काठमाडौँ। दुई दिने नेपाल भ्रमण सकेर कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फिर्ता भएका छन् ।
मंगलबार नेपाल भ्रमणमा आएका थानीलाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विमानस्थल पुगेर विदाई गरेका हुन् । नेपालमा रहँदा थानीले राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए ।
थानीको दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल र कतारबीच ८ बुँदे सहमझदारी र सम्झौता पत्रमा हस्ताक्षर पनि भएको छ ।