काठमाडौं। ३१.७ मेगावाट बिजुली पनि उत्पादन गर्ने गरी अघि बढाइएको सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम सुस्त गतिमा रहेको छ ।आयोजनाको शिलान्यास भएको चार वर्ष बितिसक्दा पनि निर्माण कार्य १० प्रतिशत पनि नाघेको छैन ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुस्त गतिमा अघि बढेको आयोजना चाँडो सम्पन्न गर्नेगरी समाधान खोज्न गत महिना ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए ।
सन् २०२१ मा पहिलो ठेक्का लगाएर सुरुङ खन्ने काम सम्पन्न भए पनि हेडवर्क्स निर्माणको काम भने सुस्त रहेको छ । सन् २०२७ मा हेडवर्क्स निर्माण सम्पन्न गर्नुपर्ने मिति तोकिएको छ ।