• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

सोमबार पनि घट्यो सुन-चाँदीको भाउ

देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम

आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

लोकप्रिय समाचार

  • १. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ५. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ६. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • १०. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

प्रेमका कारण पण्डितको हत्या


  •   सोमबार, जेठ ०५, २०८२ मा प्रकाशित
  • सर्लाही। चन्द्रनगर गाउँपालिका–१,सर्लाहीको किसनपुरका अरविन्द कुमार पण्डितको प्रेमका कारण हत्या भएको खुलेको छ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार(आज)सदरमुकाम मलङ्गवामा पत्रकार सम्मेलन गरी २८ वर्षीय पण्डितको प्रेम सम्बन्धका कारण हत्या भएको जानकारी गराएको छ। पण्डितको वैशाख २८ गते हत्या भएको थियो। पत्रकार सम्मेलनमा प्रहरीले हत्यामा संलग्न रहेका पण्डितको प्रेमिकासहित ५ जनालाई सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा पण्डितको प्रेमिका ईश्वरपुर नगरपालिका–६, चिरानटोलकी २५ वर्षीया नजिमा खातुन, नजिमाका श्रीमान मोस्तकिम अंसारीसहित ४३ वर्षीय मोहम्मद हुसेन मोमिन,४० वर्षीय सुयब अंसारी,२५ वर्षीय कोनूर आलम अंसारी र सलाउद्दिन अंसारी रहेका छन्। पक्राउ परेका अभियुक्त सबै नातेदार हुन् ।

    प्रहरीका अनुसार मृतक पण्डित र अभियुक्त नजिमा खातुनबिच लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो। अरविन्द अविवाहित थिए भने नजिमा तीन सन्तानकी आमा हुन्। उनीहरू गएको चैत १९ गतेबाट घरबाट भागेर भारतसम्म पुगेका थिए। उनीहरू भारतमा एक महिना बसेर वैशाख २० गते नेपाल आएका थिए ।

    घर फर्किएपछि गाउँका पञ्चहरु बसेर नजिमालाई श्रीमान मोस्तकिम अंसारीले नै राख्ने सहमति जुटेको थियो । त्यसपछि पनि पण्डित पटक–पटक नजिमा खातुनको घरमा पुगेको पाइएको प्रहरीले जनाएको छ। दुवै जनालाई स्थानीय पञ्चायत गरेर अलग गरे पनि पण्डित आउजाउ गर्दै आएका थिए ।

    पण्डित नजिमालाई भेट्न आउजाउ गरेको देखेपछि गाउँलेले नजिमालाई मानसिक तनाव दिने गरेको र त्यसपछि नजिमासहित परिवारका सदस्य र आफन्त मिलेर पण्डितको हत्या गर्ने योजना बुनेको प्रहरीले जनाएको छ। पण्डित वैशाख २४ गतेदेखि बेपत्ता बनेका थिए।

    पण्डितलाई वैशाख २८ गते बिहान ८ नजिमाले फूलजोर बाबा मन्दिर नजिक भेट्न बोलाएर हत्या गरिएको थियो। पक्राउ परेका अभियुक्तहरू मिलेर ईश्वरपुर नगरापालिका-८ स्थित फूलजोर खोला नजिकै लगेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिए। प्रहरी उपरीक्षक खड्काका अनुसार फूलजोर बाबा मन्दिरमा भेट्न बोलाएर त्यसको एक घण्टापछि फूलजोर खोलातर्फ लगेर प्रेमी नजिमा, उनको श्रीमान मोस्तकिम सहितले पण्डितको हत्या गरेको खुलेको छ।

    हत्यापछि अभियुक्तहरू लाशलाई घाँसपात र लहरीको घस्यौटाले छोपेर घर फर्किएका थिए। हत्या गरेको भोलिपल्ट वैशाख २९ गते राति ९ बजेतिर अधियुक्तहरूले अरविन्दको लाशलाई ईश्वरपुर नगरपालिका–८, स्थित थकरिया चौरीमा रहेको उखु बारीमा लगेर फालेका थिए। सडेको अवस्थामा पण्डितको शव प्रहरीले बरामद गरेको थियो।

    वैशाख ३० गते बिहान साढे ८ बजे मृतक पण्डितको शव फेला परेको थियो। सुरुमा शवको सनाखत नै हुन सकेको थिएन। वैशाख ३१ मृतकको दाजु अशोक कुमार पण्डित कुम्हारले प्रादेशिक अस्पताल मलङ्गवामा पुगेर शवको सनाखत गरेका थिए।

    प्रारम्भिक अनुसन्धानमा पण्डितको हत्यामा छ जना संलग्न रहेको पाइएको र उनीहरुविरुद्ध सर्लाही जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको एसपी खड्काले बताए। अहिलेसम्मको अनुसन्धानमा पण्डितको मुख थुनेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ।

    सोमबार, जेठ ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान
    सोमबार पनि घट्यो सुन-चाँदीको भाउ
    देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम
    आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने
    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    Facebook Page

    लोकप्रिय

    • १.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ५.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ६.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    भर्खरै

    • १.
      काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

    • २.
      सोमबार पनि घट्यो सुन-चाँदीको भाउ

    • ३.
      देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम

    • ४.
      आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने

    • ५.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • ६.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ७.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ८.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.