चितवन- पर्यटकीय नगरी साैराहा स्थित खाेरसाेरमा जंगली हात्तीकाे आर्कमणबाट एक जनाकाे मृत्यु भएकाे छ । निकुञ्जकाे हात्ती प्रजनन केन्द्र नजिक जंगली हात्ती गाेविन्दले आज बिहिवार साँझ आक्रमण गर्दा सर्लाही जिल्लाकाे हरिपुर नगरपालिका वडा नं ७ स्थानी घर भइ खाेरसाेर हात्ती प्रजनन केन्द्रमा कार्यरत जद्दु सिंह थारूकाे घटना स्थलमा मृत्यु भएकाे हाे ।
जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार ब्राेद्रहनी गाउँबाट झाेलुङ्गे पुल तरेर प्रजनन केन्द्र जाने क्रममा उनलाई जंगली हात्तीले आक्रमण गरेकाे थियाे । ४४ बर्षिय मृतक थारु हात्ती पछुवा पदमा कार्यरत थिए । उनको शव पाेष्ट माटमकाे लागि भरतपुर अस्पतल पठाइएकाे प्रहरीले जनाएकाे छ।