• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

सोमबार पनि घट्यो सुन-चाँदीको भाउ

लोकप्रिय समाचार

  • १. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • २. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ३. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ६. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ७. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

के तपाई सामाजिक सञ्जालको प्रयोग गर्नु हुन्छ यस्ता गल्ति गरे हुन सक्छ जेल हेर्नुहोस ?


  •   मङ्गलबार, माघ १५, २०८१ मा प्रकाशित
  • सरकारले सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा यसका प्रयोगकर्तालाई आर्थिक जरिवाना र कैदसम्मको व्यवस्था गर्न लागेको छ ।सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ‘सामाजिक सञ्जाल ऐन, २०८१’ मार्फत् त्यस्तो व्यवस्था गर्न लागेको हो ।

    Advertisement

    सरकारका प्रवक्ता एवम् सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले मंगलबार राष्ट्रिय सभामा सामाजिक सञ्जाल विधेयक २०८१ दर्ता गराएका छन् । प्रस्तावित विधेयकका करिब दर्जन ठाउँमा सामाजिक सञ्जाल प्लाटफर्म र यसका प्रयोगकर्तालाई आर्थिक जरिवाना र जेल सजायसम्मको व्यवस्था उल्लेख छ ।

    सरकारले नेपालमा अनुमति नलिई वा रोक लगाएको सामाजिक सञ्जाल प्लाटफर्म सञ्चालन गर्ने व्यक्तिलाई २५ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने गरी प्रस्ताव गरेको छ ।यसैगरी, कुनै पनि व्यक्ति वा संस्थाले राष्ट्रहीत प्रतिकूल हुने कार्य गरे कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।

    विधेयकको परिच्छेद पाँचमा गरिएको कसूर र सजायसम्बन्धी व्यवस्थाको दफा १८ को उपदफा १ मा भनिएको छ, ‘कसैले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान वा राष्ट्रिय हित वा संघीय इकाइबीचको सु–सम्बन्ध प्रतिकूल असर हुने गरी वा वर्गीय, जातीय, धार्मिक, सांस्कृतिक, क्षेत्रीय, साम्प्रायिक र यस्तै अरू कुनै आधारमा घृणा वा द्वेष उत्पन्न हुने कुनै काम गर्न वा गराउन वा विभिन्न जात, जाति वा सम्प्रदायबीचको सु–सम्बन्धमा खलल पार्ने विषय सामाजिक सञ्जालमा प्रसार गर्न हुँदैन ।’

    यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने विधेयकमा उल्लेख छ ।
    यसैगरी, साइबर बुलिङ कसुर गर्नेलाई दुई वर्षसम्म कैद वा तीन लाखसम्म जरिवाना वा दुवै सजाय तोक्ने प्रस्ताव गरेको छ । दफा १९ मा यस्तो व्यवस्था छ ।

    यस्तै, दफा २० मा साइबर स्टकिङ कसूर गर्नेलाई तीन वर्षसम्म कैद वा पाँच लाखसम्म जरिवाना वा दुवै सजायको व्यवस्था छ । यसैगरी, दफा २१ मा कसैको आइडी तथा सूचना ह्याक गर्नेलाई तीन वर्षसम्म कैद वा १५ लाखसम्म जरिवाना वा दुवै सजाय हुने गरी व्यवस्था प्रस्ताव गरिएको छ ।

    दफा २२ मा फिसिङ वा इम्पोष्टर स्क्याम गरे तीन वर्षसम्म कैद वा १५ लाखसम्म जरिवाना वा दुवै सजाय हुने भनिएको छ । यस्तै, विधेयकको दफा २३ मा सेक्सटोर्सन वा एक्सटोर्सन कसुर गर्नेलाई तीन वर्षसम्म कैद वा १५ लाखसम्म जरिवाना वा दुवै सजाय हुने भनिएको छ ।

    दफा २४ मा विभत्स तस्वीर वा अडियो वा भिडियो पोस्ट वा सेयर गरे कसूर गर्नेलाई तीन महिनासम्म कैद वा ५० हजारसम्म जरिवाना वा दुवै सजाय तोकिने व्यवस्था छ । विधेयकको दफा २५ मा अश्लील, मिथ्या वा भ्रामक विषयवस्तु प्रसार गर्नेलाई दुई वर्षसम्म कैद सजाय वा तीन लाखसम्म जरिवाना वा दुवै सजाय तोकिएको छ ।

    दफा २६ मा डिपफेक भिडियो अपलोड वा प्रसार गरे दुई वर्षसम्म कैद वा तीन लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । दफा २७ मा सामाजिक सञ्जालमा बेनामी भएर लेख्नलाई पनि सजायको भागीदार बनाउने गरी कानुन प्रस्ताव गरिएको छ । दफा २७ को उपदफा २ को १ मा भनिएको छ, ‘बेनामी वा छद्मवेशी पहिचान बनाउन वा प्रयोग गरे कसुर गर्नेलाई तीन महिनासम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

    छद्मवेशी, स्थायी वा अस्थायी समूह, पेज वा अन्य कुनै पनि प्रकारको आइडी खोली नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा खलल पुग्ने वा राष्ट्रिय हित प्रतिकूल हुने गरी गलत वा भ्रामक सूचना सम्प्रेषण गरे कसुर गर्नेलाई प्रचलित कानुनबमोजिम सजाय हुनेमा सोहीबमोजिम र प्रचलित कानुनमा सजाय उल्लेख भएको रहेनछ भने पाँच वर्षसम्म कैद वा १५ लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था पनि गरिएको छ ।

    यसैगरी, कसैले सामाजिक सञ्जालको प्रयोग गरी प्रचलित कानुन बमोजिम कसुर हुने कार्य गरेमा वा त्यस्तो कसूर गर्न दुरूत्साहन गरेमा प्रचलित कानुन बमोजिम सजायमा एक वर्षसम्म थप कैद सजाय हुने प्रस्ताव गरिएको छ ।

    विधेयकको दफा २८ को २ मा भनिएको छ, ‘यस ऐन बमोजिम कुनै कसूर एक पटकभन्दा बढी गर्ने कसूरदारलाई पटकैपिच्छे त्यस्तो कसूरमा हुने सजायको दोब्बर सजाय हुनेछ । सार्वजनिक पद धारण गरेको वा राज्य कोषबाट सुविधा लिएको कुनै व्यक्तिको यस ऐन बमोजिम कसुर हुने काम गरेमा ५० प्रतिशतसम्म थप सजाय हुनेछ । कसैले बालबालिकाको प्रयोग गरी यस ऐनको कसुर हुने कार्य गरेमा एक वर्षसम्म थप कैद सजाय हुनेछ ।’

    मङ्गलबार, माघ १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न
    रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    Facebook Page

    लोकप्रिय

    • १.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • २.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ३.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ६.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    भर्खरै

    • १.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • २.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ३.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ४.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ५.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ६.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ७.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    • ८.
      काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.