काठमाडौं – सिधा कुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगाना थुनामुक्त भएका छन् । डार्क फाइल’ भनेर प्रसारणरप्रकाशन गरिएको सामग्रीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा उनीहरूलाई जेल सजायको फैसला भएको थियो । अदालतको अवहेलना ठहर गरेर कँडेल र ढुंगानालाई यही असोज १३ गते जेल चलान गरिएको थियो । उनीहरूलाई तीन तीन महिनाको सजाय तोकिएको थियो । यद्यपि माफी मागेमा सात दिनभित्र छुट्ने सर्वोच्च अदालतले विकल्प दिएको थियो ।
जगन्नाथ देवल(केन्द्रीय कारागार) प्रशासनले सर्वोच्च अदालतको पत्रको आधारमा दुवैजनालाई आइतबार कैदमुक्त गरेको हो । १३ असोजमा कारागार गएका उनीहरु बीचमा सर्वोच्चमा उपस्थित भएर लिखित प्रतिवद्धता जनाएका थिए ।