• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, पुष ०४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास

राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा

रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश

निर्वाचित भएपछि भृकुटीमण्डप पुगे केपी ओली

एमालेको १९ सदस्यीय पदाधिकारी यस्तो बन्यो

एमाले अध्यक्षमा ओलीको ह्याट्रिक

४० वटा मेसिनका ११३९ मत गणना, कुन पदाधिकारीको कति ? (सूची)

कर एवम् राजस्व वृद्धिले अर्थतन्त्र चलायमान भएको संकेत गर्छ : अर्थमन्त्री

गोरखापत्र एकेडमीले अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • ३. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ४. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ५. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ६. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ७. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ८. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ९. ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

  • १०. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

१५ वर्ष सम्मको जेल सजायको मागदाबीसहित मनोज पाण्डेविरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता


  •   बुधबार, असार ०१, २०७९ मा प्रकाशित
  • काठमाडौँ: काठमाडौं जिल्ला अदालतमा बलात्कार आरोपमा पक्राउ परेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालकविरूद्ध मुद्दा दायर भएको छ।

    Advertisement

    बुधबार सरकारी वकिल कार्यालय काठमाडौंले पाण्डेविरूद्ध अदातलमा लगेको हो। उनीविरूद्ध मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुर्व्यवहारको मुद्दा दार्ता भएको सरकारी वकिल कार्यालय प्रमुख गंगाप्रसाद पौडेलले जानकारी दिए।

    दुई वटा मुद्दामा हामीले अभियोग पत्र दर्ता गराएका छौं उनले भने।

    मानव बेचबिखन तथा ओसारपसार मुद्दामा १० देखि १५ वर्ष र बाल यौन दुर्व्यवहारमा तीन वर्षसम्मको सजाय माग दाबी गरिएको पौडेलले बताए।

    कन्सल्टेन्सीका सञ्चालक पाण्डेले आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया (तत्कालीन समयमा) किशोरीलाई बलात्कार गरेको आरोप छ। उनले जेठ पहिलो साता आफूमाथि बलात्कार भएको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन्।

    सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पाण्डेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरिएको थियो। यस विषयमा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले रूलिङ गर्दै छानबिन गरी कारबाही गर्न निर्देशन दिएका थिए।

    त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुँवरको नेतृत्वमा छानबिन समिति गठन भएको थियो। बलात्कारको घटनामा हदम्याद सकिएको हुँदा समितिले विज्ञहरूसँग छलफल गरेको थियो।

    त्यसपछि मानव बेचबिखनको कसुरमा मुद्दा अघि बढाउन सक्ने राय दिएपछि प्रहरीले त्यसअनुसार अनुसन्धान अघि बढाएको हो। त्यसैबीच अर्की एक युवती पनि प्रहरीको सम्पर्कमा आएकी थिइन्। उनले पनि आफूमाथि बालयौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्।

    अनुसन्धान कार्यालयको प्रहरीले पाण्डेलाई जेठ ७ स्वयम्भूबाट पक्राउ गरेको थियो। थप अनुसन्धानको लागि उनलाई जिल्ला परिसर काठमाडौं बुझाइएको थियो। परिसरले अनुसन्धान सकेर प्रतिवेदन गत शुक्रबार सरकारी वकिल कार्यालयमा बुझाएको थियो।

    पाण्डेद्वारा सञ्चालित मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीले विद्यार्थीहरूलाई विदेश पठाउने र मिस नेपालजस्ता सुन्दरी प्रतियोगिता तथा कार्यक्रमहरू आयोजना गर्छ। मिस ग्लोबल पनि यही कन्सल्टेन्सीले आयोजना गरेको ती युवतीले बताएकी छन्। मिस ग्लोबल प्रतियोगितामा आफू पनि छानिएपछि आयोजक कन्सल्टेन्सीका सञ्चालक पाण्डेले आफूलाई सफलताको पार्टीका लागि बानेश्वरस्थित एभरेस्ट होटलमा बोलाएको युवतीले बताएकी छन्। आफू त्यहाँ पुग्दा सञ्चालकबाहेक कोही नभएको उनले बताएकी छन्।

    उनका अनुसार, किन कोही नभएको भनेर सोध्दा ती सञ्चालकले ‘तिमी अलि छिटो आयौ, एकछिन बस, पाँच-छ बजेबाट पार्टी सुरू हुन्छ। भनेका थिए। एकछिन बसेपछि उनले किशोरीलाई लेमोनेड खान दिए । लेमोनेड खाएको केही समयपछि रिंगटा लागेजस्तो भयो। म घर जान्छु भन्दै निस्किन लाग्दा उनले रोके उनले भनेकी छन् अहिलै नजाऊ पार्टीमा केटीहरूले ड्रिंक्स गरेपछि उनीहरूलाई गाह्रो हुन सक्छ भनेर हामीले कोठा बुक गरेका छौं, त्यहाँ गएर आराम गर भनेर मलाई कोठामा लगे।

    यसपछि आफूलाई राम्ररी होस नभएको उनले बताएकी छन्। बीचबीचमा आफू ब्युँझिँदा पाण्डेले आफूलाई बलात्कार गरिरहेको उनले बताएकी छन्। बिहान घर जाने बेलामा पाण्डेले ‘यो कुरा कसैलाई नभन्नू, मसँग तिम्रो फोटो र भिडिओ छ, सार्वजनिक गरिदिन्छु’ भनेर धम्क्याएको पनि उनले बताएकी छन्। त्यति बेला आफू १६ वर्षको भएको पनि उनले बताएकी छन्।

    पाण्डेले त्यसपछि छ महिनासम्म आफूलाई बलात्कार गरेको उनले बताएकी छन्। उनले ६ महिनापछि आफ्ना साथीको सहयोगमा पाण्डेको कन्सल्टेन्सीमै गएर सबै कर्मचारीका अगाडि यो घटनाबारे बताएको उल्लेख गरेकी छन्। पाण्डेले पठाएका म्यासेज र कल रेकर्ड सबैलाई देखाएको पनि उनले बताएकी छन्। आफ्ना साथीले पाण्डेलाई कुटपिट गरेको र उनले राखेको भनेका फोटो र भिडिओ हटाउन लगाएको युवतीले बताएकी छन्।
    उनको भिडिओ सार्वजनिक भएपछि प्रहरीले पाण्डेलाई पक्राउ गरेको थियो।

    • मनोज पाण्डे
    बुधबार, असार ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास
    राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा
    रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश
    निर्वाचित भएपछि भृकुटीमण्डप पुगे केपी ओली
    एमालेको १९ सदस्यीय पदाधिकारी यस्तो बन्यो
    एमाले अध्यक्षमा ओलीको ह्याट्रिक

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • ३.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ४.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ५.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ६.
      नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

    भर्खरै

    • १.
      उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास

    • २.
      राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा

    • ३.
      रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश

    • ४.
      निर्वाचित भएपछि भृकुटीमण्डप पुगे केपी ओली

    • ५.
      एमालेको १९ सदस्यीय पदाधिकारी यस्तो बन्यो

    • ६.
      एमाले अध्यक्षमा ओलीको ह्याट्रिक

    • ७.
      ४० वटा मेसिनका ११३९ मत गणना, कुन पदाधिकारीको कति ? (सूची)

    • ८.
      कर एवम् राजस्व वृद्धिले अर्थतन्त्र चलायमान भएको संकेत गर्छ : अर्थमन्त्री

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.