काठमाडौँ – पेरिस पारा ओलम्पिक २०२४ मा काँस्य पदक विजेता पलेशा गोवर्धनलाई भव्य स्वागत गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का उच्च अधिकारी, पलेशाका समर्थक, खेलकुदप्रेमीलगायतले आज (बुधबार) बिहान त्रिभुवन विमानस्थलमा उनलाई स्वागत गरिएको हो ।
पलेशाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ के.जी. मुनिको प्रतिस्पर्धामा सर्वियाकी खेलाडीलाई पराजित गदै काँस्य पदक जितेकि थिइन् ।