• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • २. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ३. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ६. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ७. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ८. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • ९. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

आगामी चुनावमा गठबन्धन नगर्ने कांग्रेस-एमाले तयारी


  •   बिहिबार, भदौ २०, २०८१ मा प्रकाशित
  • काठमाडौं- सत्ता साझेदार दुई ठूला दल नेपाली कांग्रेस र एमालेले २०८४ को चुनावमा कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने संकेत गरेका छन्। कांग्रेस केन्द्रीय कार्य समितिले आफ्नै संगठनको तागतमा निर्वाचनमा भाग लिने प्रस्ताव पास गर्नु र एमाले पोलिट ब्युरो बैठकमा यस्तै विचार आउनुले यी दुई दलले आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने संकेत दिएका हुन्। यी दुई दल यतिबेला आन्तरिक बैठकमा छन् ।

    Advertisement

    यो समाचार नागरिक दैनिकमा छ, कांग्रेस केन्द्रीय कार्य समिति बैठकले पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगन थापाद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव र महामन्त्री शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव परिमार्जनसहित अनुमोदन गरेको छ। बैठकले कसैसँग गठबन्धन नगरी आफ्नै तागतमा एक्लै चुनाव लड्ने निर्णय पनि गरेको छ।

    एमालेले आफ्ना सांगठनिक बैठक मिसन ८४ अर्थात् निर्वाचनकेन्द्रित भएर अघि बढाएको देखिन्छ। उसले आगामी उपनिर्वाचनमा पनि कुनै दलसँग सहकार्य नगर्ने भएको छ। २०८४ को चुनावपछि एकल बहुमतको सरकार बनाउने लक्ष्यसहित एमाले संगठन निर्माणमा लागिरहेको छ।

    एमालेले जारी पोलिट ब्युरो बैठकमा मिसन २०८४ लाई बढी केन्द्रित गरेको छ। मिसन २०८४ का लागि एमालेले यसअघि दुई चरणका अभियान गरिसकेको छ। फेरि पनि यस्ता अभियानलाई निरन्तरता दिनेगरी एमालेले विभिन्न बैठक गरेको छ। सरकारमै रहेका बेला एमालेले तस्रो चरणको संगठन विस्तार अभियान अघि बढाउने तयारी गरेको छ।

    महासचिव शंकर पोखरेलले पोलिट ब्युरोको मंगलबारको बैठकमा पेस गरेको वार्षिक कार्ययोजनामा संगठन विस्तारका लागि तेस्रो चरणका कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ।उक्त कार्यायोजनामाथि बुधबार पोलिट ब्युरोका सदस्यले आआफ्ना धारणा राखेका छन्। पोखरेलले प्रस्तुत गरेको ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणस् वार्षिक कार्ययोजना’मा ‘मिसन ग्रासरुट’ र ‘मध्य पहाडी संकल्प यात्रा’ अनुभवका आधारमा तेस्रो चरणका कार्यक्रम पनि छिट्टै सञ्चालन गरिने उल्लेख छ।

    कार्यक्रमको उद्देश्य आगामी चुनावमा एमालेलाई पहिलो र बलियो शक्ति बनाउने छ। २०७४ सालमा एमाले र माओवादी तथा २०७९ मा कांग्रेस र माओवादी मिलेर चुनाव लडेका थिए। अहिले कांग्रेस नेता शेखर कोइराला र महामन्त्री थापाको जोडबलमा आगामी निर्वाचन एक्लै लडनुपर्ने निर्णयमा पुगेको हो।

    एमालेचाहिँ यसअघिबाटै मिसन ८४ तर्फ केन्द्रित थियो। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार एमाले संगठन चुस्त दुरुस्त राख्न क्रियाशील छ। एमालेले आगामी निर्वाचनमा १० लाख पार्टी सदस्य बनाउने घोषणा गरेको जानकारी पनि उनले दिए।

    पोलिट ब्युरोको मंगलबार बसेको बैठकको सुरुमै अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ को तयारीमा लागिरहन सदस्यलाई निर्देशन दिएका थिए। ‘नेकपा एमालेले ८४ को निर्वाचनमा कसैसँग गठबन्धन गर्दैन, एक्लै चुनाव लड्छ। बरु त्यसपछि नतिजाका आधारमा सरकार बनाउन तालमेल गर्न सकिन्छ’, बैठकमा ओलीले भनेका थिए।

    मिसन ८४ मा जित निकाल्न पार्टीको सांगठानिक कामलाई चुस्त, दुरुस्त बनाउन र कार्ययोजना बनाएर कार्यान्वयनमा लैजान सक्नुपर्ने ओलीले बताएका थिए। ‘संगठनहरू चुस्त, दुरुस्त हुनुपर्‍यो, प्रदेश कमिटीहरू राम्रोसँग चल्न सकेका छैनन्, माथिको आदेश कुरेर बसेर मात्रै हुँदैन, ग्राउण्डमा योजना बनाएर अघि बढ्नुप¥यो र बनेका योजनाहरू कार्यान्वयनमा लैजानुपर्‍यो,’ बैठकमा ओलीलाई उद्धृत गर्दै एक सदस्यले भने।

    पोलिट ब्युरोको बुधबार बसेको बैठकमा पनि एमालेले मिसन ८४ केन्द्रित भएर छलफल गरेको छ। बैठकपछि प्रचार विभाग प्रमुख गौतमले भने, ‘हामी आगामी निर्वाचनमा कसैको पनि वैशाखी टेक्दैनौं। नेपाली कांग्रेसले पनि एक्लै निर्वाचन लड्छु भनेको छ। हामी पनि कसैसँग नमिली एक्लै चुनाव लड्छौं। निर्वाचनमा वामपन्थीका नाममा कुनै मोर्चा बन्ने सम्भावना छैन।’

    बिहिबार, भदौ २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    Facebook Page

    लोकप्रिय

    • १.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • २.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ३.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ६.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.