• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, कार्तिक १४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

१३ कार्तिक २०८२, बिहिवार October 30,Thursday, 2025

संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !

१२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

  • २. सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

  • ३. १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

  • ४. विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

  • ५. संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

  • ६. सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !

  • ७. सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

  • ८. जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

  • ९. १३ कार्तिक २०८२, बिहिवार October 30,Thursday, 2025

८ महिनामा नेपाल भित्रिए सवा ७ लाख पर्यटक


  •   बिहिबार, भदौ २०, २०८१ मा प्रकाशित
  • काठमाडौं – सन् २०२४ को आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगस्ट महिनासम्म सात लाख २० हजार तीन सय ३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

    Advertisement

    बोर्डका अनुसार अगस्तमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ । सो महिनामा मात्र ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका छन् । सन् २०२३ को अगस्तको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार पाँच सय ६६ बढी पर्यटक नेपाल भित्रिएका हुन् ।

    गत वर्ष कुल ६७ हजार एक सय ५३ जना पर्यटक आएकामा सन् २०२४ को अगष्टमा ७२ हजार सात सय १९ पर्यटक नेपाल भित्रिएका छन् । बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला दिनमा विदेशी पर्यटक आवागमनमा वृद्धि भइरहेको बताए। उनले छिमेकी मुलुक भारत र चीनलक्षित पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइएकाले आगामी दिनमा छिमेकीसहित अन्य मुलुकबाट पनि उल्लेख्य सङ्ख्यामा पर्यटक आउने विश्वास व्यक्त गरे ।

    बोर्डको आँकडाअनुसार अगस्टमा भारतबाट सबैभन्दा बढी २५ हजार आठ सय ३२, चीनबाट छ हजार छ सय १४, अमेरिकाबाट पाँच हजार छ सय १४, श्रीलङ्काबाट चार हजार आठ सय ५१ र बङ्गलादेशबाट तीन हजार ७७ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२२ को अगस्टमा ४१ हजार तीन सय चार, सन् २०२१ को सोही अवधिमा छ हजार ९३ र सन् २०१९ को अगस्टमा ९४ हजार सात सय ४९ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

    कुन महिनामा कति पर्यटक

    मार्च महिनामा सबैभन्दा बढी एक लाख ११ हजार तीन सय ७६ पर्यटक आएका छन् भने सबैभन्दा कम जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६, जनवरीमा ७९ हजार एक सय, फेब्रअरीमा ९७ हजार चार सय २६, मेमा ९० हजार दुई सय ११, जुनमा ७६ हजार सात सय ३६ र अगस्तमा ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका छन् ।

    के छ पर्यटक बढाउने सरकारी योजना ?

    कोरोना महामारीपछि विदेशी पर्यटक आगमन निरन्तर बढिरहेको छ । सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८५ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सरकारले चालु आर्थिक वर्षको बजेटमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्यटन रणनीति योजना (सन् २०१६–२५) र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याएर यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको हो । पर्यटकीय गन्तव्यको विकास, विस्तार तथा पहिचान, पदमार्ग निर्माण, पर्यटकीय उपजका बारेमा स्वदेश तथा विदेशमा प्रचारप्रसार तथा प्रवर्द्धनात्मक कार्यक्रम निरन्तर हुँदै आएको मन्त्रालयले जनाएको छ । पर्यटन बोर्डबाट एक सय पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटन विभागले पूर्वाधार निर्माणसमेत गरिरहेको छ । -रासस

    बिहिबार, भदौ २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन
    सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !
    गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,
    सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !
    जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !
    तिहारको समयमा काठमाण्डौ उपत्यका प्रहरीको बिशेष सुरक्षा योजना: ६१०६ जना प्रहरी परिचालन हुने

    Facebook Page

    लोकप्रिय

    • १.
      गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

    • २.
      सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

    • ३.
      १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

    • ४.
      विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

    • ५.
      संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

    • ६.
      सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !

    भर्खरै

    • १.
      १३ कार्तिक २०८२, बिहिवार October 30,Thursday, 2025

    • २.
      संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

    • ३.
      सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !

    • ४.
      १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

    • ५.
      गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

    • ६.
      विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

    • ७.
      सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

    • ८.
      सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.