• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, पुष ०१, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

नम्बर नभएका फारम तत्काल फिर्ता गरी नयाँ पठाउन देउवासँग शेखरको माग

महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छ: गोकर्ण विष्ट

पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

पासाङ शेर्पाको उम्मेदवारी खारेज

निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

भृकुटीमण्डपमा व्यंग्यको विस्फोट: ‘ओलीले ईश्वर मागे, ईश्वरले ओली!’

सुरक्षा ब्रिफिङमा चेतावनी: चुनावका बेला दल–जेनजीबीच झडप हुने मुख्य खतरा

देउवा र शेखरबीच भेटवार्ता, क्रमसंख्या उल्लेख नभएको फारमबारे छलफल

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • ३. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ४. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ५. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ६. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ७. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ८. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ९. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • १०. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

प्रेमका कारण पण्डितको हत्या


  •   सोमबार, जेठ ०५, २०८२ मा प्रकाशित
  • सर्लाही। चन्द्रनगर गाउँपालिका–१,सर्लाहीको किसनपुरका अरविन्द कुमार पण्डितको प्रेमका कारण हत्या भएको खुलेको छ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार(आज)सदरमुकाम मलङ्गवामा पत्रकार सम्मेलन गरी २८ वर्षीय पण्डितको प्रेम सम्बन्धका कारण हत्या भएको जानकारी गराएको छ। पण्डितको वैशाख २८ गते हत्या भएको थियो। पत्रकार सम्मेलनमा प्रहरीले हत्यामा संलग्न रहेका पण्डितको प्रेमिकासहित ५ जनालाई सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा पण्डितको प्रेमिका ईश्वरपुर नगरपालिका–६, चिरानटोलकी २५ वर्षीया नजिमा खातुन, नजिमाका श्रीमान मोस्तकिम अंसारीसहित ४३ वर्षीय मोहम्मद हुसेन मोमिन,४० वर्षीय सुयब अंसारी,२५ वर्षीय कोनूर आलम अंसारी र सलाउद्दिन अंसारी रहेका छन्। पक्राउ परेका अभियुक्त सबै नातेदार हुन् ।

    प्रहरीका अनुसार मृतक पण्डित र अभियुक्त नजिमा खातुनबिच लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो। अरविन्द अविवाहित थिए भने नजिमा तीन सन्तानकी आमा हुन्। उनीहरू गएको चैत १९ गतेबाट घरबाट भागेर भारतसम्म पुगेका थिए। उनीहरू भारतमा एक महिना बसेर वैशाख २० गते नेपाल आएका थिए ।

    घर फर्किएपछि गाउँका पञ्चहरु बसेर नजिमालाई श्रीमान मोस्तकिम अंसारीले नै राख्ने सहमति जुटेको थियो । त्यसपछि पनि पण्डित पटक–पटक नजिमा खातुनको घरमा पुगेको पाइएको प्रहरीले जनाएको छ। दुवै जनालाई स्थानीय पञ्चायत गरेर अलग गरे पनि पण्डित आउजाउ गर्दै आएका थिए ।

    पण्डित नजिमालाई भेट्न आउजाउ गरेको देखेपछि गाउँलेले नजिमालाई मानसिक तनाव दिने गरेको र त्यसपछि नजिमासहित परिवारका सदस्य र आफन्त मिलेर पण्डितको हत्या गर्ने योजना बुनेको प्रहरीले जनाएको छ। पण्डित वैशाख २४ गतेदेखि बेपत्ता बनेका थिए।

    पण्डितलाई वैशाख २८ गते बिहान ८ नजिमाले फूलजोर बाबा मन्दिर नजिक भेट्न बोलाएर हत्या गरिएको थियो। पक्राउ परेका अभियुक्तहरू मिलेर ईश्वरपुर नगरापालिका-८ स्थित फूलजोर खोला नजिकै लगेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिए। प्रहरी उपरीक्षक खड्काका अनुसार फूलजोर बाबा मन्दिरमा भेट्न बोलाएर त्यसको एक घण्टापछि फूलजोर खोलातर्फ लगेर प्रेमी नजिमा, उनको श्रीमान मोस्तकिम सहितले पण्डितको हत्या गरेको खुलेको छ।

    हत्यापछि अभियुक्तहरू लाशलाई घाँसपात र लहरीको घस्यौटाले छोपेर घर फर्किएका थिए। हत्या गरेको भोलिपल्ट वैशाख २९ गते राति ९ बजेतिर अधियुक्तहरूले अरविन्दको लाशलाई ईश्वरपुर नगरपालिका–८, स्थित थकरिया चौरीमा रहेको उखु बारीमा लगेर फालेका थिए। सडेको अवस्थामा पण्डितको शव प्रहरीले बरामद गरेको थियो।

    वैशाख ३० गते बिहान साढे ८ बजे मृतक पण्डितको शव फेला परेको थियो। सुरुमा शवको सनाखत नै हुन सकेको थिएन। वैशाख ३१ मृतकको दाजु अशोक कुमार पण्डित कुम्हारले प्रादेशिक अस्पताल मलङ्गवामा पुगेर शवको सनाखत गरेका थिए।

    प्रारम्भिक अनुसन्धानमा पण्डितको हत्यामा छ जना संलग्न रहेको पाइएको र उनीहरुविरुद्ध सर्लाही जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको एसपी खड्काले बताए। अहिलेसम्मको अनुसन्धानमा पण्डितको मुख थुनेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ।

    सोमबार, जेठ ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार
    चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा
    ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की
    कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन् ः मन्त्री पुन
    दमकमा ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण गरिँदै
    गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • ३.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ४.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ५.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ६.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    भर्खरै

    • १.
      नम्बर नभएका फारम तत्काल फिर्ता गरी नयाँ पठाउन देउवासँग शेखरको माग

    • २.
      महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छ: गोकर्ण विष्ट

    • ३.
      पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

    • ४.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ५.
      निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

    • ६.
      एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

    • ७.
      भृकुटीमण्डपमा व्यंग्यको विस्फोट: ‘ओलीले ईश्वर मागे, ईश्वरले ओली!’

    • ८.
      सुरक्षा ब्रिफिङमा चेतावनी: चुनावका बेला दल–जेनजीबीच झडप हुने मुख्य खतरा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.