काठमाडौं। सत्तारूढ नेपाली कांग्रेसका सांसद तथा पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलको हालैको नेपाल भ्रमणको समयलाई लिएर संसदमा असन्तुष्टि प्रकट गरेका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै साउदले छिमेकी भारत र पाकिस्तानबीच चुलिएको सैन्य तनाव र आतंकवादी घटनाको सन्दर्भमा नेपालले देखाउनुपर्ने संवेदनशीलताको कमीप्रति चिन्ता व्यक्त गरे।
“छिमेकमा भएको जघन्य आतंककारी घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेको देखिन्छ,” सांसद साउदले संसद्मा भने, “भ्रमण पूर्वनिर्धारित भए पनि संवेदनशीलताका साथ तत्कालका लागि स्थगन गर्नु उपयुक्त हुन्थ्यो।”भन्दै उनले असन्तुष्टि जनाएका हुन्।
भारतको जम्मू–कश्मीरस्थित पहलगाम हमलामा नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ जनाको ज्यान गएको थियो।