• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • १०. सांसद भरत खड्का संसद् बैठकमै ढले

भद्रपुर झापा गोल्डकप : पहिलो खेलबाटै बाहिरियो मच्छिन्द्र


  •   शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित
  • ‘बी’ डिभिजन लिगको तयारी गरिरहेको झापा ११ ले मच्छिन्द्र क्लबलाई १–० ले हरायो
    भद्रपुर झापा गोल्डकपको पहिलो खेलबाटै मच्छिन्द्र फुटबल क्लब बाहिरिएको छ । बिहीबार भएको पहिलो खेलमा मच्छिन्द्रलाई ‘बी’ डिभिजन लिगको तयारी गरिरहेको झापा ११ फुटबल क्लबले १–० ले स्तब्ध पारेको हो । जितसँगै झापा क्वार्टरफाइनलमा प्रवेश गरेको छ । केही दिनअघि मच्छिन्द्रले इटहरी गोल्डकपमा झापालाई हराएको थियो । झापाले गृहजिल्लामा मच्छिन्द्रसँग बदला लियो ।

    Advertisement

    मेची रंगशालामा झापाका लागि बबिन बोहराले निर्णायक गोल गरेका थिए । उनले खेलको २९औँ मिनेटमा झापालाई १–० को अग्रता दिलाए । मच्छिन्द्रका डिफेन्डर देवेन्द्र तामाङको गल्तीमा एरोन थापाले डिबक्सभित्र अनमार्क रहेका बबिनलाई पास दिएका थिए । बबिनले सहजै पहिलो बारमा गोल गरे । मच्छिन्द्रका गोलरक्षक तथा कप्तान विशाल श्रेष्ठले डिबक्सभित्रै देवेन्द्रलाई पास दिएका थिए, तर देवेन्द्रले बल क्लियर गर्न सकेनन् ।

    झापा ११ फागुनको तेस्रो साताबाट सुरु हुने ‘बी’ डिभिजन लिगको तयारीमा रहेको छ । झापाले ‘बी’ डिभिजनको तयारीस्वरूप नै भद्रपुर झापा गोल्डकपमा सहभागिता जनाएको हो । विदेशी र घरेलु फुटबलमा नाम चलेका खेलाडीसहित मैदानमा उत्रिएको मच्छिन्द्रले झापाविरुद्ध बल पोसेसन राखे पनि गोल गर्न सकेन । मच्छिन्द्रका स्टाइकरले फिनिसिङमा बारम्बार गल्ती गरेका थिए । खेलमा दुवै क्लबले उत्कृष्ट अवसर खेर फालेका थिए । झापाका गोलरक्षक सन्दीप लिम्बूले विपक्षीका गोल प्रयासलाई विफल पारेका थिए ।

    घरेलु दर्शकको साथ पाएको झापाले खेलको २१औँ मिनेटमा सहज अवसर खेर फाल्यो । डिबक्समा अनमार्क रहेका झापाका स्टाइकर बबिनले बारमाथि बल प्रहार गरे । खेलको ६२औँ मिनेटमा काउन्टर एट्याक्टमा हरिबहादुर मगरले मच्छिन्द्रका गोलरक्षक विशालविरुद्ध वान भर्सेज वानमा पनि गोल गर्न सकेनन् । खेलको ७२औँ मिनेटमा झापाका सुमन मगरको ‘लङ रेन्ज’ प्रहार मच्छिन्द्रका गोलरक्षक विशालले कठिन गरी बचाउ गरे । अतिरिक्त समयमा झापाका प्रदीपले मच्छिन्द्रका गोलरक्षक विशालसँग ‘वान भर्सेस’ वानमा गोल गर्न सकेनन् ।

    अवसर खेर फालेको मच्छिन्द्र
    ‘ए’ डिभिजन लिग उपविजेता मच्छिन्द्रले पनि अवसर सदुपयोग गर्न सकेन । खेलको २०औँ मिनेटमा मच्छिन्द्रका सनिश श्रेष्ठको कर्नरमा झापाका सुमन मगरले क्लियर गरेको बल बारमा ठोकिएको थियो । खेलको ३८औँ मिनेटमा मच्छिन्द्रका सनिशको क्रसमा सौरभ लिम्बूको उत्कृष्ट प्रहारलाई झापाका गोलरक्षक सन्दीपले पन्च गरे । खेलको ८१औँ मिनेटमा झापा गोल व्यहोर्नेबाट जोगिएको थियो । डिबक्सबाट मच्छिन्द्रका अभिषेक गुरुङले गरेको प्रहार झापाका गोलरक्षक सन्दीपले पन्च गरेका थिए । रिबाउन्स बलमा मच्छिन्द्रका दयानन्द सिंहले प्रहार गरेको बललाई सन्दीपले फेरि गोललाइनबाट बचाए ।

    शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.