धनगढी – कैलालीको धनगढीमा खैरो हेरोइनसहित १९ वर्षीया एक किशोरी पक्राउ परेकी छिन् । धनगढी उपमहानगरपालिका २ भन्सार चोकबाट सोही उपमहानगरपालिका १ पुष्पलाल चोक बस्ने १९ वर्षीया रक्षा लामिछाने लागूऔषधसहित बिहीवार पक्राउ परेकी हुन्।
लामिछानेलाई १ ग्राम १०० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले फेला पारी पक्राउ गरेको जनाएको छ।