मिटरब्याज पीडितहरू महाेत्तरीकाे बर्दिबास लगायतका ठाउँबाट न्याय माग्दै काठमान्डौ पुगेका छन् त्यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटेर ऐक्यबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री निवास नजिक बालुवाटारमा धर्नामा रहेका पीडितहरूलाई भेटेर रविले आफू पीडितहरुको पक्षमा रहेको बताएका छन् ।साथै आफु ‘पीडितहरूको पक्षमा म छु । संसदमा, सडकमा तपाईँहरूलाई जहाँ जहाँ आवश्यकता पर्छ त्यहाँ म छु, पार्टी छ भन्दै ऐक्यबद्धता जनाउनु भएको छ ।
आजै आफूले अर्को कामको सिलसिलामा प्रधानमन्त्रीसँग भेट गर्ने तयारी गरेको उल्लेख गर्दै उनले आफ्नो भन्दा पनि तपाईँहरूको कुरा पहिले राख्छु भन्ने आश्वासन समेत दिनु भएको छ।




 
                                                             
         
         
         
         
         
         
         
    
                           
                                                       
    
    
    
    
   

