• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, जेठ २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ६. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ७. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ८. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ९. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

  • १०. सगरमाथा आरोही सांसद मिङमा ग्याबु शेर्पालाई सम्मान

उत्तरतर्फका दुबै नाका ठप्प हुँदा चाडपर्व लक्षित सामान आयातमा कठिनाइ, व्यवसायीहरु मारमा


  •   बिहिबार, भदौ १९, २०८२ मा प्रकाशित
  • काठमाडौं । बाढी पहिरोका कारण उत्तरतर्फका दुबै नाका रसुवागढी र तातोपानी अहिले पनि पूर्ण रूपमा ठप्प हुँदा व्यवसायीहरूले चीनबाट सामान आयात गर्न सकेका छैनन् ।

    Advertisement

    जसका कारण उनीहरुले ठूलो आर्थिक नोक्सानी भोगिरहेका छन् भने नजिकिंदै गरेको दशैं तिहार र छठ पर्वमा उपभोक्ताई महंगीको मार पर्नसक्ने देखिएको व्यवसायीहरुले बताएका छन् । गत असार २४ मा रसुवामा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाउँदा रसुवा नाका बन्द भएको थियो भने विगत १५–२० दिनदेखि तातोपानी नाकामा बारम्बार आएको पहिरोका कारण त्यहाँ पनि सामान आवागमन ठप्प छ । यसले आयात–निर्यात दुवै क्षेत्रमा गंभीर असर पारेको व्यवसायीहरु बताउँछन् ।

    नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष रामहरी कार्कीले रसुवाबाट नेपालतर्फ आउने तीज, दशैँ र तिहार लक्षित फलफूल, स्याउ र अन्य मौसम अनुसारको सामानहरू केरुङमा रोकिएको बताए । उनका अनुसार केरुङमा हाल सामान बोकेका करिब चार सयदेखि पाँच सय ट्रक रोकिएका छन् । सामान्य अवस्थामा यस नाकाबाट दैनिक रुपमा २०–३० ट्रकका दरले सामान आयात हुँदै आएको भएपनि पुल बग्दा सबै ठप्प भएको छ । रसुवाबाट रोकिएका ट्रकहरू केही भाग तातोपानी नाकाबाट आयात भएपनि अहिले तातोपानी नाकापनि बन्द भएपछि वैकल्पिक मार्गहरू पनि अक्षम बनेको कार्कीले बताए ।

    ‘तातोपानी नाकामा हालको स्थिति जटिल छ । न्यालम क्षेत्रको इको भन्ने क्षेत्रमा बारम्बार पहिरो आएपछि नाका ठप्प भएको छ । यस क्षेत्रमा १२ देखि १३ सय कन्टेनर रोकिएका छन, जसको मूल्य अर्बौं रुपैयाँमा पुग्ने अनुमान गरिएको छ । यो चाडपर्व लक्षित सामान समयमै नेपाल ल्याउन नसकिए व्यवसायीले बैंकको ब्याज र गोदाम भाडा भुक्तानी गर्न अझ बढी चुनौती भोग्नुपर्ने छ । त्यसले उनिहरुमाथि आर्थिक भार बढ्ने देखिन्छ,’ कार्कीले भने ।

    कार्कीका अनुसार रसुवा नाकामा पुल पुनर्निर्माणको काम भइरहेको छ । प्रारम्भिक योजना अनुसार पुल निर्माण असोजको पहिलो हप्तामा सकिने र त्यसपछि नाका खोलिने भनिएको छ । यद्यपि मौसम र निर्माणमा आउने विभिन्न कठिनाइका कारण यो समय केही दिन ढिलाइ हुन सक्ने देखिएको उनले बताए ।

    रसुवा र तातोपानी दुवै नाका बन्द भएर व्यवसायीहरूले वस्तुहरू समयमै उपलब्ध गराउन नसक्ने हुँदा बजारमा मूल्य वृद्धि र स्टकको समस्या देखिएको उनले बताए । ‘बाटो बिग्रिदा मालसामानहरू लामो समयसम्म भन्सारमा अड्किएका छन् । हामीले गर्मी महिनामा आवश्यक पर्ने लत्ताकपडालगायात मालसामानहरु मगाएका थियौं । अब जाडो मौसम सुरु हुन लाग्यो त्यसैले ती समानहरु अर्को बर्षको गर्मि सिजन सम्म भण्डारण गर्नुपर्ने हुन्छ यस्तो गर्दा सामानहरु बिग्रने सम्भावना बढेको छ,’ उनले भने । जस्तै जुत्ता, ज्याकेट, फलफूल र अन्य छिटो बिग्रिने वस्तुहरू बिग्रन सक्छन् । व्यवसायीहरूले यस समस्याबाट सिर्जित घाटा आफ्नै पुँजीबाट व्यहोर्नु परेको छ । रसुवा नाकामा आएको बाढीले १७ वटा गाडी बगाएको र व्यवसायीहरूले करिब ५० करोड रुपैयाँको नोक्सानी व्यहोरेको अनुमान छ । यसले दिर्घकालीन रुपमा व्यापारमा ठूलो असर परेको छ ।’ उनका अनुसार सरकारले वैकल्पिक नाकाको रुपमा केरुङ–कोरुला नाका खुलाउने भने पनि सफल हुन सकेको छैन् । उक्त नाकामा भन्सार संरचना अझै तयार छैन । यदि संरचना तयार भए पनि नेपालपट्टि यातायातको दूरी लामो भएकाले लागत र समय दुवै बढ्ने अवस्था देखिन्छ ।

    केही व्यवसायीहरुले यतिबेला हवाइ मार्गबाट टी–सर्ट, हल्का लुगा र अन्य कम भोल्यूमका सामग्री ल्याउन थालेका छन् । तर यसले बस्तुको लागत मंहगो पर्न जाने र ठूला माल–सामान ल्याउन अप्ठ्यारो हुने अवस्था छ । ठूलो मात्रा र उच्च मूल्यका सामानहरू जस्तै जाडोको वस्त्र, फलफूल र उपभोक्ता लक्षित सामग्री आयात हवाइ मार्ग मार्फत ल्याउन कठिन हुने गरेको उनले सुनाए ।

    अहिले अर्थ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, वाणिज्य मन्त्रालय लगायतको टोलीले तातोपानी नाकाको सुचारुको लागि प्रयास गरिरहेको छ । मौसमको सहयोग भए चार–पाँच दिनमै नाका खोल्न सकिने स्थिति रहेको छ । रसुवामा पुल निर्माण सम्पन्न भएपछि पनि नेपालपट्टि यातायात मार्ग तुरुन्तै सुचारु गर्नुपर्ने चुनौती बाँकी नै देखिन्छ । व्यवसायीहरूले अहिलेको अवस्था व्यवस्थापन गर्न वैकल्पिक बजार र मार्गहरू खोजिरहेको भएपनि संरचनात्मक कमजोरी र प्राकृतिक आपतका कारण वैकल्पिक मार्गहरू प्रभावकारी बन्न नसकेको उन कार्कीले बताए ।

    ‘यस परिस्थितिले स्पष्ट देखाउँछ कि नेपाल–चीन सीमामा निर्भर आयात–निर्यात प्रणालीमा कुनै अवरोध आएमा तत्काल व्यवसायीहरूमा ठूलो आर्थिक भार पर्छ । चाडपर्व लक्षित मालसामानहरूको ढुवानी ठप्प हुँदा मूल्य वृद्धि, स्टकमा समस्या र बैंक ब्याजको भार व्यवसायीहरूले व्यहोर्नु परेको छ ।’ नाका र यातायात प्रणालीको दिगो सुधारको व्यवस्था नगरे यस्ता प्राकृतिक आपतका बेला व्यवसायीले ठूलो घाटा भोग्न बाध्य हुनुपर्नेछ । यसले बजारमा मूल्य अस्थिरता, समयमै मालसामान आपूर्ति नहुँदा उपभोक्तामा असुविधा र व्यवसायीमा आर्थिक भार सिर्जना गर्ने देखिन्छ ।

    रसुवा र तातोपानी नाका बन्द हुँदा नेपाली व्यापार क्षेत्र अहिले चुनौतीपूर्ण अवस्थामा छ । सरकार, व्यवसायी र चीन पक्षको सहकार्यमा मात्र समयमा आयात–निर्यात सुचारु गर्न सकिन्छ ।

    बिहिबार, भदौ १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
    राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै
    सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन
    रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल
    घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
    प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ५.
      प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ६.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    भर्खरै

    • १.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • २.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ३.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ४.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    • ५.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ६.
      प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    • ७.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    • ८.
      ‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.