• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, पुष ०१, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

नम्बर नभएका फारम तत्काल फिर्ता गरी नयाँ पठाउन देउवासँग शेखरको माग

महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छ: गोकर्ण विष्ट

पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

पासाङ शेर्पाको उम्मेदवारी खारेज

निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

भृकुटीमण्डपमा व्यंग्यको विस्फोट: ‘ओलीले ईश्वर मागे, ईश्वरले ओली!’

सुरक्षा ब्रिफिङमा चेतावनी: चुनावका बेला दल–जेनजीबीच झडप हुने मुख्य खतरा

देउवा र शेखरबीच भेटवार्ता, क्रमसंख्या उल्लेख नभएको फारमबारे छलफल

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • ३. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ४. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ५. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ६. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ७. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ८. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ९. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • १०. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

विनियोजन विधेयक, २०८२ सदनबाट बहुमतले पारित


  •   मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित
  • काठमाडौं। प्रतिनिधिसभाको बैठकबाट आगामी आर्थिक वर्षको विनियोजन विधेयक पारित भएको छ। आज बसेको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी राखेको प्रस्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका हुन्।

    Advertisement

    बैठकमा विनियोजन विधेयक पारित गर्नु मन्त्रालयगत रुपमा उठेको प्रश्नको मन्त्रीहरुले जवाफ दिएका थिए। त्यसैगरी खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा प्रतिनिधि सभाबाट बहुमतले अस्वीकार भएको थियो। बैठकमा अर्थमन्त्री पौडेलले आजै ‘आर्थिक विधेयक, २०८२ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

    विनियोजन विधेयक पारित गर्नु अगाडि आज बिहान सत्तापक्षीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। विनियोजन विधेयक भनेको सरकारले संसदमा पेस गर्ने ऐनको मस्यौदा हो, जसले कुनै पनि आर्थिक वर्षमा कुन मन्त्रालय, निकाय वा परियोजनामा कति रकम खर्च गर्न पाइन्छ भन्ने अनुमति दिन्छ। यो विधेयकमार्फत सरकारले यो मन्त्रालयलाई यति बजेट, यो कार्यालयलाई यति खर्च गर्न पाउने भनेर कानुनी मान्यता दिन्छ। संसदले पारित गरेपछि मात्र सरकारले त्यो खर्च गर्न पाउँछ।

    गत जेठ १५ गते अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट सार्वजनिक गरेका थिए। कूल विनियोजनमध्ये चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत र पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात् २०.८ प्रतिशत रहेको थियो। त्यस्तै वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९.१ प्रतिशत रहेको थियो। उनले कूल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएको बताए।

    बजेटको खर्च व्यहोर्ने स्रोतमा राजस्वबाट १३ खर्ब १५ अर्ब रुपैयाँ र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड संकलन गर्ने लक्ष्य राखिएको छ। त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड परिचालन गरिने र बाँकी आन्तरिक ऋणबाट व्यहोरिने बजेट वक्तव्यमा उल्लेख थियो। बजेट साउन १ गतेबाट लागू हुनेछ।

    मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भृकुटीमण्डपमा व्यंग्यको विस्फोट: ‘ओलीले ईश्वर मागे, ईश्वरले ओली!’
    एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार
    कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा
    पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल
    एमाले महाधिवेशनको बन्दसत्र ३ बजेलाई सर्‍यो
    चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • ३.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ४.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ५.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ६.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    भर्खरै

    • १.
      नम्बर नभएका फारम तत्काल फिर्ता गरी नयाँ पठाउन देउवासँग शेखरको माग

    • २.
      महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छ: गोकर्ण विष्ट

    • ३.
      पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

    • ४.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ५.
      निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

    • ६.
      एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

    • ७.
      भृकुटीमण्डपमा व्यंग्यको विस्फोट: ‘ओलीले ईश्वर मागे, ईश्वरले ओली!’

    • ८.
      सुरक्षा ब्रिफिङमा चेतावनी: चुनावका बेला दल–जेनजीबीच झडप हुने मुख्य खतरा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.