• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, बैशाख ०४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सभामुख अर्यालले भने– मेरो गल्ती भए सुझाव दिनुहोस्, म तुरुन्तै माफी माग्न सक्छु

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

विद्यालयमा समयमै पाठ्पुस्तक पुर्याउन सबै निकाय जिम्मेवार बन्नुपर्छ : प्रवक्ता कुँवर

आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

सञ्चारमन्त्रीद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, २४ घण्टामै लाइसेन्स छाप्ने व्यवस्था हुने

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड

विद्युत् बजार सुधारदेखि सिंचाइ प्रणाली सुदृढीकरणमा ३२ बुँदे निर्देशन जारी

मातातीर्थमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो (तस्बिरसहित)

संसदीय समितिका सभापतिको निर्वाचन आज हुने

लोकप्रिय समाचार

  • १. नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

  • २. बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह

  • ३. मंगलबजारमा छुरा प्रहार प्रकरण : रिस नियन्त्रण गर्न नसक्दाको घातक परिणाम

  • ४. सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

  • ५. कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

  • ६. सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

  • ७. पूर्वमन्त्री गुप्तासहित ७ जना विरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

  • ८. जनताको आकांक्षा पूरा गर्न जनकल्याणकारी कानुन निर्माण गर्न आवश्यक छ : राष्ट्रपति पौडेल

  • ९. संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

  • १०. उपसभामुख निर्वाचनमा एमालेको नो भोट

संसदीय समितिमा प्रस्तावित १७ जना राजदूतविरुद्ध ९ वटा उजुरी


  •   बुधबार, भदौ १२, २०८१ मा प्रकाशित
  • काठमाडौँ –  विभिन्न देशका लागि प्रस्तावित १७ राजदूतविरुद्ध संसदीय सुनुवाइ समितिमा नौवटा उजुरी परेका छन् । समितिको आजको बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरी परेका जानकारी दिइएको हो ।

    Advertisement

    उजुरी माथिको सुनुवाइ यही भदौ १४ गतेबाट थाल्नेगरी कार्यतालिका तय भएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिनुभयो । “विभिन्न देशका लागि नेपाली राजदूत बन्न सरकारद्वारा प्रस्तावित व्यक्तिहरूका सम्बन्धमा नौवटा उजुरी परेका छन्, अब उजुरीकर्तालाई समितिसमक्ष उपस्थित गराई उजुरीको विषय र त्यसको औचित्य स्पष्ट पार्न लगाउँछौँ”, उहाँले भन्नुभयो,“त्यसका साथै प्रस्तावित व्यक्तिलाई बोलाएर छलफल गर्नेलगायतका काम गरी सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने विषयमा संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १५ बमोजिम कार्यतालिका परिमार्जन गरी पारित गरिएको छ ।

    समितिको आजको बैठकमा सांसदहरूले राजदूत नियुक्ति समावेशी हुन नसकेको धारणा राख्नुभएको छ । सांसदहरू पशुपति शमशेर जबरा, ज्ञानेन्द्रबहादुर कार्की, जनार्दन शर्मा, प्रकाश अधिकारी, आनन्दप्रसाद ढुङ्गाना, लीलानाथ श्रेष्ठ, ईश्वरी घर्ती, महेशकुमार बर्तौला, भगवती न्यौपाने, लीलानाथ श्रेष्ठलगायतले सरकारले राजदूत सिफारिस गर्दा दलित, मधेशी, मुस्लिमलगायत समुदायको सहभागिता सुनिश्चितता हुन नसकेको विषय उठाउनुभएको थियो । समितिले यसअघि नै सरकारलाई राजदूत नियुक्तिमा संविधानले व्यवस्था गरेअनुसारको समावेशीता कायम गर्न भनेकामा कार्यान्वयन हुन नसकेको पनि उहाँहरूको भनाइ छ ।

    गत साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो । सरकारबाट सिफारिस भएका व्यक्तिमाथि संसदीय सुनुवाइका लागि समितिले गत साउन ३० गते सार्वजनिक सूचना जारी गर्दै कुनै उजुरी वा गुनासो भए १० दिनभित्र समितिमा पेस गर्न भनेको थियो । यसरी सिफारिस भएका राजदूतहरुविरुद्ध परेका उजुरीहरू आज समितिमा खोलिएका हुन् ।

    सरकारले चीनका लागि प्रा डा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा शैल रुपाखेती, गणतन्त्र भारतका लागि डा शङ्करप्रसाद शर्मा, इजरायलका लागि प्रा धनप्रसाद पण्डित, मलेसियाका लागि डा नेत्रप्रसाद तिमल्सिना र पाकिस्तानका लागि रीता धिताललाई सिफारिस गरेको छ । यस्तै, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसी महासङ्घका लागि जङ्गबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्रा डा कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहाम्फे, स्पेनका लागि सनिल नेपाल, श्रीलङ्काका लागि रामकृष्ण भट्टराई, संयुक्त अधिराज्य बेलायतका लागि चन्द्रकुमार घिमिरे र संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी सिफारिस हुनुभएको छ । रासस

     

    बुधबार, भदौ १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सभामुख अर्यालले भने– मेरो गल्ती भए सुझाव दिनुहोस्, म तुरुन्तै माफी माग्न सक्छु
    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
    विद्यालयमा समयमै पाठ्पुस्तक पुर्याउन सबै निकाय जिम्मेवार बन्नुपर्छ : प्रवक्ता कुँवर
    आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री
    सञ्चारमन्त्रीद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, २४ घण्टामै लाइसेन्स छाप्ने व्यवस्था हुने
    मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड

    Facebook Page

    लोकप्रिय

    • १.
      नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

    • २.
      बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह

    • ३.
      मंगलबजारमा छुरा प्रहार प्रकरण : रिस नियन्त्रण गर्न नसक्दाको घातक परिणाम

    • ४.
      सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

    • ५.
      कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

    • ६.
      सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

    भर्खरै

    • १.
      सभामुख अर्यालले भने– मेरो गल्ती भए सुझाव दिनुहोस्, म तुरुन्तै माफी माग्न सक्छु

    • २.
      सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    • ३.
      विद्यालयमा समयमै पाठ्पुस्तक पुर्याउन सबै निकाय जिम्मेवार बन्नुपर्छ : प्रवक्ता कुँवर

    • ४.
      आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

    • ५.
      सञ्चारमन्त्रीद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, २४ घण्टामै लाइसेन्स छाप्ने व्यवस्था हुने

    • ६.
      मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड

    • ७.
      विद्युत् बजार सुधारदेखि सिंचाइ प्रणाली सुदृढीकरणमा ३२ बुँदे निर्देशन जारी

    • ८.
      मातातीर्थमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो (तस्बिरसहित)

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.