• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, जेठ २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ६. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ७. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ८. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ९. भुर्तेलको ऐतिहासिक इनिङ्समा नेपालद्वारा चीनसामु ३१४ रनको विशाल लक्ष्य

  • १०. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

विपद्का बेलामा सबै मिलेर पीडितलाई सहयोग गरौ – प्रचण्ड


  •   बिहिबार, असोज १७, २०८१ मा प्रकाशित
  • धुलिखेल -नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ले विपद्का बेलामा सबैले मिलेर सहयोग गर्नुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका–१२ भूमेडाँडा रोशी बजार क्षेत्रको स्थलगत निरीक्षण गर्दै अध्यक्ष दाहालले विपद्का बेलामा सबै मिलेर जनताका पक्षमा काम गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । भुमेडाँडा रोशी बजार क्षेत्रका बाढी प्रभावित स्थानीय नागरिकको अवस्थाका बारेमा जानकारी लिनुहुँदै उहाँले सत्ता र प्रतिपक्ष भनेर एकअर्कालाई दोषारोपण गर्नुभन्दा सबै मिलेर जनताको पीरमर्कामा मल्हमपट्टी लगाउनेगरी खोज, उद्धार, राहत र पुनःस्थापनाको काममा केन्द्रित हुन सबैमा आग्रह गर्नुभयो ।

    Advertisement

    रोशी बजार क्षेत्रमा मानवीय र भौतिक क्षति बढी नै रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले जनताका पीडाबारे जानकारी लिन तथा दसैँ, तिहारको मुखमा जनताको घाउमा मल्हमपट्टी के–कसरी लगाउन सकिन्छ भनेर बुझ्न आएको बताउनुभयो । विगतमा विनाशकारी भूकम्पका बेलामा पनि आफू प्रतिपक्षी दलको नेताको हैसियतले सरकारलाई सक्दो सहयोग गरेको उहाँले स्मरण गर्नुभयो । उहाँले सरकारलाई जनताका पक्षमा काम गर्न आग्रह गर्दै सरकारले थालेका सकारात्मक काममा आफ्नो पार्टीले साथ दिने बताउनुभयो ।

    “मौसमविद्हरुले अविरल वर्षा हुँदैछ है भनेर सचेत गराएका थिए । सरकारलाई पूर्वानुमानअनुसार खोज, उद्धार र राहतको सबै तयारी गर्न आग्रह गरेको थिए । अहिले क्षति भइसकेपछि पनि खोज, उद्धार, राहत र पुनःस्थापनाको काममा लाग्नका निम्ति ढिला गर्न हुँदैन”, अध्यक्ष दाहालले भन्नुभयो । यसबारेमा सरकार र राजनीतिक दलहरुबीच छलफल गर्ने उहाँको भनाइ थियो ।

    अध्यक्ष दाहालले रोशी क्षेत्रमा बढी क्षति हुनुको कारण यहाँका खानी र क्रसर उद्योग रहेको उल्लेख गर्दै क्रसर उद्योग र खानीबारे नीतिगतरुपमा नै सोच्नुपर्ने सरकारलाई सुझाव दिने बताउनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयबाट जिल्लाको समग्र मानवीय र भौतिक क्षतिका विषयमा जानकारी लिनुका साथै धुलिखेल अस्पतालमा उपचाररत बिरामीलाई भेटेर उहाँहरुको उपचारका बारेमा भइरहेको प्रयास र बिरामीको अवस्थाबारे जानकारी लिनुभएको थियो ।

    अध्यक्ष दाहालक साथमा यहाँ आउनुभएका सांसद सूर्यमान दोङले खोज, उद्धार, राहत र अस्थायी बासस्थान निर्माणका साथै पुनःस्थापनाका लागि काम गर्न आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले तत्काल ठाउँ ठाउँमा खाद्यान्न, स्वास्थ्य, खानेपानी र पुनःस्थापनाका लागि विद्युत्, सञ्चार र सडक सञ्जालको आवश्यक रहेकाले बिपी राजमार्गलाई अस्थायीरुपमा सञ्चालन गर्न आवश्यक पहलकदमीका साथ काम भइरहेको बताउनुभयो ।

    बागमती प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले तत्कालका लागि खानेपानी, खाद्यान्नको अभाव र क्षति भएकालाई अस्थायी बासस्थानका लागि सङ्घीय सरकारले पहल गर्न आवश्यक रहेको बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमले अस्थायी रुपमा बाटो जोड्न उपकरण ठाउँ ठाउँमा भए पनि इन्धन पुर्‍याउन गाह्रो भइरहेकाले त्यसका लागि पहलकदमी लिन आग्रह गर्नुभयो ।

    प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घाइते र समस्यामा परेकाको उद्धारको काम जारी रहेको बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले जिल्लामा हालसम्ममा घाइते तथा अन्य समस्यामा परेका गरी सात सय ७१ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत र अन्य तीन हजार दुई सय ९९ जनाको समेत उद्धार गरिएको, ६ सय घर जोखिममा रहेकामा त्यहाँ बस्दै आएका नागरिकलाई सुरक्षित स्थानमा सारिएको, राहत तथा स्वास्थ्योपचारको व्यवस्था गर्ने लगायतका काम भइरहेको जानकारी दिनुभयो ।

    यही असोज ११ र १२ गते आएको बाढी पहिरोबाट हालसम्म जिल्लामा ६९ जनाको मृत्यु, ७२ जना घाइते तथा सातजना बेपत्ता भएका सहायक प्रजिअ पौडेलले बताउनुभयो । घाइतेमध्ये ५० जना उपचारपछि घर फर्किसकेका छन् बाइस जना अझै अस्पतालमा उपचाररत छन् । जिल्लाका पनौती नगरपालिका, रोशी गाउँपालिका, तेमाल गाउँपालिका, बेथानचोक गाउँपालिका, चौँरीदेउराली गाउँपालिका र मण्डनदेउपुर नगरपालिका बाढीपहिरोबाट बढी प्रभावित भएका छन् । रासस

    बिहिबार, असोज १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
    राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै
    सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन
    रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल
    प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
    भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ५.
      प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ६.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    भर्खरै

    • १.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • २.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ३.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ४.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    • ५.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ६.
      प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    • ७.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    • ८.
      ‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.