काठमाडौँ। सुदूरपश्चिम प्रदेशमा कांग्रेसहितको समीकरणमा जाने एकीकृत समाजवादीको कदमको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा आलोचना गरेका छन् ।
कांग्रेसको पछि लागेर दक्षिणपन्थी अवसरवादी चरित्र देखाएको भन्दै उनले सोहि पार्टीप्रति आक्रोशित आक्रोश पोखेका हुन् । आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादीले अराजनीतिक निर्णय गरेर जनतामा निराशा थप्ने काम गरेको आरोप लगाएका हुन्। ।
‘हिजो मात्रै एस भन्ने पार्टी छ । त्यस पार्टीले हामीसँग हुँदा पहिलो कार्यकाल नाउपालाई मुख्यमन्त्री दिन नसक्ने । तर, कांग्रेससँग नजिक भएर जाँदा नाउपालाई दिनसक्ने भनेर अराजनीतिक निर्णय लियो’, उनले भने ।