• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, जेठ २४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ५. प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ६. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ७. भुर्तेलको ऐतिहासिक इनिङ्समा नेपालद्वारा चीनसामु ३१४ रनको विशाल लक्ष्य

  • ८. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ९. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • १०. ‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा

डेढ अर्ब अपचलनको आरोपमा म्याग्दीका जिसस प्रमुख राजकुमार थापा पक्राउ !


  •   आइतबार, माघ २०, २०८१ मा प्रकाशित
  • म्याग्दीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको करिब डेढ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापालाई प्रहरीले पक्राउ गरेको छ । सहकारीका निवर्तमान उपध्यक्ष समेत रहेका थापा बचतकर्ताको रकम हिनामिना गरी हिसाब मिलान नगरेको आरोपमा पक्राउ परेका हुन् ।

    Advertisement

    नेकपा एमालेबाट समन्वय समितिमा निर्वाचित थापाले आफू उपाध्यक्ष छँदा सहकारीको रकम आफ्नो बोर्डिङ स्कुल, जग्गा खरिद तथा व्यक्तिगत प्रयोजनमा लगाएको सहकारी रजिस्ट्रारको कार्यालयले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

    कुमारी सहकारीमा करिब ६ हजार जना बचतकर्ताको रकम हिनामिना भएको उजुरी परेपछि रजिस्ट्रारको कार्यालयले हिसाब मिलाउन १ वर्षको समय दिएको थियो । तर, त्यो अवधिमा केही रकम सहकारीमा फिर्ता गरे पनि अपचलन भएको रकम मिलान नभएपछि रजिस्ट्रारको कार्यालयले कारबाही प्रक्रिया अगाडि बढाउन सिफारिस गरेको हो ।

    थापालाई आइतबार बिहान ९ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । सहकारीको ठूलो रकम अपचलन हुँदा पनि राजनीतिक शक्ति र पहुँचको भरमा थापामाथि अनुसन्धान प्रक्रिया अगाडि नबढाइएको आरोप थियो ।

    थापाले सहकारीको रकम बुद्ध एकेडेमीमा पनि खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । थापासहितको नेतृत्वको २०६५ सालमा खुलेको यो सहकारीबाट १ अर्ब ४९ करोड अपचलन सुरुको प्रतिवेदनबाट देखिएको थियो ।

    ‘पोहोर साल माघमा निरीक्षण गरिएको हो । साविक सहकारी डिभिजन कार्यालयबाट पनि पटकपटक निर्देशन भइराखेको थियो । हिसाब मिलाउन समय पनि दिइएको थियो । गत असार १२ गते प्रतिवेदन तयार पारेर उहाँहरुलाई नै हिसाब मिलान गर्न र कैफियत सुधार गर्न दिएका हौं,’ सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका रजिस्ट्रार भेषराज रिजालले अनलाइनखबरसँग भने, ‘बीचमा पनि उपलब्धि देखिएन र पछि अनुगमन गर्दा पनि प्रगति देखिएन । त्यसपछि प्रहरीबाटै प्रक्रिया अगाडि बढाउन आजै बिहान पत्राचार गरिएको हो ।’

    सुरुमा रजिस्ट्रारको कार्यालयले गरेको वित्तीय विश्लेषण प्रतिवेदनमा १ अर्ब ४९ करोड अपचलन देखिएको भए पनि थापाले केही जग्गाको हिसाब मिलान गरेका थिए । तर, अझै पनि १ अर्ब ४२ करोड बाँकी देखिएको रिजालले बताए ।

    ‘५५ करोड जति बचतकर्ताको रकम छ । त्यो पहिलो चरणमा मिलाइदिएको भए बाँकीको मिलानका लागि समय थप्दै जान सकिनेमा बचतकर्ताको रकम नै फिर्ता नभएपछि प्रहरीलाई अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सिफारिस गरिएको हो,’ रजिस्ट्रार रिजालले भने ।

    सहकारीको पैसाबाट ढुकुटी खेलाउने, बोर्डिङ स्कुल, घरजग्गामा लगाउने जस्ता व्यक्तिगत स्वार्थमा प्रयोग भएको हो ।

    २०६५ सालमा मनप्रसाद थजालीको अध्यक्षतामा गठन भएको सहकारीबाट निवर्तमान उपाध्यक्षसमेत रहेका जिसस प्रमुख थापालगायतको योजनामा रकम दुरुपयोग भएको प्रतिवेदनमा थियो । सहकारीमा अहिलेका अध्यक्ष यमबहादुर रोका, ऋण समिति संयोजक सूर्यबहादुर तिलिजा, लेखा समिति संयोजक गेमबहादुर घर्ती छन् ।

    थापाले सहकारीको रकम बुद्ध एकेडेमीमा पनि खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । थापासहितको नेतृत्वको २०६५ सालमा खुलेको यो सहकारीबाट १ अर्ब ४९ करोड अपचलन सुरुको प्रतिवेदनबाट देखिएको थियो ।
    २०७९ माघ २८ नयाँ कार्यसमिति चुनिएर आउनुभन्दा अगाडि नै सहकारीमा समस्या आइसकेको थियो । सहकारीमा २०८७ फागुनसम्म रुद्रबहादुर गुरुङ र त्यसपछि दिलिप रम्जाली व्यवस्थापक भएर काम गरेका थिए ।

    सहकारीबाट लिएको रकमको ब्याज र साँवासमेत सहकारीमा नबुझाई छुट खर्च लेख्न लगाउने काम अहिले जिसस अध्यक्ष रहेका निवर्तमान उपाध्यक्ष राजकुमारलगायतले गरेको आरोप छ । सहकारी हिनामिना गर्नेमा समिति तथा अन्य उपसमिति रकर्मचारीसमेत रुद्रबहादुर गुरुङ, गेमबहादुर घर्ती मगर, यामबहादुर रोका, राजकुमार थापा, मनप्रसाद थजाली, रनमती गर्बुजा, गीता थापा मगर, देवीकुमारी थापा, दुतकुमारी शेरपुन्जा, थमबहादुर गर्बुजा, नरबहादुर थापा, बालकुमार रोका (पत्नी सगुन कसजुको नाममा लिएको ऋण समेत) संलग्न रहेको पाइएको छ । यसैगरी दिलबहादुर थापा मगर, दिलिप राम्जालीसमेत सहकारीको रकम हिनामिनामा संलग्न रहेको देखिएको छ ।

    जिसस अध्यक्ष रहेका राजकुमारले पत्नीको नामको ऋणसमेत डर, त्रास र धम्की देखाएर मिलान गर्न लगाई सहकारीका बचतकर्ताको बचत अपचलन गरेको पाइएको हो । आफ्नो व्यक्तिगत लाभमा सहकारीको रकम प्रयोग गर्दा बचतकर्तालेसमेत रकम फिर्ता पाउन सकेका छैनन् ।

    सम्पत्तिको गैरकानुनी स्रोत लुकाउनको लागि काल्पनिक खाता खोलेर कारोबार गर्ने, विभिन्न नाममा काल्पनिक ऋण तथा पेस्की खाताहरु खोलेर कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । राजकुमारको लगानी रहेको बुद्ध एकेडेमी बोर्डिङ सञ्चालकहरुको सल्लाहमा यो सहकारी २०६५ सालमा खुलेको थियो । सहकारीका एक सञ्चालकका अनुसार जिसस प्रमुख थापाले कुमारी सहकारीको रकम मिलान गराउनका लागि भन्दै बोर्डिङ स्कुलसमेत बिक्री गरेका छन् ।

    राजकुमार थापा र लोकबहादुर पुनको नाममा घर-जग्गा किन्न, पोखराको हेमजामा प्लटिङ गर्न, बेनी नगरपालिका संगम चोकमा मनप्रसाद थजालीको नाममा घरजग्गा किन्न, पर्वतको जलजला माझफाँट-८ बौरमा राजकुमार र थमबहादुर गर्बुजाको नाममा, बुद्ध एकेडेमी लगायतमा सहकारीको रकम अपचलन भएको पाइएको छ ।

    जिसस प्रमुख राजकुमारसहित रुद्रबहादुर गुरुङ, बालकुमार रोका, लोकबहादुर पुन, गेमबहादुर घर्तीमगर, मनप्रसाद थजाली, थमबहादुर गर्बुजाको नाममा जग्गा किन्न लगेको रकमलाई शून्य प्रतिशत सिस्टममा देखाई रकम प्रवाह गरिएको प्रतिवेदनमा उल्लेख छ ।

    जिसस प्रमुख राजकुमारसहित रुद्रबहादुर गुरुङ, बालकुमार रोका, लोकबहादुर पुन, गेमबहादुर घर्तीमगर, मनप्रसाद थजाली, थमबहादुर गर्बुजाको नाममा जग्गा किन्न लगेको रकमलाई शून्य प्रतिशत सिस्टममा देखाई रकम प्रवाह गरिएको प्रतिवेदनमा उल्लेख छ ।
    कर्मचारीहरुलाई प्रयोग गरी सञ्चालक समितिको साथ र सहयोगमा जिसस अध्यक्ष राजकुमारसमेतका व्यक्तिहरुले रकम चलाएका हुन् । बुद्ध एकेडेमीसँग सम्बन्धित खाताहरुमा रकम थप गरी पुन: कर्जा सिर्जना गर्दा र राजकुमार थापा नामको कर्जाहरु चुक्ता गर्न करोडौँ रकम देखिएको छ । करिब १६ करोड रुपैयाँ जिसस प्रमुख थापाको संलग्नतामा हिनामिना भएको देखिएको हो ।

    कुमारी सहकारीको रकम अपचलनको समाचार बाहिरिएसँगै जिसस प्रमुख थापाले आफूले सबै हिसाब मिलाउने र बचतकर्ताको रकम पनि फिर्ता गर्ने अनलाइनखबरसँग बताएका थिए । केही सञ्चालक तथा साझेदारका हिसाब मिलानको प्रयत्न गरे पनि बचतकर्ताको रकम फिर्ता नभएपछि उनीमाथि थप अनुसन्धानका लागि कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

    कर्जाको सिस्टममा ब्याजदरसमेत शून्य प्रतिशत कायम गराएर झण्डै १५ करोड रुपैयाँ रकम दुरुपयोग भएको पाइएको छ । सहकारी रजिस्ट्रारको कार्यालयका अनुसार यो सहकारीमा झण्डै १२/१५ जनाको मुख्य संलग्नता देखिने भए पनि मुख्य अपचलनमा संलग्न रहेको भन्दै थापालाई पक्राउ गरिएको हो । https://www.onlinekhabar.com/

    आइतबार, माघ २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
    राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै
    सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन
    रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल
    प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
    भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ४.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ५.
      प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ६.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    भर्खरै

    • १.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • २.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ३.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ४.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    • ५.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ६.
      प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    • ७.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    • ८.
      ‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.