• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, फागुन ११, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

सेतोपाटी अनलाइनलाई कारवाही गर्न प्रेस काउन्सिललाई आयोगको पत्राचार

ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला

लोकप्रिय समाचार

मोरङमा एसपी नवराज कार्कीकै नेत्तृत्वमा तस्करी !

  •   शनिबार, साउन २६, २०८१ मा प्रकाशित
  • पछिल्लो समय मोरङका बोर्डरहरुमा व्यापक तस्करी भईरहेको छ । यस विषयमा विभिन्न संचार माध्यमहरुमा पटक पटक समाचारहरु प्रकाशनहरु भईसकेका छन् । मोरङमा एसपी नवराज कार्कीकै नेत्तृत्वमा तस्करी भईरहेको खुलेको छ ।

    Advertisement

    ‘गृहमन्त्रीको पन्ध्रौँ निर्णयमा उल्लेखित भए अनुसार सादा पोसाकमा प्रहरी नराख्ने भनिएता पनि यो निर्णयलाई वास्ता नगरी सादा पोसाकमा घुमुवा प्रहरी हौँ भन्दै तस्करसँग साँठगाँठ गरी रातमा लाइन चलाएर भन्सार नतिरी सामान ओसारपसार भइराखेको छ ।

    निर्णयलाई मध्यनजर गर्दै अगाडिका डिआईजी राजेशनाथ बाँस्तोलाले धुमुवा प्रहरीहरुलाई हटाएका थिए । तर मोरङ प्रहरी प्रमुख भएर नवराज कार्की आएसंगै बाँस्तोलाले सरुवा गरेर पठाएका प्रहरीहरुलाई पुन बोर्डर केन्द्रित खटाएका छन् ।

    २०८१ असारको पहिलो हप्ता मोरङका प्रहरी प्रमुख कार्की र घुमुवाहरूविरुद्ध प्रधानमन्त्री कार्यालयमा एउटा बेनामे उजुरी गयो । उक्त उजुरीबारे छानबिन गर्न प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालय तथा मातहतका निकायलाई निर्देशन दियो । प्रहरी प्रधान कार्यालयले निवेदनको विषयमा अनुसन्धान गर्न भन्दै प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दियो ।

    प्रदेश प्रहरी कार्यालयले ‘अनुसन्धान गर्दा एसपी कार्कीले खटाएका घुमुवाहरूको बदनियत नदेखिएको’ भन्दै प्रतिवेदन हेडक्वाटरमा पठायो र उनीहरूलाई चोख्यायो ।

    निवेदनमा ‘पटक पटक उजुरी परे पनि, प्रदेश प्रहरी कार्यालयमा छानबिन गरे पनि घुमुवा प्रहरीहरूलाई कारबाही अनुसन्धान नगरी फेरि त्यही काममा खटाएको र २९४ दिन बिदा छोड्ने, फेरि त्यही काममा लगाउने गरेको’ उल्लेख छ ।
    उक्त निवेदनमा एसपी कार्कीले सीमा क्षेत्रमा घुमुवा परिचालन गरेर तस्करी खुलाएको र व्यापक पैसा उठाएको आरोप थियो ।’ मोहम्मत रफिकको नाममा दिएको निवेदनमा भनिएको छ ।

    सो निवेदनमा ‘पटक पटक उजुरी परे पनि, प्रदेश प्रहरी कार्यालयमा छानबिन गरे पनि घुमुवा प्रहरीहरूलाई कारबाही अनुसन्धान नगरी फेरि त्यही काममा खटाएको र २९४ दिन बिदा छोड्ने, फेरि त्यही काममा लगाउने गरेको’ उल्लेख छ ।

    निवेदनमा सीमा नाका, ढाट, दरैया, पोष्ट, उखुबारी, मटेरुवा, इस्लामपुरबाट तस्करी भइरहेको र भन्सार नतिरी लत्ताकपडा, लेडिज आइटमहरू आइरहेको पनि उल्लेख छ ।

    एसपी कार्कीकै योजनामा यस्तो तस्करी भइरहेको निवेदनमा दाबी गरिएको छ ।

    उक्त निवेदनमा कपडा तस्करहरूबाट मासिक साढे १० लाख, माछा व्यापारीबाट झण्ढै ९ लाख, किराना पसलबाट झण्डै २ लाख, भन्सार एजेण्टहरूबाट १ लाख, तरकारी, कुखुरा, ग्यासका सामान, हार्डवेयर पसल तथा गाईगोरु तस्करहरूबाट लाखौँ रुपैयाँ गरेर मासिक ३० लाखसम्म असुल्ने गरेको उल्लेख छ ।

    निवेदनमा सीमा क्षेत्रमा नामुद व्यापारीहरूको नाम, फोन नम्बर र पसलको नामसमेत उल्लेख गरिएको छ । यसअघि पनि सोही प्रकृतिको निवेदन प्रधानमन्त्रीको कार्यालयमा पुगेको थियो ।

    दोस्रो पटक पनि त्यही बेहोराको निवेदन परेपछि जनपथ र सशस्त्र प्रहरीका एसपी तथा प्रमुख जिल्ला अधिकारीसहितको टोली डीआइजी कार्यालयमा छलफलमा बसेको थियो । उक्त छलफलले राष्ट्रिय अनुसन्धानका एसपी प्रसाईले बेनामे उजुरी हालेको निष्कर्ष निकालेको स्रोत बताउँछ । प्रसाईलाई हाल प्रदेश प्रहरी कार्यालयमा कार्यरत मोरङका पूर्वएसपी दिपक पोखरेल र पोखरेलको कार्यकालमा मोरङको घुमुवा इन्चार्ज बनेका वरिष्ठ सइ राजेन्द्र कटुवालले सहयोग गरेको निष्कर्ष पनि सो छलफलमा निकालिएको स्रोतले दाबी गरेको छ ।

    निवेदन प्रधानमन्त्रीको सचिवालय, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, गृह मन्त्रालय, अनुसन्धान विभागका प्रमुख, जिल्ला प्रशासन कार्यालयलाई पनि पठाइएको छ ।पीडित व्यापारीको हवाला दिँदै परेको निवेदनमा प्रसाईंमाथि फोनबाट पैसा मागेको आरोप लगाइएको छ ।
    त्यसपछि काउन्टरमा एसपी कार्कीकै योजनामा अनुसन्धानका एसपी प्रसाईंले तस्करहरूसँग पैसा उठाउने गरेको भनेर अर्को निवेदन हालेको विश्वस्त स्रोतको दाबी छ । असारको पहिलो हप्ता हालेको उक्त निवेदनमा निवेदकको नाम ‘पीडित व्यापारी मुसाफिर’ लेखिएको छ । उक्त निवेदनको बेहोरा पनि एसपी कार्कीका विरुद्धमा परेको निवेदनकै ढाँचाको छ र उल्लेखित तस्करका गिरोहहरूसँग एसपी प्रसाईले पैसा असुल गर्ने गरेको दाबी गरिएको छ ।

    निवेदन प्रधानमन्त्रीको सचिवालय, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, गृह मन्त्रालय, अनुसन्धान विभागका प्रमुख, जिल्ला प्रशासन कार्यालयलाई पनि पठाइएको छ ।पीडित व्यापारीको हवाला दिँदै परेको निवेदनमा प्रसाईंमाथि फोनबाट पैसा मागेको आरोप लगाइएको छ ।

    निवेदनमा भनिएको छ, ‘एसपी साहेबले अफिसमा हामीलाई आफैँ फोनबाट पटकपटक कल गरी बोलाइराख्नु भएको छ । घर र पसरलमा पनि सरकारी नम्बरको गाडीले पछ्याइरहेको अवस्था छ ।’

    एसपी प्रसाईमाथि परेको निवेदन उपर राष्ट्रिय अनुसन्धानको केन्द्रीय कार्यालयले छानबिन गरिसकेको बताइएको छ । छानबिनपछि प्रसाई तस्करसँग रकम असुल गर्ने कार्यमा संलग्न नभएको प्रतिवेदन निर्माण भएको स्रोत दाबी गर्छ ।

    तर, तीन निकायको बेमेल र आरोप–प्रत्यारोप भने यतिमा मात्रै सीमित हुँदैन । अहिले तीन निकायमा एकले अर्कोको खेदो खन्ने कार्य भइरहेको छ भने तीनै निकायका प्रमुखहरूबिच बोलचाल नै बन्द रहेको बताइन्छ ।

    सुरक्षा निकायका दुई अङ्ग र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धानका अधिकारीहरूबिचको विवाद र बेमेल देखिरहँदा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, प्रहरीका कोशी प्रदेश प्रमुख डीआइजी चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरीका प्रदेश प्रमुख डीआइजी शम्भु सुवेदी र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धानका डीआइजी किशोर श्रेष्ठ भने रमिते बनेका छन् ।

    सुरक्षा निकायहरूको बेमेल र विवादले त्यसलाई अझै मलजल गरिरहेको छ । केही दिन अगाडि सेटिङमा प्याज छिराएको भन्दै तस्करका दुई पक्षबिच सिक्टी नाकामा विवाद भएको थियो । उक्त विवाद साम्य बनाउन सशस्त्र र जनपथका प्रहरीको टोली नै त्यहाँ पुग्नु परेको थियो ।
    कतिपयले त उनीहरूलाई पनि भाग जाने भएकोले रमिते बनेको बताउने गरेका छन् । तस्करी व्यापक भएको रिपोर्ट पुगेपछि केही समय अगाडि आइजीपी बसन्त कुँवरले एसपी कार्कीलाई हेडक्वाटर तान्न खोजेका थिए । तर, उनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी चन्द्रकुवेर खापुङको सहयोगले हेडक्वाटर तानिनबाट जोगिएको कार्कीकै निकटस्थ प्रहरी अधिकारीहरू बताउँछन् ।

    सशस्त्र प्रहरीका तत्कालीन कोशी प्रदेश प्रमुख डीआइजी अन्जनी पोखरेल रहँदासम्म केही हदसम्म तस्करी कम भएको सीमा क्षेत्रकै बासिन्दा बताउँछन् । जब पोखरेलको २०८१ वैशाख १८ गते सरुवा भयो, त्यसपछि यहाँ खुलेआम तस्करीको धन्दा चलिरहेको उनीहरूको भनाइ छ ।

    सुरक्षा निकायहरूको बेमेल र विवादले त्यसलाई अझै मलजल गरिरहेको छ । केही दिन अगाडि सेटिङमा प्याज छिराएको भन्दै तस्करका दुई पक्षबिच सिक्टी नाकामा विवाद भएको थियो । उक्त विवाद साम्य बनाउन सशस्त्र र जनपथका प्रहरीको टोली नै त्यहाँ पुग्नु परेको थियो ।

    कोशी प्रदेशको महत्त्वपूर्ण नाकाको रुपमा रहेको जोगवनी नाका लक्षित सरकारी अड्डामा सरुवा मिलाउन प्रहरी अधिकारीहरूबिच ठुलो लेनदेन हुने गरेको बताइन्छ । यस्ता गतिविधिको मुख्य निसाना नै तस्करीको लाइन मिलाउनु रहेको जानकार बताउँछन् । बाट : https://www.pradesh1tv.com/100.html?fbclid=IwY2xjawEj77BleHRuA2FlbQIxMAABHfaAmys2a6V1-ii-Q_1XkKZQ6uvXWrpByB974PKJXNVtriTzd6e3EQY-AQ_aem_DtRI_OiudsT0l2fgOlSOlA

    शनिबार, साउन २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ
    जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद
    रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल
    निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह
    नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने
    काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

    Facebook Page

    लोकप्रिय

    भर्खरै

    • १.
      अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

    • २.
      जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

    • ३.
      रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

    • ४.
      निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

    • ५.
      नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

    • ६.
      काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

    • ७.
      कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

    • ८.
      सेतोपाटी अनलाइनलाई कारवाही गर्न प्रेस काउन्सिललाई आयोगको पत्राचार

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.