• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • २. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ३. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ६. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ७. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ८. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • ९. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

प्रधानमन्त्री ओलीले स्वीकारे कमजोरी,जानीजानी लापरबाही नभएको दाबी


  •   बुधबार, असोज १६, २०८१ मा प्रकाशित
  • काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोपीडितको उद्धारमा सरकारबाट कमीकमजोरी भएको स्वीकार गरेका छन् । उनले विपद्मा सरकार मानसिक रूपमा तयार नै नभएको बताए । उनले उद्धार तथा राहतमा सरकार अनि सरकारी संयन्त्रहरूले जानीजानी ढिलाइ वा लापर्बाही नगरेको पनि दाबी गरेका छन् ।

    Advertisement

    सिंहदरबारमा मंगलबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले विपत्ति कत्रो आउँछ भन्ने अनुमान नभएको र पूर्वतयारी गर्दागर्दै रोक्न पनि नसक्ने बताए । प्रधानमन्त्री ओलीले बाढीपहिरोपीडितको खोज र उद्धार कार्य दुई दिनभित्र सकिने दाबी गरेका छन् ।

    पीडित, सर्वसाधारण एवं विपक्षी दलका नेता मात्रै नभई सत्ता पक्षकै नेताहरूले सरकारको कमीकमजोरीबारे आलोचना गर्दैगर्दा ओलीले सरकारका तर्फबाट उद्धार, राहत, व्यवस्थापनमा कुनै किसिमको ढिलासुस्ती नहुने ठोकुवा गरेका छन् । यसप्रकारको वर्षा होला, यसप्रकारको क्षति होला भन्ने अनुमान थिएन, हामी त्यसको पूर्वतयारीका लागि मानसिक रूपमा तयार पनि थिएनौं सधैं हुनेगरेका विपत्तिहरूजस्तै लागेको थियो ।

    विपत्ति कत्रो आउँछ भन्ने अनुमान भएन,’ प्रधानमन्त्री ओलीले भने, ‘पूर्वतयारी गर्दागर्दै रोक्नसक्ने पनि हुँदैन, भूकम्प अनि कोभिडका बेला पनि त्यस्तै भयो, सोचेको भन्दा पनि अलि डरलाग्दो तरिकाले आयो । सरकारी निकायको लापर्बाही र गैरजिम्मेवारीपनका कारण सयौं मान्छेले ज्यान गुमाउनुपरेको, बेपत्ता भएको, घाइते हुनुका साथै अर्बौंको क्षतिसमेत भएका कारण सरकारको आलोचना भइरहेको छ । कतिपयले प्रधानमन्त्री, मन्त्रीहरूको राजीनामासमेत माग गरिरहेका छन् ।

    ४ हजारभन्दा बढी मानिसहरूको उद्धार गरेर उहाँहरूको जीवन जोगिएको छ, केही गर्दै नगरेको होइन, केही कमीकमजोरी भएका होलान्, आगामी दिनमा सच्याउँदै जानेछौं, तर केही नभएको भन्ने होइन, राम्रा काम पनि भएका छन्, यो राज्य अनि सरकारको मात्रै होइन यो सिंगे नेपाली समाजको विषय हो,’ प्रधानमन्त्री ओलीले भने, ‘केही ठाउँमा उद्धारमा ढिलाइ भएको पनि हुनसक्छ, तर जानीजानी ढिला गर्ने अनि लापर्बाही गर्ने त भएन होला ? यता प्राथमिकता दिने कि कता दिने भन्ने अलमल भयो होला ।’

    अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानका पीडितलाई राहत रकम वितरण कार्य प्रारम्भ सुरु भएको उनले दाबी गरेका छन् । तर, अहिले पनि हजारौं पीडितको सडककै बास छ । खाना, पानी, स्वास्थ्यलगायत उनीहरूले सरकारबाट केही पनि नभएको आक्रोश पोखिरहेका छन् ।

    पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले घाइतेहरूको निःशुल्क उपचार गरिने र विपद्पछि फैलन सक्ने सम्भावित रोगको रोकथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको जानकारी गराए । क्षतिग्रस्त भएका खानेपानी, सडक, टेलिफोन, विद्युत् आदि सेवा सञ्चालनका लागि प्रक्रिया सुरु गरिएको पनि उनले बताए ।

    १७ अर्बभन्दा धेरैको क्षति, कुन क्षेत्रमा कति ?

    गत ११ र १२ असोजको अविरल वर्षासँगै बाढीपहिरोबाट विभिन्न क्षेत्रमा लगभग १७ अर्बभन्दा बढीको क्षति भएको सरकारले प्रारम्भिक अनुमान गरेको छ । प्रधानमन्त्री ओलीले गरेको पत्रकार सम्मेलनमा मुख्य सचिव एकनारायण अर्यालले अनुमानित क्षति विवरण प्रस्तुत गरेका हुन् । उनका अनुसार सबैभन्दा धेरै कृषिक्षेत्रमा ६ अर्बको क्षति भएको छ । त्यस्तै, खानेपानी संरचनामा ३ अर्ब ५५ करोड, सडक पूर्वाधारहरूमा २ अर्ब ५२ करोड, ऊर्जातर्फ ४ अर्ब, सिँचाइतर्फ २ अर्ब क्षति भएको उनले सुनाए । उनका अनुसार हालसम्म बाढी, पहिरो र डुबानमा परेर २ सय २४ जनाको मृत्यु भएको छ ।

    त्यस्तै, २४ जना मानिस बेपत्ता भएका छन् र १ सय ५८ जना मानिस घाइते भएका छन् । उच्च जोखिममा रहेका ४ हजार ३ सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइसकिएको जानकारी उनले दिए । विपद्बाट काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुरसहित २१ जिल्ला बढी प्रभावित भएका छन् । यो समाचार राजधानी दैनिकमा छ ।

    बुधबार, असोज १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    Facebook Page

    लोकप्रिय

    • १.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • २.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ३.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ६.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.