काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर साधारणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशका केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ ।
सबै प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन एवम् चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन एवम् चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।