• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, फागुन १०, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

सेतोपाटी अनलाइनलाई कारवाही गर्न प्रेस काउन्सिललाई आयोगको पत्राचार

ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला

लोकप्रिय समाचार

  • १. रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

  • २. अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

  • ३. निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

  • ४. नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

  • ५. जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

  • ६. चीन सीमासम्म पिच सडक बनाउने सपना बोक्दै प्रचण्ड चुनाबमा

  • ७. काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

  • ८. ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला

  • ९. कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

  • १०. सुनको मूल्य घट्यो,कारोबार कतिमा?

तीजमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि व्यवस्थापन अन्तिम तयारी


  •   आइतबार, भदौ ०८, २०८२ मा प्रकाशित
  • काठमाडौं । पशुपतिनाथ मन्दिरमा हरितालिका (तीज) पर्व– २०८२ को व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको पशुपति विकास कोषले जनाएको छ ।
    आइतबार पत्रकार सम्मेलन गर्दै कोषले तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको लागि एवम् हिन्दु नारीहरुको सेवा सुविधाका लागि आवश्यक व्यवस्थापन गरिएको जनाइएको छ ।
    पशुपति विकास कोषले सुरक्षा, स्वयंसेवा, चन्दनप्रसादको व्यवस्था, दर्शन मार्गको व्यवस्था एवं सुधार, जुत्ताचप्पल राख्ने ठाउँको व्यवस्था, आकस्मिक स्वास्थ्यसेवा, उपासना सहितको मनोरञ्जनात्मक गीत, सङ्गीत (भजन किर्तन), दिपावली, व्रतालुहरुको गौदान गर्ने स्थानको व्यवस्था जस्ता कार्यक्रमहरुलाई सहज रुपमा सम्पादन गर्न कोषले व्यवस्थापनलाई अन्तिम चरणमा पुगेको जनाएको छ ।
    दर्शन गर्न आउने दर्शनार्थीहरुको सुविधाका लागि वाहिरी रुपमा चार स्थानबाट दर्शनमार्ग (दर्शन लाईन) को व्यवस्था गरी दर्शन गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

    संयुक्त प्रेस विज्ञप्ति

    आराध्यदेव भगवान श्रीपशुपतिनाथ विराजित पावन पशुपति क्षेत्रमा सनातनदेखि चल्दै आएको हिन्दुनारीहरुको महानपर्व हरितालिका (तीज) का पावन अवसरमा भगवान श्रीपशुपतिनाथको दर्शनार्थ पाल्नु हुने भक्तजन एवं विशेष गरी हिन्दुनारीहरुको सेवा सुविधाका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दनप्रसादको व्यवस्था, दर्शनमार्गको व्यवस्था एवं सुधार, जुत्ताचप्पल राख्ने ठाउँको व्यवस्था, आकस्मिक स्वास्थ्यसेवा, उपासना सहितको मनोरञ्जनात्मक गीत, सङ्गीत (भजन किर्तन), दिपावली, व्रतालुहरुको गौदान गर्ने स्थानको व्यवस्था जस्ता कार्यक्रमहरुलाई सहज रुपमा सम्पादन गर्न पशुपति क्षेत्र विकास कोषले विभिन्न व्यवस्था गर्दै तयारीको अन्तिम चरणमा पुगेको व्यहोरा बुंदागत रुपमा जानकारी गराउँदछौं ।
    भगवान श्रीपशुपतिनाथको दर्शन गर्न आउने दर्शनार्थीहरुको सुविधाका लागि देहाय अनुसारको वाहिरी रुपमा चार स्थानबाट दर्शनमार्ग (दर्शन लाईन) को व्यवस्था गरी दर्शन गर्ने व्यवस्था मिलाई सोही अनुसार जुत्ताचप्पल राख्ने व्यवस्था, चन्दनवितरणको व्यवस्था लगायतको व्यवस्था मिलाइएको छ ।
    दर्शन सम्वन्धी व्यवस्था ः–
    १.गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर– वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोकाबाट वाहिरी निस्किएर कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।
    २ं मित्रपार्क–जयवागेश्वरी–पाचागणेश–भिमसेनस्थान–भूवनेश्वरी–शंकराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै वाहिरीने र शंकराचार्य मठ दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।
    ३. पिंगलास्थान– चारशिवालय–पञ्चदेवल–बज्रघर–दक्षिण ढोकासम्मको लाईनलाई कोटिलिङ्गेश्वर मन्दिर छेउँको सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिण ढोका हुँदै वाहिरीने र पञ्चदेवल पूर्व अस्थायी रुपमा निर्माण गरिएको जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।
    ४. तिलगङ्गा–राम मन्दिर हुँदै वागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजीकको पुल तरेर श्रीपशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै वाहिरीने र आर्यघाट नजीकको पुलसँगैको अस्थायी जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।
    १) दर्शनार्थीहरुको छिटो भन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरी विहान ३ः०० बजेदेखि नै श्रीपशुपतिनाथ मन्दिरका चार वटै ढोका खोल्ने व्यवस्था मिलाइएको छ । श्रीपशुपतिनाथको
    मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत सकेसम्म जालीराखी वाहिरबाटै दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइनेछ ।
    २) श्रीपशुपतिनाथको दर्शन गरी फर्कंदा पशुपतिनाथ मन्दिर प्राङ्गणभित्र दर्शनार्थी र अन्य भक्तजनहरुको सुविधाका लागि भगवान श्रीपशुपतिनाथको चन्दन पश्चिम ढोका वाहिर सानोसदावर्त सत्तल अगाडि साथै पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड, दक्षिणामूर्ति, तिलगङ्गा, वनकाली, गौशाला, जयवागेश्वरीमा समेत चन्दनवितरणको व्यवस्था मिलाइनेछ ।
    ३) पर्यटक प्रवेश शुल्क तिरी टिकट लिएका तेस्रो मूलुकका पर्यटकलाई मेला क्षेत्रमा (मन्दिर प्राङ्गण वाहेक। अवलोकन भ्रमण गर्न दिने व्यवस्था मिलाइनेछ ।
    ४) भक्तजनहरुबाट गौदान, पूर्णपात्रो जस्ता ब्राह्मण प्रयोग गरी गरिने धार्मिक कार्यका लागि भकुण्टोल–वनकाली मार्गको दायाँ बायाँ क्षेत्रमा व्यवस्था मिलाइएको छ ।

    Advertisement

    ५) नेपाल टेलिकम र एनसेललाई विटिएस भ्यान राखी मोवाईल सेवालाई मेला क्षेत्रमा सहज बनाउन अनुरोध गरी सोही अनुसार विटिएस भ्यानको व्यवस्था गरिनेछ ।
    ६)वहुमूल्य गरगहना लगाएर पशुपतिनाथको दर्शनमा नआउन र सकेसम्म स–साना बालबालिकाहरुलाई साचमा लिएर नआउन समेत हार्दिकतापूर्वक अनुरोध गरिएको छ ।
    ७) विभिन्न सञ्चार माध्यम–मिडिया हाउस र तिनका प्रतिनिधिहरुलाई मन्दिर प्राङ्गण वाहेकको कोरक्षेत्र सम्म प्रत्यक्ष प्रसारण गर्न र तीज पर्वको समाचार सङ्कलन एवं प्रचार–प्रसार गर्न सूचना विभागले जारी गरेको परिचयपत्र र मिडियाका व्यवस्थापनसँग सम्बन्धितलाई मिडिया हाउसले जारी गरेको परिचयपत्रका आधारमा तोकिएको क्षेत्रसम्म आउन दिने गरी सुरक्षा निकायको समन्वयमा आवश्यक व्यवस्था मिलाइनेछ ।
    ८) भगवान श्रीपशुपतिनाथका नित्य दर्शनार्थीहरु बिहान ५ः३० बजेसम्मका लागि मात्र उपर्युक्तानुसारका चार ढोका मध्ये जुनसुकै ढोकाबाट प्रवेश गरी दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
    ९) मन्दिर दर्शनका लागि कुनैपनि किसिमको पासको व्यवस्था गरिएको छैन ।
    १०) भक्तजन एवं दर्शनार्थीहरुलाई सहज रुपमा आवत जावत गर्न भिमसेनस्थान–१ र पञ्चदेव उत्तर पूर्वमा–१ अस्थायी (मेलाका लागि मात्र) पुल निर्माण गर्ने व्यवस्था मिलाइनेछ ।
    ११) हरितालिका (तीज) पर्वका दिनमा कुनैपनि प्रकारको विशेष पूजाको व्यवस्था गरिएको छैन ।
    सुरक्षा सम्वन्धी व्यवस्था ः–
    १.विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि हरितालिका (तीज) पर्व, २०८२ का लागि नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी बल नेपाल परिचालन गरी सुरक्षा प्रवन्ध मिलाइएको छ । आवश्यकता अनुसार नेपाली सेनाको पनि सहयोग लिइनेछ । साथै राष्ट्रिय अनुसन्धान विभागका जनशक्तिहरुको पनि मेला क्षेत्रमा पर्याप्त अनुगमनको व्यवस्था मिलाइएको छ ।
    २.मेला क्षेत्रमा पाकेटमारी र अनियमित क्रियाकलाप हुन नदिन सादा पोशाकमा प्रहरी खटाई पर्वको २ दिन अगाडी देखिनै त्यस्ता क्रियाकलापमा संकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिई राख्ने व्यवस्था मिलाइएको छ ।
    ३. नेपाली सेना रक्षा मन्त्रालय मार्फत पाल, शायर र आवश्यकता अनुसार व्यारिकेट निर्माणको नेपाली सेनाको सहयोग लिइएको छ ।
    ४. प्रहरी मूलशिविरसँगै सामुदायिक प्रहरीको सहयोगमा दर्शनार्थीहरुका लागि सूचना प्रवाह गर्ने तथा खोजखबर कक्ष सञ्चालन गरिनेछ ।
    ५. शिविर सञ्चालनका लागि स्थान तोक्दा सकेसम्म सुरक्षा निकायसँग समन्वय गरी मात्र तोक्ने व्यवस्था मिलाइनेछ ।
    ६. सुरक्षाको प्रभावकारीतालाई थप टेवा पुरÞ्याउन मन्दिर प्राङ्गण सहित मेला क्षेत्रका विभिन्न स्थानमा समेत सिसि क्यामेरा जडान गरी मेलालाई निगरानी गर्ने व्यवस्था मिलाइनेछ ।
    ७. दमकल सहित विपद् उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल तथा काठमाडौं महानगर प्रहरी बलको टोली मेला क्षेत्रमा रहने गरी व्यवस्था मिलाइने छ ।

    स्वयंसेवा परिचालन ः–
    १. हरितालिका (तीज) पर्व, २०८२ लाई व्यवस्थित गरी दर्शनार्थीहरुलाई आवश्यक सेवा सुविधा पुरÞ्याउन महिला सुरक्षाकर्मीहरु र कोषका कर्मचारीहरु परिचालन गर्ने गरी व्यवस्था मिलाइनेछ ।
    २.मन्दिर प्राङ्गणमा कोषका कर्मचारी, भण्डारी, रकमी (अत्यावश्यक सेवाका कर्मचारीहरु) परिचालन हुनेछन् ।
    ३. कोर क्षेत्र भन्दा बाहिरी क्षेत्रमा भने आवश्यकता अनुसार स्वयंसेवी संस्थाका स्वयंसेवकहरु परिचालन गरिनेछ ।
    ४.मन्दिर प्राङ्गणभित्र खटिनेहरुले छालाका जुत्ता चप्पल लगाउन पाइने छैन ।
    स्वयंसेवकहरु केवल सहजताका लागि मात्र परिचालन गरिएको हो । मेला क्षेत्रको सम्पूर्ण जिम्मेवारी पशुपति क्षेत्र विकास कोष र सुरक्षा निकायको नै रहने हुँदा स्वयंसेवकहरुबाट निर्देशनात्मक व्यवहार नगर्न सचेत गराइएको छ। साथै सभ्य भाषा र नम्र व्यवहार गर्न समेत निर्देशन गरिएको छ ।
    १.जेष्ठ नागरिक, असक्त, वृद्धवृद्धा, विरामी र काखे बालक बोकेका महिलाहरुको लागि सहज दर्शनको विशेष व्यवस्था मिलाइने छ ।
    २. दर्शनार्थी एवं भक्तजनहरुलाई सितलता प्रदान गर्नका लागि यस वर्ष पशुपति कोर क्षेत्रमा पानीको वाष्पिकरण (कुहिरो) विधिबाट सितलता दिने प्रबन्ध मिलाइएको छ ।
    ट्राफिक÷पार्किङ्ग व्यवस्था ः–
    भक्तजनहरुको सुविधाका लागि मेला क्षेत्रमा सवारी साधनहरुको आवागमनलाई पूर्ण रुपमा रोक लगाइएको छ र पावन पशुपति क्षेत्र सवारी साधन निषेधित क्षेत्र भएको सम्मानीत सर्वोच्च अदालतको मिति २०८०÷१०÷०७ को फैसला निर्देशन समेतलाई पालना गर्ने गरी सबैले उमाकुण्ड, दक्षिणामूर्तिदेखि महास्नानघर पश्चिमको सडक, भुवनेश्वरी–गौशाला र बनकाली क्षेत्रको दर्शन मार्गमा कुनैपनि सवारी साधनहरु प्रवेश गर्न पूर्ण रुपमा निषेध गरिएको छ । तर दमकल, एम्बुलेन्स घाटसम्म जाने शववाहनलाई सहजीकरण गर्ने गरिएकोले सोही बमोजिम सबैले सम्मानीत अदालतको फैसला कार्यान्वयनमा सहयोग गरिदिनु हुन समेत कोषले बारम्बार अपिल गरेको छ । भगवान श्रीपशुपतिनाथको दर्शनका लागि आउने
    भक्तजनहरुका सवारी साधनहरुलाई विभिन्न स्थानमा पार्किङ्गको व्यवस्था मिलाउन ट्राफिक प्रहरी कार्यालय रामशाहपथको समन्वयमा विभिन्न छेकेबार, कर्डन, डाईभर्सन एवं निषेध सहित मेला पर्व क्षेत्रमा आवागमनको लागि देहायका स्थानमा मात्र पार्किङ्गको व्यवस्था मिलाइएको स्
    १ तिलगङ्गा आँखा अस्पताल तर्फको खुला क्षेत्र दर्शनार्थीहरुका सवारी साधनहरु ।
    २ सिफल चौरको खाली स्थान दर्शनार्थीहरुका सवारी साधनहरु ।
    ३ गुह्येश्वरी पारीका खाली स्थान दर्शनार्थीहरुका सवारी साधनहरु ।
    ४. पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसर, अमालकोट कचहरी कार्यालय पशुपति क्षेत्र विकास कोषका सवारी साधनहरु र पर्वसँग सम्बन्धित निकायका सवारी साधनहरु ।

    ५ भण्डारखाल पूर्व पार्किङ्ग क्षेत्र सरकारी संस्थान, विशिष्ट व्यक्तिहरुको सवारी साधन मात्र ।
    स्थानीय घर तथा डेरावालको लागि का.म.पा.८ बाट जारी गरिएको स्थानीय परिचयपत्रको आधारमा स्थानीयहरुको घर डेराबाट चक्रपथ हुँदै कार्यालय कार्यस्थलसम्म जान र साँझमा निवाससम्म फर्कन सक्ने गरी व्यवस्था मिलाइएको छ । ट्राफिक प्रहरी कार्यालय रामशाहपथ मार्फत तयार भई प्राप्त भएका ट्राफिक रुट व्यवस्थापन अनुसार नै हुने भएकाले सोही बमोजिम आफ्ना सवारी साधनको आवागमन र पाकिङ्ग व्यवस्था मिलाउनु हुन सम्बद्ध सवैलाई अनुरोध गरिएको छ ।
    स्वास्थ्य सेवा ः–
    पशुपति कौर क्षेत्रमा अवस्थित कुलानन्द झा सत्तल पश्चिमको डवलीमा नेपाली सेनाको तर्फबाट, र रुद्रगाडेश्वर पश्चिमको धार्मिक पाटिमा काठमाडौं महानगरपालिकाको तर्फबाट स्वास्थ्य शिविरको व्यवस्था गरिनेछ । मेला क्षेत्रका विभिन्न स्थानमा आवश्यक मात्रामा औषधी, स्वास्थ्य उपकरण, आरक्षित बेड र एम्बुलेन्सहरु रहने गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल लगायतका उपत्यकामा रहेका अस्पतालहरुबाट आ–आफ्नो शिविर क्षेत्रहरुमा स्वास्थ्य सेवा सञ्चालन गर्ने गरी व्यवस्था मिलाइनेछ। मन्दिर परिसरभित्र २ जना स्वास्थ्य परिचारीका (नर्स) तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइनेछ । आकस्मिक सेवाका लागि तीज पर्वमा स्वास्थ्य शिविर सञ्चालन गर्ने आवश्यकता अनुसार कोषले विभिन्न अस्पतालहरु मार्फत एम्बुलेन्सको व्यवस्था मिलाउने छ ।

    सरसफाई तथा जुत्ता चप्पल कक्षको व्यवस्थापन एवं सञ्चालन ः–
    मेला क्षेत्रलाई सफा सुग्घर राख्न विशेष सरसफाई कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइने छ । अस्थायी तथा घुम्ती शौचालयहरुको समेत व्यवस्था मिलाइने छ । त्यसै गरी तपशिलका चार स्थानहरुमा जुत्ता चप्पल कक्ष सञ्चालन गरी भक्तजन एवं दर्शनार्थीहरुको जुत्ता, चप्पलको व्यवस्था मिलाईनेछ ।
    १.दक्षिणामूर्ति अगाडी कैलाश मुनि नवरस स्काउट ट्रुपबाट ।
    २. भुवनेश्वरी नासल चोक कोषका कर्मचारीहरुबाट ।
    ३.पञ्चदेवल पूर्व बजघर दक्षिण नव अमरकान्तेश्वर युवा क्लवबाट ।
    ४. वागमती नदी पूर्व राम मन्दिर क्षेत्र नजीक टोल सुधार समितिबाट ।

    आइतबार, भदौ ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ
    जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद
    रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल
    निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह
    नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने
    काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

    Facebook Page

    लोकप्रिय

    • १.
      रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

    • २.
      अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

    • ३.
      निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

    • ४.
      नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

    • ५.
      जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

    • ६.
      चीन सीमासम्म पिच सडक बनाउने सपना बोक्दै प्रचण्ड चुनाबमा

    भर्खरै

    • १.
      अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

    • २.
      जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

    • ३.
      रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

    • ४.
      निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

    • ५.
      नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

    • ६.
      काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

    • ७.
      कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

    • ८.
      सेतोपाटी अनलाइनलाई कारवाही गर्न प्रेस काउन्सिललाई आयोगको पत्राचार

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.