समाजम नराम्रो मात्र होइन धेरै राम्रो कामहरु पनीं भई रहेका छन। उज्वल Ujwal Thapa दाई भन्नु हुन्थ्यो पोजिटिभ भाइब बनौ पोजिटिभ भाइब फैलाऊ। नराम्रो कामलाई होइन राम्रो कामलाई शेअर गरौ । आज यस्तै एउटा राम्रो काम शेअर गरे है।
सासू-ससुराले गरे आफ्नै बुहारीको कन्यादान: ५ वर्ष अगाडि आफ्नो छोराको मृत्यु भएपछि बुहारीलाई छोरीको रुपमा लिदै आएका दाङको तुलसीपुरमा एक दम्पतीले आफ्नी एकल बुहारी आरती श्रेष्ठको बर्दघाट-5 पालडाडा निवासी चन्दन ध्वज केसीसगं विवाह गरिदिएका छन्।
दुलाहा ChandanDhoj KC भन्छन्, “अन्तरजातीय तथा एकल नारीसंग बिहे भएको हुनाले धेरै चुनौतीहरु थिए तर माया त माया हो, माया जस्तो चोखो केहि हुँदैन। हामीले त अब जातभात, विगत, केहि नहेरेर हाम्रो बुझाइलाई स्वच्छ नाताको बन्धनमा परिणत गरेको छौं। समाजले यो कुरा सकारात्मक रुपमा लिनुपर्छ र चोखो माया गर्नुपर्छ।