काठमाडौं – अमेरिकाको जर्जियास्थित एक विद्यालयमा भएको गोली प्रहारमा चार जनाको मृत्यु भएको छ। विन्डरस्थित अपलाची हाईस्कुलमा बुधबार भएको घटनामा दुई विद्यार्थी र दुई शिक्षकले ज्यान गुमाएका हुन् ।
आक्रमणमा ९ जना घाइते भएको सञ्चारमाध्यमले जनाएका छन्। गोली चलाउने १४ वर्षीय बालक कोल्ट ग्रेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ती बालकलाई मुद्दा चलाउने तयारी गरिएको छ। उनले गोली हान्नुको कारण खुलेको छैन।