राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामि छानेले आफ्नी पत्नीले सञ्चालन गर्दै आएको ‘टिभी फिल्मी’को नाम परिवर्तन भएको जनाएका छन् ।सभापति लामिछानेले बुधबार ट्वीट गर्दै ‘टिभी फिल्मी’को नाम परिवर्तन गरेर ‘नारी टिभी’ बनाएको जनाए का छन् ।
लामिछानेकी पत्नी निकिता पौडेलले ‘टिभी फिल्मी’ चलाउँदै आएकी छिन् । त्यसको मालिक निकिता र उनका बुबा उद्धव पौडेल हुन् ।स भापति लामिछानेले लेखेका छन्, ‘समुन्नत नेपालका लागि लैङ्गिक समानता अपरिहार्य छ । प्रविधिमा महिलाहरूको पहुँच बढाउने सन्द र्भमा एसटीईएम शिक्षामा महिलाहरूको सहभागिता बढाउन जरुरी छ ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सम्पूर्णमा शुभकामना । साथै १४ वर्षदेखिको टिभी फिल्मीलाई नारी टिभी बनाउने सोंचका लागि श्रीमतीजीलाई शुभकामना ।’ टेलिभिजनको प्रस्तोता लामि छानेले लामो समय न्युज २४ र केही समय ग्यालेक्सी फोरके टिभीमा काम गरेका थिए ।
लामिछानेलाई टेलिभिजन कसरी चलाउने भन्ने कुराको राम्रो जानका री छ ।सोही भएर पनि उनले निकितालाई टिभी फिल्मी नाम परिवर्तन गरेर नारी टिभी बनाउन सुझाव दिएको चर्चा छ ।नागरिकता कीर्ते का ण्डमा परेपछि सांसद पद गुमाएका लामिछानेले पत्नीलाई टिभी कस री सञ्चालन गर्ने भनेर फुर्सदको समयमा सुझाव र सल्लाह दिने गरे का छन् ।