काठमाडौँ । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत शिक्षकहरूले राप्रपा कार्यालयमा धर्ना दिएका छन् ।
विधेयकमा उल्लेख धेरै विषय सकारात्मक रहेपनि शिक्षक कर्मचारीका मुख्य सरोकार र यसअघि भएको सहमतिमा रहेका धेरै विषयहरू अझै पनि सम्बोधन हुन नसकेको आन्दोलन गर्नुपरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । आफ्ना माग मुद्दाहरू समेटिने गरी संसद्मा छलफल गर्नका लागि ध्यानाकर्षण गराउन महासङ्घले राजनीतिक दलका कार्यालयमा धर्ना दिएको उनको भनाई थियो ।
अध्यक्ष सुवेदीले भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने उल्लेख गरे ।

