• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, मङि्सर २९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

“एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

“एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

लोकप्रिय समाचार

  • १. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • २. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ३. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ४. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ५. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ६. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

  • ९. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • १०. ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

दुर्गा प्रसाईं सहित भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध माइतीघरमा उर्लिंदै जेन्- जी


  •   आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
  • काठमाडौँ । ‘दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप’ अभियान अन्तर्गत, जेनजी (सन् १९९७–२०१२ बीच जन्मिएका) ले सेप्टेम्बर ८ मा माइतीघर मण्डला र संसद् भवन अगाडि आन्दोलन गर्ने घोषणा गरेका छन् ।

    Advertisement

    केही दिनयता सामाजिक सञ्जाल बन्द भएपछि, नयाँ पुस्ताले यस आन्दोलनको नेतृत्व गर्ने तयारी गरिरहेको छ । उनीहरूले सोमबार माइतीघर मण्डलामा भेला हुने तयारीसमेत गरिसकेका छन् । यस जेनजी आन्दोलनको मुख्य उद्देश्य भनेको सत्ताको मनोमानीविरुद्ध ‘जेनजी विद्रोह’लाई अघि बढाउनु हो। अहिले टिकटकदेखि अन्य सामाजिक सञ्जालसम्म यो ट्रेण्ड व्यापक फैलिएको छ। चाहे नेताका छोराछोरीको विलासिता उजागर गर्ने ‘नेपो बेबी ट्रेण्ड’ होस् वा सडक आन्दोलनको स्वरूप, जेनजीहरूले यसलाई भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्धको नयाँ संघर्षको रूपमा अघि सारेका छन् ।

    विशेषगरी यो आन्दोलनको जरो सामाजिक सञ्जाल टिकटकमा देखिएको ट्रेण्डसँग गाँसिएको छ । फिलिपिन्स र इन्डोनेसियाबाट सुरु भएको यो ट्रेण्ड नेपालमा समेत फैलिएको देखिन्छ । यसमार्फत नेताका छोराछोरीले देखाउने ऐसआराम-महँगा ब्रान्डका कपडा,विदेश यात्रा र विलासी सामानलाई साधारण युवाको आर्थिक सङ्घर्षसँग तुलना गरिएको छ ।

    यी भिडियोहरूले राजनीतिक परिवार र सर्वसाधारणबीचको गहिरो खाडल प्रस्ट्याएपछि युवाहरू झन् आक्रोशित भएका छन्। यसलाई ‘नेपो बेबी ट्रेण्ड’ भनिएको छ, जसमा भावनात्मक धुन र उत्तेजक संगीत राख्दै नेताका छोराछोरीको विलासिता देखाइन्छ भने त्यसैसँगै जनताका छोराछोरीको पीडादायी अवस्था पनि प्रस्तुत गरिन्छ ।

    सामाजिक सञ्जाल टिकटकसँगै रेडिटमा पनि यो ट्रेण्ड तीव्र रूपमा फैलिरहेको छ। यसमा ‘नो मोर करप्सन’ र ‘वेक अप च्यालेन्ज’ जस्ता ह्यासट्यागसहित अभियान सञ्चालन भइरहेको छ । नेताका छोराछोरीले देखाउने विदेश यात्रा, विलासी सामान र ऐसआरामका दृश्य प्रस्तुत गर्दा, सर्वसाधारण युवाले विदेशिनुपर्ने बाध्यता, बाकसमा फर्किनुपर्ने पीडा र गाउँघरमा भोग्नुपर्ने दुःख अझ प्रस्ट देखिन्छ ।

    यसैबीच पुराना पुस्ताका नागरिकहरूले पनि जेनजी आन्दोलनलाई समर्थन जनाइरहेका छन् । त्यही क्रममा व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंले ‘जेनजी’ नाममा सेप्टेम्बर ८ मा काठमाडौंमा हुन लागेको आन्दोलनमा सहभागी हुने घोषणा गरेका छन् । उनले चैत १५ गतेजस्तो दमन नगर्न सरकारलाई चेतावनीसमेत दिएका छन्। सामाजिक सञ्जाल बन्दको विरोधमा स्वतःस्फूर्त रूपमा उठेको यस आन्दोलनमा सहभागी हुने बताउँदै प्रसाईंले, तीन वर्षअघि आफूले उठाएको आवाजलाई अहिले फेसबुक, टिकटकदेखि सम्पूर्ण सञ्चार जगतले पुनः दोहोर्‍याएको भन्दै धन्यवाद दिएका छन् ।

    स्वतःस्फूर्त रूपमा उठिरहेको यो आन्दोलनले ‘वेक अप युथ, वेक अप जेनजीज्’ जस्ता नारा बोकेको छ। यही नारासहित नयाँ पुस्ता सडकमा उत्रने तयारीमा रहेको छ ।

    आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”
    “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”
    राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने
    पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल
    एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु
    श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • २.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ३.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ४.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ५.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    • ६.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    भर्खरै

    • १.
      “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

    • २.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    • ३.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ४.
      पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

    • ५.
      एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

    • ६.
      श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

    • ७.
      ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

    • ८.
      बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.