×
सोमबार, साउन १३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

नेप्से घटेसँगै कारोबार रकम पनि घट्यो

संसदमा विचाराधीन विभिन्न विधेयकहरूप्रति ध्यानाकर्षण

हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी कार्य जारी

नेपाल सरकार नै बेचिरहेछ नेपालीको व्यक्तिगत डाटा

ज्ञानेन्द्र शाही र कुलमान घिसिङले पाए अमेरिकामा ‘ग्लोबल हिरो अवार्ड’

युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने

अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

रामेछाप नगरपालिकाको गौरवको योजना कवर्डहलसहितको खेलमैदान निर्माणकार्य अलपत्र

लोकप्रिय समाचार

  • १. कांग्रेस अझै कमजोर छ,निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता भएको सभापति देउवाको दाबी

  • २. पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

  • ३. विद्यादेवी भण्डारीको आह्वान :’एमाले निर्माणमा सक्रिय हौं’

  • ४. ‘सत्य र तथ्य पत्रकारिता वर्तमान अवस्थामा मर्दै गएको छ’

  • ५. अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

  • ६. रामेछाप नगरपालिकाको गौरवको योजना कवर्डहलसहितको खेलमैदान निर्माणकार्य अलपत्र

  • ७. एआई भविष्यको सपना होइन,अहिलेको आवश्यकता रहेको सभापति देउवाको दाबी

  • ८. युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने

  • ९. नेपाल सरकार नै बेचिरहेछ नेपालीको व्यक्तिगत डाटा

  • १०. हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी कार्य जारी

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ


  •   बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित
  • काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा मंगलबारदेखि चलिरहेको मुद्दामा बुधबार सुनुवाइ भएको हो।

    Advertisement

    बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसला उल्ट्याउँदै उच्च अदालतले सन्दीपलाई सफाइ दिने फैसला गरेको प्रवक्ता तीर्थराज भट्टराईले बताए। सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी, रमण श्रेष्ठ, शम्भु थापा, कृष्ण सापकोटा, मुरारी सापकोटा लगायतले बहस गरेका थिए।

    पीडित ‘गौशाला २६’ ले २०७९ भदौ २१ गते काठमाडौँको गौशाला प्रहरी कार्यालयमा लामिछाने विरुद्ध उजुरी दिएकी थिइन्। बलात्कार मुद्दामा सन्दीपलाई दोषी ठहर गर्दै काठमाडौँ जिल्ला अदालतले गत पुसमा ८ वर्ष जेल सजाय र पाँच लाख रुपैयाँ जरिबाना सुनाएको थियो। सन्दीपले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालतको ठहर थियो।

    त्यसअघि बलात्कार मुद्दाको थुनछेक बहसमा जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेशसमेत गरेको थियो। तर जिल्ला अदालतले दोषी ठहर गरेपछि नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई निलम्बन गरेको थियो।

    जिल्ला अदालतको उक्त फैसलापछि सन्दीपले फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए।

    बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेप्से घटेसँगै कारोबार रकम पनि घट्यो
    संसदमा विचाराधीन विभिन्न विधेयकहरूप्रति ध्यानाकर्षण
    हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी कार्य जारी
    नेपाल सरकार नै बेचिरहेछ नेपालीको व्यक्तिगत डाटा
    ज्ञानेन्द्र शाही र कुलमान घिसिङले पाए अमेरिकामा ‘ग्लोबल हिरो अवार्ड’
    युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने

    Facebook Page

    लोकप्रिय

    • १.
      कांग्रेस अझै कमजोर छ,निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता भएको सभापति देउवाको दाबी

    • २.
      पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

    • ३.
      विद्यादेवी भण्डारीको आह्वान :’एमाले निर्माणमा सक्रिय हौं’

    • ४.
      ‘सत्य र तथ्य पत्रकारिता वर्तमान अवस्थामा मर्दै गएको छ’

    • ५.
      अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

    • ६.
      रामेछाप नगरपालिकाको गौरवको योजना कवर्डहलसहितको खेलमैदान निर्माणकार्य अलपत्र

    भर्खरै

    • १.
      नेप्से घटेसँगै कारोबार रकम पनि घट्यो

    • २.
      संसदमा विचाराधीन विभिन्न विधेयकहरूप्रति ध्यानाकर्षण

    • ३.
      हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी कार्य जारी

    • ४.
      नेपाल सरकार नै बेचिरहेछ नेपालीको व्यक्तिगत डाटा

    • ५.
      ज्ञानेन्द्र शाही र कुलमान घिसिङले पाए अमेरिकामा ‘ग्लोबल हिरो अवार्ड’

    • ६.
      युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने

    • ७.
      अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

    • ८.
      पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.