महोत्तरी । बर्दिबास नगरपालिका १४ बर्दिबासस्थित सडकबाट करिव ६ सय किलोग्राम गाँजासहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मोतिहारी ग्राम पंचायत कुरिया बस्ने २५ वर्षीय गुडडु कुमार यादव र भारत मधुरापुर बस्ने २९ वर्षीय मनिष कुमार गिरी रहेका छन् ।
बाग्मती प्रदेश ०३-००१ ख २८३२ नम्बरको मिनि ट्रकमा गाँजा ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट माईस्थानबाट खटिएको प्रहरीले उक्त ट्रकलाई जाँच गर्न खोज्दा नरोकी फरार भएको थियो ।
फरार पश्चात इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको प्रहरीले सोही ठाउँस्थित यामाहा स्वरूमको अगाडि उक्त फरार मिनिट्रकबाट वीआर २० जी ७०४३ नम्बरको ट्रकमा सामान सार्न लागेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । हाल फरार मिनि ट्रकको चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।
 
                                                             
         
         
         
         
         
         
         
    
                           
                                                       
    
    
    
    
   

