बाजुरा। बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा आगलागी भएको छ। शुक्रबार दिउँसो ३ बजेर ५५ मिनेट जादा नवदुर्गा होटलमा ग्यास सिलिन्डर पड्किएर लागेको आगलागीले बजार क्षेत्र ध्वस्त पारेको हो ।
आगलागीबाट ४० भन्दा बढी पसलहरू जलेका छन् । भने कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
अहिले दमकल नभएर डोजर र पानीट्यांकरको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।