×
शुक्रबार, असार २०, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य छ :गृहमन्त्री लेखक

हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

भोका प्यालेस्टाइनीमाथि राहत वितरणमै चल्यो गोली

पूर्वराष्ट्रपति भण्डारीको नाम उछालेर एमालेमा विवाद गराउने प्रयास भएको प्रधानमन्त्री ओलीको दाबी

खुला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउन सर्वोच्चको आदेश

कुलिङ पिरियड किर्तेमा छानबिन समिति बनाउन सभामुखले मागे दलहरूसँग नाम

हर्क साम्पाङको मन्त्रीलाई पत्र :एडीबीको ऋण चाहिँदैन

LG Nepal ले प्रस्तुत गर्‍यो – Affectionate Intelligence मानव-केंद्रित एआईको नयाँ युगको सुरुवात

Midea ले 10 Years Magnetron Warranty र Inverter Quattro टेक्नोलोजी सहित ‘Blue Smile’ सिरिज Microwave Oven नेपालमा सार्वजनिक

लोकप्रिय समाचार

  • १. राजावादी रविलाई अँगाल्दै..के रवि राजावादीसँग मिल्न लागेका हुन् त ?

  • २. संसदबाट निकाले रास्वपा सडकमै संसद चलाउन तयार छ : उपसभापति डा. वाग्ले

  • ३. जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ

  • ४. मुगुको कोटडाँडा नजिक केन्द्रविन्दु भएर भूकम्प

  • ५. शिक्षामन्त्री पन्त आएपछि देउवा पार्टीको बैठकबाट बाहिरिए

  • ६. शिक्षा विधेयकमा सहमति नजुटेपछि कांग्रेसको बैठकस्थल मै पुगे शिक्षामन्त्री

  • ७. बैंकिङ कसुरमा ६ मुद्दा खेपेका व्यक्ति पक्राउ

  • ८. भिजिट भिसा प्रकरणमा डिपी अर्याललाई छानविनको माग गर्दै उजुरी

  • ९. आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

  • १०. अध्यक्ष नेपाललाई मरेको सिनो भनेकी नेतृ रामकुमारी झाँक्रीमाथि नेकपा एसले थाल्यो कारबाही

ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा प्रधानमन्त्री ओली र महासचिव गुटेरसको समान मत


  •   आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
  • संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्वसहित यहाँ आउनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबीच ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा समान धारणा देखिएको छ । अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालायमा भएको भेटवार्तामा महासचिव गुटेरसले नेपालमा हिमालहरू पग्लिने र त्यसबाट हुने क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    Advertisement

    उहाँले ग्रिनहाउस ग्यास उत्सर्जनमा भारी कटौती र कमजोरीहरू सम्बोधनसहित नेपालजस्ता पर्वतीय देशहरूको जलवायु वित्त पर्याप्त हुनुपर्नेमा जोड दिनुभएको थियो । गत वर्ष आफ्नो नेपाल भ्रमणका क्रममा नेपाल सरकार र नेपाली जनताले देखाएको सदासयताप्रति आभार व्यक्त गर्नुहुँदै महासचिव गुटेरेसले अतिकम विकसित देशलगायत विकासशील देशले कार्बन उत्सर्जन न्यूनीकरण र रोकथाममा ध्यान केन्द्रित गर्न अन्तर्राष्ट्रिय क्षेत्रमा गहन सुधारको आवश्यकतामा जोड दिनुभएको भेटमा सहभागी राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगका प्रतिनिधि ९राजदूत० लोकबहादुर थापाले जानकारी दिनुभयो ।

    विकासशील देशहरूले उन्नत वित्तीय सहायताका लागि वित्तीय संरचना सरलीकृत गर्न राष्ट्रसङ्घले पहल गर्ने विश्वास दिलाउनुहुँदै महासचिव गुटेरेसले संयुक्त राष्ट्रसङ्घको शान्ति कार्यमा नेपाली शान्ति सैनिकको योगदानको उच्च प्रशंसा गर्नुभएको थियो ।

    जवाफमा प्रधानमन्त्री ओलीले नेपाल भ्रमण गरेकामा कृतज्ञता व्यक्त गर्नुहुँदै नेपालले जलवायु न्याय पाउनुपर्ने र यसमा पहलका लागि आग्रह गर्नुभएको थियो । उहाँले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न योगदान गरिरहेका नेपाली शान्ति सेनालाई राष्ट्रसङ्घको उच्चतम् पद उपलब्ध गराउन आग्रह गर्नुभयो ।

    प्रधानमन्त्री ओलीले नेपालको खुम्बु क्षेत्रमा हालै गएको हिम पहिरोप्रति राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायको चासोका लागि पनि धन्यवाद दिनुहुँदै नेपालले चाँडै ‘हिमालय इकोसिस्टम’को एजेण्डासहित सगरमाथा संवादको आयोजना गर्ने जानकारी गराउनुभयो । उहाँले उक्त संवादमा सहभागी हुन महासचिव गुटेरेसलाई निमन्त्रणासमेत दिनुभयो ।

    ‘समृद्ध, नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षासहित मुलुकको आर्थिक रूपान्तरण गरी अल्पविकासित मुलुकबाट स्तरोन्नति हुने क्रममा नेपाल रहेको स्पष्ट गर्नुहुँदै प्रधानमन्त्री ओलीले दिगो विकास लक्ष्यहरू हासिलका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपेक्षासमेत गर्नुभयो ।

    भेटका अवसरमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगका प्रतिनिधि (राजदूत) थापा र परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई सहभागी हुनुहुुन्थ्यो ।

    त्यसअघि प्रधानमन्त्री ओलीसँग राष्ट्रसङ्घको अल्पविकसित, भूपरिवेष्टित, विकासोन्मुख र साना आइल्याण्ड भएका मुलुकका लागि प्रतिनिधिसमेत रहनुभएका उपमहासचिव रबाब फतिमाले नेपाली नियोगको कार्यालयमा भेट गर्नुभएको थियो ।
    गए राति नै प्रधानमन्त्री ओलीसहित भ्रमण दलमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले रात्रिभोज आयोजना गरेको थियो । रासस

    आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य छ :गृहमन्त्री लेखक
    हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी
    भोका प्यालेस्टाइनीमाथि राहत वितरणमै चल्यो गोली
    पूर्वराष्ट्रपति भण्डारीको नाम उछालेर एमालेमा विवाद गराउने प्रयास भएको प्रधानमन्त्री ओलीको दाबी
    खुला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउन सर्वोच्चको आदेश
    कुलिङ पिरियड किर्तेमा छानबिन समिति बनाउन सभामुखले मागे दलहरूसँग नाम

    Facebook Page

    लोकप्रिय

    • १.
      राजावादी रविलाई अँगाल्दै..के रवि राजावादीसँग मिल्न लागेका हुन् त ?

    • २.
      संसदबाट निकाले रास्वपा सडकमै संसद चलाउन तयार छ : उपसभापति डा. वाग्ले

    • ३.
      जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ

    • ४.
      मुगुको कोटडाँडा नजिक केन्द्रविन्दु भएर भूकम्प

    • ५.
      शिक्षामन्त्री पन्त आएपछि देउवा पार्टीको बैठकबाट बाहिरिए

    • ६.
      शिक्षा विधेयकमा सहमति नजुटेपछि कांग्रेसको बैठकस्थल मै पुगे शिक्षामन्त्री

    भर्खरै

    • १.
      वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य छ :गृहमन्त्री लेखक

    • २.
      हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

    • ३.
      भोका प्यालेस्टाइनीमाथि राहत वितरणमै चल्यो गोली

    • ४.
      पूर्वराष्ट्रपति भण्डारीको नाम उछालेर एमालेमा विवाद गराउने प्रयास भएको प्रधानमन्त्री ओलीको दाबी

    • ५.
      खुला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउन सर्वोच्चको आदेश

    • ६.
      कुलिङ पिरियड किर्तेमा छानबिन समिति बनाउन सभामुखले मागे दलहरूसँग नाम

    • ७.
      हर्क साम्पाङको मन्त्रीलाई पत्र :एडीबीको ऋण चाहिँदैन

    • ८.
      LG Nepal ले प्रस्तुत गर्‍यो – Affectionate Intelligence मानव-केंद्रित एआईको नयाँ युगको सुरुवात

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.