• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

पर्सामा गाडी लिएर हतियारसहित बर्दीमै आए भारतीय सुरक्षाकर्मी

विद्यालय सुधार्न अभिभावकले आन्दोलन गर्नुपर्छ: शिक्षामन्त्री पुन

चिसो बढे पनि पानि नपर्ने मौसमबिद्दहरुको भनाइ

चाँदीको मूल्य नयाँ उचाइमा, सुन सामान्य घट्यो

एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ३. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ४. केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

  • ५. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ६. एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

  • ७. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

  • ८. निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

  • ९. एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

  • १०. ओली र पोखरेललाई मतदान गर्न ५५ मिनेट लाग्यो

मानव बेचबिखन गिरोहले नेपाली युवाको मिर्गौला भारतमा जबरजस्ती झिकियो


  •   बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
  • काठमाडौं -मानव बेचबिखन गर्ने गिरोहले एक जना नेपालीलाई भारत पुर्‍याएर मिर्गौला झिकेको तथ्य खुलेको छ । ३२ वर्षीय एक युवालाई गिरोहले भारतको कलकत्ता पुर्‍याएर उनको मिर्गौला झिकेको हो । मानव बेचबिखन तथा ओसारपसार ब्युरोको टोलीले यस कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेपछि यस सम्बन्धी प्रारम्भिक जानकारी प्राप्त भएका छन् ।

    Advertisement

    ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ओमबहादुर रानाका अनुसार पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका ८ का ३७ वर्षीय शंकर खत्री र मकवानपुर भीमफेदी गाउँपालिका २ की ४३ वर्षीय शान्तिमाया घलान रहेका छन् । खत्रीलाई भदौ ९ गते र घलानलाई ११ गते पक्राउ गरिएको रानाले जानकारी दिए ।

    रानाका अनुसार उनीहरूले आर्थिक अवस्था कमजोर भएका ती युवालाई मिर्गौला झिक्दा १० लाख रुपैयाँ कमाउन सकिन्छ भन्दै भारत पुर्‍याएका थिए । ‘शरीरमा दुई वटा मिर्गौला हुने भएकाले एउटा झिक्दा अर्कोले राम्रोसँग काम गर्छ, केही समस्या हुँदैन, मिर्गौला दिएमा धर्म हुन्छ भनेर फकाएका थिए,’ रानाले भने, ‘उता पुगेपछि जबरजस्ती झिकेको खुल्न आएको छ ।’

    ती व्यक्तिलाई स्वास्थ्य परीक्षण गराएर यकिन गरेपछि काठमाडौंबाट वीरगन्ज जाने सुमोमा चढाएर कलकत्ता पुर्‍याएको एसएसपी रानाले बताए । कलकत्तामा पुर्‍याएर मिर्गौला झिकेर अर्को व्यक्तिमा प्रत्यारोपण गरेको खुल्न आएको प्रारम्भिक अनुसन्धानमा देखिएको राना बताउँछन् ।

    ‘त्यसो गर्दा मिर्गौला झिकिएका र प्रत्यारोपण गरिएका व्यक्ति एकाघर परिवारभित्रको व्यक्ति भन्ने विश्वास दिलाउन पीडितको नागरिकताको प्रमाण पत्रसमेत झुटो बनाएको खुलेको छ,’ रानाले भने । पीडितलाई प्रलोभनमा पार्ने, आन्तरिक ट्रान्सपोर्ट गर्ने, नेपालबाट कलकत्ता पुर्‍याउने र रकम डिल गर्ने कामहरू फरक-फरक व्यक्तिले गरेको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रले बताए ।

    मिश्रका अनुसार पीडित नुवाकोट जिल्लाका हुन् । उनी काठमाडौंको मनमैजुमा सामान्य काम गरेर बस्दै आएका थिए । उनलाई पसलमा खाजा खाएको बखत सुरूमा घलानले फेला पारेर मिर्गौला बेचबिखनको प्रस्ताव गरेकी थिइन् । ‘खाजा खाएको बेला एउटा मिर्गौला झिक्दा केही हुँदैन भनी घलानले प्रलोभनमा पारेकी थिइन्,’ मिश्रले भने, ‘पीडितलाई फकाएपछि खत्रीको सम्पर्कमा पुर्‍याएको देखिन्छ ।’ पीडितबाट झिकिएको मिर्गौला प्रत्यारोपण खत्रीका आफन्तलाई गराइएको अनुसन्धानमा खुलेको छ ।

    गत फेब्रुअरी महिनामा ती पुरुषबाट मिर्गौला झिकिएको अहिलेसम्मको अनुसन्धानबाट खुलेको मिश्र बताउँछन् । मिर्गौला झिक्नुअघि डराएर ती पुरुष नेपाल आएर एक-डेढ महिना बसेका थिए । फेरि खत्री र घलानले फकाएर भारत पुर्‍याएको मिश्र बताउँछन् । ‘१० लाख दिन्छु भने पनि अहिलेसम्म उनलाई करिब तीन लाख रुपैयाँ मात्रै दिएको पत्ता लागेको छ,’ उनले भने ।

    मिर्गौला झिकेको लामो समयसम्म पूरै रकम नपाएपछि ती पुरुष प्रहरीको सम्पर्कमा पुगेका थिए । यो कार्यमा खत्री र घलानबाहेक संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । मंगलबार खत्री र घलानलाई जिल्ला अदालत काठमाडौंबाट ९ दिन हिरासतमा राख्न अनुमति लिएर घटनाको थप अनुसन्धान भइरहेको ब्युरोका प्रहरी अधिकृत बताउँछन् ।

    बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !
    भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए
    एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार
    चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा
    ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की
    कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन् ः मन्त्री पुन

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ३.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ४.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ५.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ६.
      एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

    भर्खरै

    • १.
      पर्सामा गाडी लिएर हतियारसहित बर्दीमै आए भारतीय सुरक्षाकर्मी

    • २.
      विद्यालय सुधार्न अभिभावकले आन्दोलन गर्नुपर्छ: शिक्षामन्त्री पुन

    • ३.
      चिसो बढे पनि पानि नपर्ने मौसमबिद्दहरुको भनाइ

    • ४.
      चाँदीको मूल्य नयाँ उचाइमा, सुन सामान्य घट्यो

    • ५.
      एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

    • ६.
      अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

    • ७.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ८.
      चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.