काठमाडौं। भारत र पाकिस्तानबीच जारी आक्रमण चाँडै बन्द हुने आशा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन्।
पत्रकार सम्मेलनमा भारत-पाकिस्तानबीच सुरू भएको आक्रमणबारे सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, ‘मैले आक्रमणबारे भर्खरै सुनेँ। दुई मुलुकबीच दशकौंदेखि द्वन्द्व छ। मेरो आशा छ अहिलेको आक्रमण चाँडै सकिने छ।’
अमेरिकी विदेशमन्त्री मार्को रूबिओले पनि भारत पाकिस्तानबीच सुरू भएको आक्रमणलाई अमेरिकाले नजिकबाट हेरिरहेको बताएका छन्।