• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, पुष ०१, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

नम्बर नभएका फारम तत्काल फिर्ता गरी नयाँ पठाउन देउवासँग शेखरको माग

महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छ: गोकर्ण विष्ट

पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

पासाङ शेर्पाको उम्मेदवारी खारेज

निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

भृकुटीमण्डपमा व्यंग्यको विस्फोट: ‘ओलीले ईश्वर मागे, ईश्वरले ओली!’

सुरक्षा ब्रिफिङमा चेतावनी: चुनावका बेला दल–जेनजीबीच झडप हुने मुख्य खतरा

देउवा र शेखरबीच भेटवार्ता, क्रमसंख्या उल्लेख नभएको फारमबारे छलफल

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • ३. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ४. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ५. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ६. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ७. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ८. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ९. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • १०. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुने/नहुने डिल्लीबजारले गर्छ !


  •   मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित
  • धनगढी : सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुने/नहुने विषयमा डिल्लीबजार कारागारबाट निर्देशन तथा निर्णय आउने जनाएको छ। उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले एमाले नेतृत्वको सरकार बनाउन गठबन्धनलाई समर्थन गर्ने बारे अहिलेसम्म कुनै निर्णय नभएको जानकारी दिए। उनका अनुसार आज बेलुकासम्म पार्टीका संस्थापकसमेत रहेका टीकापुर घटनामा दोषी ठहर भइ जेल जीवन बिताइरहेका रेशमलाल चौधारीले सो विषयमा निर्णय गर्नेछन्। ‘सुदूरपश्चिममा हामी निर्णायक छौ, सरकार निर्माणबारे विभिन्न दलहरूसंग छलफल भैरहेको छ। तर सहमति कतै भएको छैन। हाम्रो पार्टीले सरकारमा जाने/नजाने र एमाले नेतृत्वको गठबन्धनलाई सुदूरपश्चिममा समर्थन गर्ने वा नगर्ने विषयमा निर्णय लिइसकेका छैनौ। यसको निर्णय हाम्रो पार्टीका संस्थापक रेशमलाल चौधरीले लिनुहुन्छ’,उनले भने।

    Advertisement

    सरकारमा जाने अथवा नजाने र समर्थन दिने विषयमा अहिले पार्टीमा छलफल नै नभएको र डिल्लीबजार कारागारबाटै सो निर्णय हुने उनको भनाइ छ यसअघि नेकपा एमाले नेतृत्वको सत्तारूढ गठबन्धनले सुदूरपश्चिम सरकारको नेतृत्वबारे आलो-पालोको सहमति गरेको थियो। आइतबार बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताहरूको बैठकले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा एमाले र माओवादी केन्द्रले आलोपालो गर्ने र नागरिक उन्मुक्ति पार्टीलाई उपसभामुख दिने प्रस्तावसहितको सहमति गरेको थियो।

    जसअनुसार सुदूरपश्चिममा प्रदेश सरकारको नेतृत्व पहिलो चरणमा नेकपा एमाले र दोस्रो चरणमा नेकपा माओवादी केन्द्रले गर्नेछन्। तर, उन्मुक्तिका नेताहरू भने अहिले पनि आफूहरूको अडान नेतृत्व दाबीमै कायम रहेको र दलहरूबीच छ्लफल गरिरहेको बताउँछन्। सोही कारण यहाँ सरकार निर्माणमा ढिलाइ भइरहेको बताइन्छ। यद्यपि नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र रावलले भने अहिले सत्ता गठबन्धनमा रहेका सबै दलहरूबिच साझा सहमतिको वातावरण बनाउन छलफल चलिरहेको बताएका छन्। यस्तै उनले सहमति गरेर भोलि बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी रहेको पनि बताए।

    त्यसका लागि उनले नागरिक उन्मुक्ति पार्टीलाई मिलाउनुपर्ने देखिन्छ। यस्तै एमालेले उन्मुक्तिको आधिकारिक निर्णय कुरिरहेको जनाएको छ। सुदूरपश्चिममा नागरिक उन्मुक्तिले जसलाई समर्थन गर्छ उसैको सरकार बन्ने देखिन्छ। सुदूरपश्चिममा (भोलि) पुस २७ गते साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ। ५३ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न २७ सांसदको समर्थन चाहिन्छ। यहाँ सबैभन्दा ठूलो नेपाली कांग्रेससँग १९ सिट, माओवादी केन्द्रसँग ११, एमालेसँग १०, नागरिक उन्मुक्तिसँग ७, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एक जना स्वतन्त्र सांसद छन्।

    • रेशमलाल चौधरी
    मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नम्बर नभएका फारम तत्काल फिर्ता गरी नयाँ पठाउन देउवासँग शेखरको माग
    महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छ: गोकर्ण विष्ट
    पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा
    पासाङ शेर्पाको उम्मेदवारी खारेज
    निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो
    एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • ३.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ४.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ५.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ६.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    भर्खरै

    • १.
      नम्बर नभएका फारम तत्काल फिर्ता गरी नयाँ पठाउन देउवासँग शेखरको माग

    • २.
      महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छ: गोकर्ण विष्ट

    • ३.
      पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

    • ४.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ५.
      निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

    • ६.
      एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

    • ७.
      भृकुटीमण्डपमा व्यंग्यको विस्फोट: ‘ओलीले ईश्वर मागे, ईश्वरले ओली!’

    • ८.
      सुरक्षा ब्रिफिङमा चेतावनी: चुनावका बेला दल–जेनजीबीच झडप हुने मुख्य खतरा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.