• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

सोमबार पनि घट्यो सुन-चाँदीको भाउ

देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम

आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

लोकप्रिय समाचार

  • १. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ५. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ६. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ९. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • १०. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

आज नागपञ्चमी – यसरी गर्नुहोस् पुजा ।


  •   शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित
  • काठमाडौं – प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी हिन्दु परम्परा अनुसार आज नागको पूजा अर्चना गरी मनाइँदै छ । घरका मूलढोकामा नागको तस्विर टाँसेर मनाइने नाग पञ्चमीको हिन्दू समाजमा ठूलो महत्व छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दु:ख नदिने विश्वास छ ।
    नाग, सर्प र बिच्छी लगायतका जीवले दु:ख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि सूर्योदयकाल शुभ मानिने गरिन्छ ।

    Advertisement

    नागलाई पूजा गर्ने प्रचलन वैदिककालदेखि नै सुरु भएको तथ्यहरू भेटिने गरेका छन् । पौराणिक र वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको विश्वास गरिन्छ ।

    वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ । प्रत्येक घरको जगमुनि बसेका नाग रिसाइ गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परा सुरू भएको थियो ।

    वैदिक सनातन कालदेखि नै नागलाई विष्णु र शिवका रुप मान्ने प्रचलन छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रुपमा मान्ने गरिएको हो ।

    हरेक पूजामा प्रथम पूजाको अधिकार पाएका भगवान् गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रुपमा जन्म लिएका श्रीरामचन्द्रका भाई लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा मानिन्छ ।

    दुवैले दुर्जनको नाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको अवतारका रुपमा जन्म लिएका श्रीराम र श्रीकृष्णलाई सहयोग गर्न जन्म लिएको कथा विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

    विभिन्न पुराणमा श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग वर्णन गरिएको छ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति रहेको देखिन्छ ।

    मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करहरुको शिरमा समेत सर्पाकार मुकुट हुन्छ । पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नाग कन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख गरिएको छ ।

    हाम्रो समाजमा सनातनदेखि लक्ष्मीको वास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता छ । नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किम्बदन्ती प्रचलित छन् । जसमध्ये एउटा प्रख्यात किम्बदन्ती यस्तो छ ।

    यस्तो छ किम्बदन्ती
    एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीन वटा बच्चा भेट्टाए र मारिदिए । ती बच्चाकी आमा आहरा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेकोदेखि किसानसँग क्रुद्ध भइन् । रिसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रिसबाट मुक्त नभएकीले किसानको घरमा गएर श्रीमती र दुई छोरालाई पनि मारिदिइन् ।

    संयोगले किसानकी छोरी घर बाहिर रहेकीले बच्न सफल भइन् । नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिँडेपछि बाटामा फेला पारी मार्न खोजिन् । किसानकी छोरीले अनेक प्रकारले अनुनय विनय गरी नमार्नुस् म तपाईँको पूजाआजा गर्छु र दूध खान दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छोडिन् ।

    मृत्युको मुखबाट बची प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई शोडषोपचारले पूजा आजा गरी कचौरामा दूध पनि खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग भनेपछि उनले मौका छोपी मेरा मातापिता र भाईहरुलाई पनि जीवनदान दिनुहोस् भनी वर मागिन् ।

    प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानका सपरिवारलाई बचाइदिइन् । यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको विश्वास छ ।

    गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्र वर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई बोलाइयो । गुरु आएको देखि गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी वर्षाएको प्रसङ्ग पनि धर्मशास्त्रमा उल्लेख छ ।

    संसारमा सबैभन्दा मूल्यवान् रहेको मणिलाई नागले नै शिरमा धारण गरेका हुन्छन् । श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई खुब मनपर्छ । गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन वर्षात्को शीतलताका कारण बाहिर निस्कने मान्यता समेत छ ।

    नागका बाह्र नाम भएपनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।

    आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार प्रसाद चढाउने गरिन्छ ।

    वैज्ञानिक रुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्प लगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ ।

    नाग पुजा गर्ने तरिका ठ्याक्कै एउटै पाइदैन । कसैले के कसैले के गरी पुजा सम्पन्न गरेका हुन्छन् । तर, भाव भने एउटै पाइन्छ । नाग प्रसन्न होउन्, कुनै बिघ्न वाधा नपरोस्, सबैको भलो होस् भन्दै प्राथना गरिन्छ । नागपुजा गर्ने कुनै एउटा विधिलाई यसरी प्रस्तुत गरिन्छ ।

    एउटा टपरीमा धान र त्यसमाथि अर्को टपरीमा चामल राखी त्यसमाथि दियो र त्यसैगरी कलश अनि गणेशको स्थापना गरी पाध्य, अर्ध, आचमन, स्नान, वस्त्र (कपास), गन्ध (श्रीखण्ड), पुष्प, धुप, दिप र नैवेधले पुजा गर्ने । नागलाई पुजा गर्न १०८ काने दुना तयार पार्ने ।

    हातखुट्टा धुनका लागि नाग नागिनिलाई ८ वटा दुनामा र नागका बच्चाहरुलाई एउटा दुनामा जल टक्र्याउने । पहिल्यै तयार गरी राखेको अर्घ ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने । धानको लाभा तयार गरी ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने ।

    रोटीलाई पनि ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने । गाईको दुधलाई ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने । गाईको दुधबाट बनेको खिर ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने ।

    खानेपानी ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने । नागलाई चुठ्नेपानी ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने । अलैचि वा सुपाडी ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने ।

    यसरी पुजा गरि बाँकी रहेका दुनामा पानीले भर्नु पर्दछ । यसरी पुजा गरिसकेपछि गाईको दुधको खिरले १०८ पटक हवन गर्नुपर्दछ । साथै, कर्मपात्रोको जल चोबेर अर्को दुनामा राख्ने गरिन्छ । हवनको मन्त्र भने आफ्नो आफ्नो इच्छा र सहजताको आधारमा प्रयोग हुन्छ (गायत्रीमन्त्र, पुरुषशुक्त, सर्पसर्वाङ्गी आदी ।)

    अष्ठनाम बनाइ माछा, गंगटो, खजुरो, सर्प आदि वरिपरी पारी तयार गरिएका सचित्रहरुलाई पनि सिन्दुर, अक्षता, जौ, तिल, दुवोले पुजा गरिन्छ । सो तस्विरलाई घरमा लगी मुलढोका माथि भित्तामा गाइको गोवरको लेप लगाइ टाँसिन्छ ।

    पूजाको अन्त्यमा हे नाग देवता मैले केहि जाने बुझेको छैन, पुजा गर्दा गल्ती कमि कमजोरी भएको भए माफ पाँउ, मेरो पूजाबाट खुसी हुनु होस् भनि विनम्र भाव प्रकट गर्नुपर्दछ । यसरी शरणागत भइ पूजा सम्पन्न हुन्छ । source : terai online

    शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान
    सोमबार पनि घट्यो सुन-चाँदीको भाउ
    देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम
    आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने
    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    Facebook Page

    लोकप्रिय

    • १.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ५.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ६.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    भर्खरै

    • १.
      काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

    • २.
      सोमबार पनि घट्यो सुन-चाँदीको भाउ

    • ३.
      देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम

    • ४.
      आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने

    • ५.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • ६.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ७.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ८.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.