काठमाडौं – चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ७ः२५ बजेको समयमा लेदोसहितको पहिरो खसेर राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाउने काम सुरु भइसकेको छ । चितवनमा गएरातिदेखि नै वर्षा भएकाले नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा पहिरोको जोखिम बढेको छ ।