• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ५. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ६. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ७. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ८. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ९. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • १०. हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद

दुर्गा प्रसाईं सहित भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध माइतीघरमा उर्लिंदै जेन्- जी


  •   आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
  • काठमाडौँ । ‘दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप’ अभियान अन्तर्गत, जेनजी (सन् १९९७–२०१२ बीच जन्मिएका) ले सेप्टेम्बर ८ मा माइतीघर मण्डला र संसद् भवन अगाडि आन्दोलन गर्ने घोषणा गरेका छन् ।

    Advertisement

    केही दिनयता सामाजिक सञ्जाल बन्द भएपछि, नयाँ पुस्ताले यस आन्दोलनको नेतृत्व गर्ने तयारी गरिरहेको छ । उनीहरूले सोमबार माइतीघर मण्डलामा भेला हुने तयारीसमेत गरिसकेका छन् । यस जेनजी आन्दोलनको मुख्य उद्देश्य भनेको सत्ताको मनोमानीविरुद्ध ‘जेनजी विद्रोह’लाई अघि बढाउनु हो। अहिले टिकटकदेखि अन्य सामाजिक सञ्जालसम्म यो ट्रेण्ड व्यापक फैलिएको छ। चाहे नेताका छोराछोरीको विलासिता उजागर गर्ने ‘नेपो बेबी ट्रेण्ड’ होस् वा सडक आन्दोलनको स्वरूप, जेनजीहरूले यसलाई भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्धको नयाँ संघर्षको रूपमा अघि सारेका छन् ।

    विशेषगरी यो आन्दोलनको जरो सामाजिक सञ्जाल टिकटकमा देखिएको ट्रेण्डसँग गाँसिएको छ । फिलिपिन्स र इन्डोनेसियाबाट सुरु भएको यो ट्रेण्ड नेपालमा समेत फैलिएको देखिन्छ । यसमार्फत नेताका छोराछोरीले देखाउने ऐसआराम-महँगा ब्रान्डका कपडा,विदेश यात्रा र विलासी सामानलाई साधारण युवाको आर्थिक सङ्घर्षसँग तुलना गरिएको छ ।

    यी भिडियोहरूले राजनीतिक परिवार र सर्वसाधारणबीचको गहिरो खाडल प्रस्ट्याएपछि युवाहरू झन् आक्रोशित भएका छन्। यसलाई ‘नेपो बेबी ट्रेण्ड’ भनिएको छ, जसमा भावनात्मक धुन र उत्तेजक संगीत राख्दै नेताका छोराछोरीको विलासिता देखाइन्छ भने त्यसैसँगै जनताका छोराछोरीको पीडादायी अवस्था पनि प्रस्तुत गरिन्छ ।

    सामाजिक सञ्जाल टिकटकसँगै रेडिटमा पनि यो ट्रेण्ड तीव्र रूपमा फैलिरहेको छ। यसमा ‘नो मोर करप्सन’ र ‘वेक अप च्यालेन्ज’ जस्ता ह्यासट्यागसहित अभियान सञ्चालन भइरहेको छ । नेताका छोराछोरीले देखाउने विदेश यात्रा, विलासी सामान र ऐसआरामका दृश्य प्रस्तुत गर्दा, सर्वसाधारण युवाले विदेशिनुपर्ने बाध्यता, बाकसमा फर्किनुपर्ने पीडा र गाउँघरमा भोग्नुपर्ने दुःख अझ प्रस्ट देखिन्छ ।

    यसैबीच पुराना पुस्ताका नागरिकहरूले पनि जेनजी आन्दोलनलाई समर्थन जनाइरहेका छन् । त्यही क्रममा व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंले ‘जेनजी’ नाममा सेप्टेम्बर ८ मा काठमाडौंमा हुन लागेको आन्दोलनमा सहभागी हुने घोषणा गरेका छन् । उनले चैत १५ गतेजस्तो दमन नगर्न सरकारलाई चेतावनीसमेत दिएका छन्। सामाजिक सञ्जाल बन्दको विरोधमा स्वतःस्फूर्त रूपमा उठेको यस आन्दोलनमा सहभागी हुने बताउँदै प्रसाईंले, तीन वर्षअघि आफूले उठाएको आवाजलाई अहिले फेसबुक, टिकटकदेखि सम्पूर्ण सञ्चार जगतले पुनः दोहोर्‍याएको भन्दै धन्यवाद दिएका छन् ।

    स्वतःस्फूर्त रूपमा उठिरहेको यो आन्दोलनले ‘वेक अप युथ, वेक अप जेनजीज्’ जस्ता नारा बोकेको छ। यही नारासहित नयाँ पुस्ता सडकमा उत्रने तयारीमा रहेको छ ।

    आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र
    बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
    जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
    दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त
    गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ५.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ६.
      जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

    भर्खरै

    • १.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    • २.
      दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

    • ३.
      बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

    • ४.
      अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

    • ५.
      जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

    • ६.
      दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

    • ७.
      गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    • ८.
      संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.