलो प्रभाव परेको प्रस्ट देखिन्छ।

    सरकारको यो निर्णयमा नीतिगत कमजोरी पनि उजागर गर्छ । जब कुनै नीतिले जनताको विश्वास गुमाउँछ र व्यापक असन्तोष सिर्जना गर्छ, तब सरकारको जनताप्रतिको संवेदनशीलता र जिम्मेवारी प्रश्नमा आउँछ । आलोचनालाई दमन गर्ने माध्यमको रूपमा सामाजिक सञ्जाल बन्द गर्नु कुनै पनि किसिमको समस्याको दीर्घकालीन समाधान होइन । यसको सट्टा, डिजिटल साक्षरता, सचेतना अभियान र कानूनी ढाँचामा सुधार गरेर असामाजिक सामग्री नियन्त्रण गर्न सकिन्थ्यो ।

    वर्तमान ओली सरकारको यो प्रकारको कदमले देशको अन्तर्राष्ट्रिय छवि पनि कमजोर बनाउन सक्छ । लोकतान्त्रिक मुलुकमा सूचना स्वतन्त्रता सुनिश्चित गर्ने प्रतिवद्धता संविधानमै लेखिएको छ तर सरकारको असहिष्णु र नियन्त्रणको प्रवृत्तिले विदेशी लगानी, पर्यटन र अन्तर्राष्ट्रिय सम्बन्धमा पानि नकारात्मक असर पार्न सक्छ। यो डिजीटल युगमा सामाजिक सञ्जाल बन्द गरेर ओली सरकारले आम जनताको आवाज दबाउने प्रयास गरेको छ । तर यसले सरकारलाई बलियो बनाउँदैन, बरु जनस्तरमा सरकार झन् धेरै असन्तोष र अविश्वास मात्र बढाउँछ। लोकतान्त्रिक सरकारको कर्तव्य भनेको दमन होइन, संवाद र विश्वासको वातावरणको निर्माण गर्नु हो।

    आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”
    “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”
    राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने
    पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल
    एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु
    श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • २.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ३.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ४.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ५.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    • ६.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    भर्खरै

    • १.
      “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

    • २.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    • ३.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ४.
      पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

    • ५.
      एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

    • ६.
      श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

    • ७.
      ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

    • ८.
      बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.